2026 May 17/ 07:22: 04am

बनेपा/श्री कृष्ण प्रणामी सेवा समिति नेपाल बनेपा ईकाइ तथा बनेपा नगरपालिका वडा नं. ९ मन्दिर आसपासका ब्यक्तिहरुले संकलन गरेको ५१ हजार १ सय रुपैया बनेपा नगरपालिकाको कोरोना भाईरस प्रकोप राहत कोषमा हस्तान्तरण गरिएको छ । 
श्री कृष्ण प्रणामी संचालक समितिका अध्यक्ष गणेश प्रसाद सापकोटाले नगर प्रमुख लक्ष्मी नरसिं बादेलाई संकलित रकम हस्तान्तरण गर्नु भएको थियो । नगर प्रमुख बादेले सहयोगीहरुलाई धन्यबाद दिनु भएको थियो ।  महाविपत्ति नगरपालिका एक्लैले समाधान गर्न नसक्ने भएकाले सम्पूर्ण सघं संस्थाहरुलाई सहयोगी बन्न नगर प्रमुख बादेले आग्रह गर्नु भयो । नगरबासीहरुले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्नु पर्ने र नगरभित्र राहत लगाएतका अन्य सहयोगहरु एकद्धार प्रणाली अन्र्तगत भएकाले नगरपालिकामा नै बुझाउन उहाँले आग्रह गर्नु भएको थियो । राहत हस्तान्तरणमा बनेपा नगरपालिका उप प्रमुख रेखा सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत आनन्दराज पोखरेल, श्रीकृष्ण प्रणामी सेवा समितीका सल्लाहाकार टिका प्रसाद तिमल्सिना, समितिका उद्धवप्रसाद तिमल्सिना, सचिब प्रकाश अधिकारी लगाएतको सहभागिता रहेको थियो ।