2026 May 18/ 03:49: 42am

    धुलिखेल/नेकपा काभ्रेले संगठन सुदृढीकरण, प्रशिक्षण तथा कमिटीहरु गठन पुनगर्ठन कार्यक्रम धमाधम भईरहेको छ । शनिबार धुलिखेल नगर कमिटी अन्र्तगत वडा नम्वर ४, वडा नम्वर ६ र ७ तथा वडा नम्वर ८ मा भेला, प्रशिक्षण, बनभोज कार्यक्रम सम्पन्न भएको छ । सबै कार्यक्रममा जिल्ला अध्यक्ष एवं धुलिखेल नगरपालिकाका प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । 
    वडा नम्वर ४ मा आयोजित कार्यक्रममा ४६ जना विभिन्न पार्टी परित्याग गरी नेकपा प्रवेश गरेका थिए । नवप्रवेशीहरुलाई प्रमुख अतिथी जिल्ला अध्यक्ष अशोक ब्याञ्जुले स्वागत गर्नु भएको थियो । युधिष्ठिर पण्डितको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, नेकपा नेता दयाराम महत लगायतले सम्बोधन गर्नु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख अशोक ब्याञ्जुले नगर क्षेत्र भित्र भईरहेको विकास, योजना संचालन तथा आगामी योजनाका बारेमा जानकारी गराउनु भएको थियो । 
    त्यस्तै धुलिखेल नगर कमिटी अन्र्तगत वडा नम्वर ६ र ७ को भेलालाई सम्बोधन गर्दै नगर प्रमुख अशोक ब्याञ्जुले समानुपातिक रुपले विकास अघि बढाएकाले धुलिखेल नगरपालिकाले बजार भित्र र बाहिर भनेर नछुट्याएको बताउनु भयो । पुरानो बजारको पुनर्निर्माण गर्दै पर्यटकहरुको आकर्षणका लागि पुरानै संरचनाहरु निर्माण गरिएको नगर प्रमुख ब्याञ्जुले बताउनु भयो । सोहि भेलामा विभिन्न पार्टी परित्याग गरी २२ जनालाई नेकपामा प्रवेश गराईएको थियो । कार्यक्रममा धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, नेता दयाराम महत, युवा संघ अध्यक्ष सिवी तामाङ, वडा सदस्य आनन्द सागर लगायतले नेकपाले गरेका विकास र समृद्धिका बारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रममा स्वागत मन्तब्य रमण यगोल श्रेष्ठले गर्नु भएको थियो भने निरोज खड्काको सभापत्तिवमा सम्पन्न भएको थियो । कार्यक्रम संचालन ओम श्रेष्ठले गर्नु भएको थियो । 
    भेलाबाट वडा नम्वर ६ को अध्यक्षमा रमण यगोल सचिब जयोज नर्सिङ श्रेष्ठ सहित ५१ सदस्यीय कमिटी गठन भएको छ । त्यस्तै अनेम संघमा सबिना धालाँछे अध्यक्ष र लक्ष्मी सुवाल सचिव सहित ५१ सदस्यीय कमिटी गठन भएको छ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा हरिगोबिन्द न्हसिजु र सचिवमा कर्ण सागर बरुण सहित ५१ सदस्यीय कमिटी गठन भएको छ । 
    वडा नम्वर ७ मा अध्यक्ष सुवास श्रेष्ठ र सचिव सरस्वती कोँजु सहित ५१ जना सदस्यीय कमिटी गठन भएको छ । अनेमसंघको अध्यक्षमा प्रमिता कायस्थ र सचिव सुलोचना ब्यान्जु श्रेष्ठ सहित ५१ सदस्यीय कमिटी गठन भएको छ । राष्ट्रिय युवा संघ नेपालको अध्यक्षमा अमित कुमार गणेजु, सचिव अंकुर ब्यान्जु सहित ५१ सदस्यीय कमिटी गठन भएको छ । 
    त्यस्तै धुलिखेल नगरपालिका वडा नम्वर ८ मा बडालगाउँको कटुवापाखामा सांस्कृतिक कार्यक्रम, बनभोज तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नगर प्रमुख अशोक ब्याञ्जु, उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु, नेकपा नेता दयाराम महत लगायतको सहभागिता रहेको थियो । भेलाले राम लामा तामाङ अध्यक्ष र मिलन कुमार गौतमलाई सचिवमा निर्विरोध चयन गरेको छ । अनेमसंघमा रेनु हमालको अध्यक्षतामा कमिटी गठन भएको छ भने अनेसिकसंघमा बिदुर बडालको अध्यक्षतामा कमिटी गठन भएको छ । युवा संघ सुर्य लामाको अध्यक्षतामा कमिटी गठन भएको छ । 
    नेकपा काभ्रेले १३ वटै पालिकामा वडा भेला, भातृ संगठनहरुको पुर्नगठन तथा पालिकास्तरीय भेला र प्रशिक्षण तिब्र बनाएको छ ।