2026 May 17/ 09:00: 49am

१३ वटै स्थानीय तहमा स्वास्थ्य सामाग्री
बनेपा/नेपाली कांग्रेसका केन्द्रिय सदस्य ट्रेड युनियन विभाग प्रमुख शिवप्रसाद हुमागाँईले काभ्रेपलाञ्चोक जिल्लाका १३ वटा स्थानीय सरकार अन्र्तगत रहेका सबै स्वास्थ्य केन्द्रहरुमा कोरोना भाईरसको रोकथाम, नियन्त्रण र ब्यवस्थापनमा सहयोग पु¥याउने उदेश्यले स्वास्थ्य सामाग्री उपलब्ध गराउनु भएको छ । 
    ‘जिल्ला भित्र रहेका सबै स्वास्थ्य संस्थाहरुका लागि थोरै भए पनि सहयोग होस् भन्ने उदेश्यले स्वास्थ्य सामाग्री ब्यवस्थापन गरेका हौं’–केन्द्रिय सदस्य शिवप्रसाद हुमागाईले भन्नुभयो–‘विपद्मा थोरै सहयोगले धेरै महत्व राख्ने अनुभुति गरेका छौं ।’ आईतबारसम्म जिल्लाका सबै तहमा स्वास्थ्य सामाग्री पु¥याउने गरी समन्वय गरिएको हुमागाईले बताउनु भयो । हुमागाई नेपाली कांग्रेस काभ्रेको पूर्व सभापति तथा पूर्व सांसद् हुनुहुन्छ । 
हुमागाईको तर्फबाट प्रत्येक स्वास्थ्य केन्द्रलाई एक÷एक थान पिपिई र दुई सय थान मास्क हस्तान्तरण गरिएको छ । जिल्लाका १३ वटै स्थानीय तहका सबै वडाहरुमा स्वास्थ्य केन्द्र रहेका छन् । प्राप्त सामाग्रीहरुलाई प्रमुख तथा उपप्रमुखहरु मार्फत सबै स्वास्थ्य केन्द्रहरुमा पठाईएको छ । सामाग्री हस्तान्तरण गर्न पालिकाहरुमा नेपाली काग्रेस जिल्ला सचिव दिनेश लामा, प्रतिनिधि सभा क्षेत्र नम्वर १ सभापति तीर्थ लामा, प्रतिनिधि सभा क्षेत्र नम्वर १ प्रदेश सभा अन्र्तगत क्षेत्र नम्वर १ (ख) सभापती रमेश हुमागाँई, प्रदेश सभा क्षेत्र नम्वर १ (क) सभापती राम योञ्जन, क्षेत्रिय सचिव गुणराज मोक्तान, गाँऊ नगर सभापति, वडा सभापतिहरू, ट्रेड युनियन काँग्रेसका पदाधिकारीहरु लगायतको सहभागिता रहेको थियो । जिल्लाका बनेपा, पनौती, धुलिखेल, नमोबुद्ध, पनौती, मण्डनदेउपुर, पाँचखाल नगरपालिकाका साथै भुम्लु, चौरीदेउराली, रोशी, तेमाल, महाभारत, खानीखोला, बेथान्चोक गाउँपालिकाका सबै स्वास्थ्य चौकीहरुमा उक्त सामाग्री उपलब्ध गराईने हुमागाईले बताउनु भयो । 
यसअघि पूर्व मन्त्री एवं नेकपा केन्द्रिय सदस्य एवं काभ्रे जिल्ला इन्चार्ज गोकुल बास्कोटाले स्थानीय सरकार, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, विद्यार्थी तथा विभिन्न क्षेत्रहरुका लागि स्वास्थ्य सामाग्री पिपिई, मास्क, स्यानिटाईजर उपलब्ध गराउनु भएको थियो ।