2026 August 25/ 06:13: 26pm

बनेपा/नेपाल कपडा तथा सिलाई ब्यवसायी संघ काभ्रेले कोरोना भाईरस विरुद्ध लड्न नगरपालिकाको विपद् ब्यवस्थापन कोषमा सहयोग उपलब्ध गराएको छ । बनेपा नगरपालिकाका प्रमुख लक्ष्मी नरसिं बादे श्रेष्ठलाई संघका अध्यक्ष रघु कपाली लगायतको टिमले नगद हस्तान्तरण गरेको  थियो । 
    लकडाउनका कारण श्रमिक वर्ग हातमुख जोड्न कठिन भएको अवस्थामा मजदुरहरुलाई सहयोग पुगोस् भन्ने उद्देश्यले सिलाई ब्यवसायी संघको तर्फबाट २० हजार १० रुपैयाँ नगर प्रमुख लक्ष्मीनरसिं बादे श्रेष्ठलाई उपलब्ध गराईएको अध्यक्ष कपालीले बताउनु भयो । कार्यक्रममा महासंघका केन्द्रिय सदस्य सानुकाजी थापा, जिल्ला सचिव तेज नेपाली लगायतले संघको तर्फबाट सक्दो सहयोग गर्ने बताए ।