2026 May 17/ 10:19: 05pm

    बनेपा/नेपाल उद्योग बाणिज्य महासंघको कार्यकारिणी सदस्य पदमा निर्वाचित काभ्रे उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष एवं बागमती टिपर ब्यवसायी संघका प्रमुख सल्लाहकार सुरकृष्ण बैद्यलाई बागमती टिपर ब्यवसायी संघले बधाई तथा शुभकामना ब्यक्त गरेको छ । 
    अध्यक्ष प्रेम लामाले जिल्लाको विकास र समृद्धका लागि निजी क्षेत्रको भूमिका सहनिय हुने भएकाले बैद्यको दोश्रो कार्यकालको विजयको यात्राले सहज र सरल हुने बताउनु भयो । जिल्लामा औद्योगिक मैत्री वातावरण तयार गर्न, राष्ट्र निर्माणमा निजी क्षेत्रको भूमिकालाई अझै फराकिलो बनाउनु पर्नेमा अध्यक्ष लामाले जोड दिनुभयो । केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले नेपालमा विकासको यात्रा शुरु भएको बताउँदै सरकारले ल्याएको नीतिलाई उद्योगमैत्री बनाउन पहल गर्ने बताउनु भयो । जिल्लाको पहुँच राष्ट्रिय स्तरमा हुँदा पुर्व मन्त्री गोकुल बास्कोटाले जिल्लाको विकासलाई धेरै बजेट पार्न सफल भएको उदाहरण प्रस्तुत गर्दै केन्द्रिय सदस्य सुरकृष्ण बैद्यले विकासमा राजनीतिक दल तथा विचार केहि नहुने बताउनु भयो । कार्यक्रममा काभ्रे उद्योग बाणिज्य संघका अध्यक्ष प्रकाश मानन्धर, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना, राष्ट्रिय यातायात ब्यवसायी महासंघका काभ्रे संयोजक राजेश श्रेष्ठ, बागमती टिपर ब्यवसायी संघका पुर्व अध्यक्ष एवं सल्लाहकार शेरबहादुर कुँवर, कार्यालय प्रमुख प्रकाश कायश्थ, जिल्लामा रहेका विभिन्न यातायात समितिका अध्यक्षहरु, कार्यालय प्रमुखहरु, विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । सहभागिहरुलाई निर्वाचित गराउन विभिन्न ढंगबाट पहल गर्नु हुने सम्पूर्णमा बैद्यले धन्यवाद ब्यक्त गर्नु भएको थियो ।