2026 August 27/ 07:52: 27pm

    जङ्गवीर गुभाजू श्रेष्ठ प्रतिष्ठानबाट शनिश्चरे अर्जुनधारा न.पा. ११, बुट्टाबारी, झापामा प्रतिष्ठानको १० औं वार्षिकोत्सवको अवसरमा ‘साहित्य तथा बालसाहित्यको मार्गमा लागेर पु¥याउनु भएको महत्वपूर्ण सेवा कार्यको मूल्याङ्कन गर्दै सभासद् तथा प्रदेश नं. १ नेकपाका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले साहित्यकार मोहन दुवाललाई सम्मान प्रदान गर्नु भएको छ । 
    प्रतिष्ठानका अध्यक्ष बाबुराम श्रेष्ठ ‘वर्षा’ को अध्यक्षतामा भएको उक्त सम्मान कार्यक्रममा वरिष्ठ लेखक प्रमोद प्रधानलाई समेत बालसाहित्य सम्मान प्रदान गरेको हो । थुप्रै सहभागीहरु उपस्थित रहेको उक्त कार्यक्रममा झापाका उत्कृष्ट विद्यार्थी, समाजसेवी, जेष्ठ नागरिक, पत्रकार, गायक, सर्जकहरुलाई पनि सम्मान गरिएको हो । प्रतिष्ठानकै आफ्नो नयाँ भवनमा रहेको सभाकक्षमा भएको उक्त कार्यक्रममा त्यस क्षेत्रका सभासद बिर्खबहादुर प्रधान, मेचीका वरिष्ठ साहित्यकार चूडामणि रेग्मी, झापाका वरिष्ठ साहित्यकार पुण्यप्रसाद खरेल लगायतका थुप्रै प्रतिष्ठितहरु उपस्थित रहेको उक्त सम्मान कार्यक्रममा सम्मान ग्रहण गर्दै दुवालले ‘साहित्य सिर्जना र साधनामा आफूलाई समर्पित तुल्याउँदै जनमतको भावनामा साहित्यिक यात्रा गर्न पाउँदा आफूलाई गौरव महसूस भएको’ बताउनु भयो ।