2026 August 27/ 09:09: 38am

    धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्वर ४ २८ किलोमा रहेको मानव कल्याण समाजले दशंैको अवसरमा टिका कार्यक्रम आयोजना गरेको छ । अध्यक्ष सुमित्रा चौलागाईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति काभ्रेका प्रमुख उद्धव केसीको प्रमुख आतिथ्यता रहेको थियो । 
    कार्यक्रममा बोल्दै समन्वय समिति प्रमुख केसीले सडकलाई मानव मुक्त बनाउने अभियानमा मानव कल्याण समाजले गरेको कार्यको प्रशंसा गर्दै समन्वय समिति मार्फत जिल्लाका १३ वटै पालिकाहरुमा समन्वय गरी जिल्लालाई नै सडक मानव मुक्त बनाउने अभियानमा सहयोग पु¥याउने बताउनु भयो । धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्माले मानव कल्याण समाजले विभिन्न ब्यक्तिहरुबाट सहयोग लिदै सडकमा भएका विभिन्न किसिमका ब्यक्तिहरुलाई उद्धार गरी पुर्नस्थापना गर्ने कार्य गरेकोमा धन्यवाद दिदै ब्यक्तिगत तथा नगरपालिकाको तर्फबाट सहयोग उपलब्ध गराउने बताउनु भयो । वडा अध्यक्ष रविन्द्र कर्माचार्यले मानव कल्याण समाजमा ल्याएका नागरिकहरुलाई भोक भोकै बस्नु पर्ने अवस्था आउन नदिने बताउनु भयो । कार्यक्रममा समाजसेवी खाईवा लामा, जुना केसी, नेकपा नेता राजन अधिकारी लगायतले मानव कल्याण समाजले गरेको प्रशंसनिय कार्यको चर्चा गर्नु भएको थियो । समाजका हरेक क्षेत्रका नागरिकहरुले सडकमा मानव आउनै दिन नहुने तर्फ जोड दिदै मानव कल्याण समाजका दुखसुखमा साथ दिने बताईएको थियो । धुलिखेलमा स्थापना भएको मानव कल्याण समाजमा झण्डै २० जना नागरिकहरुलाई उद्धार गरिएको छ ।