2026 August 26/ 06:41: 59pm

बनेपा/काभ्रे तेक्वान्दो आईटिएफ संघ र काभ्रे तेक्वान्दो आईटिएफ एकेडेमी संघको आयोजनामा दुई दिने ११ आंै जुनियर राष्ट्रिय च्याम्पियन सम्पन्न भएको छ । प्रतियोगिताको उद्घाटन बनेपा नगरपालिका नगर प्रमुख लक्ष्मी नरसिं बादेले गर्नु भएको थियो । बादेले खेलले मानिसलाई अनुशासित, स्वस्थ, सुरक्षित रहने हुदाँ खेल अपरिहार्य रहेको वताउनु भयो । खेलले मानिसलाई स्वस्थ मात्र होईन, अनुसाशित बनाउँछ ब्यक्ति अनुशासित भए समाज, अनि राष्ट्र अनुशासित हुन्छ र देशकै नाम राख्न सक्ने भएकाले खेलललाई निरन्तरता दिन खेलाडिहरुलाई नगर प्रमुख बादेले अनुरोध गर्नु भएको थियो । २०२० बाट खेल ऐन परिर्वतन नभएकाले सरकारले नयाँ खेलकुद ऐन ल्याउन लागेको उहाँले बताउनु भयो । कार्यक्रममा राष्ट्रिय तेक्वान्दो आईटिएफ महासघंका केन्द्रिय अध्यक्ष अन्जन हुमागाईले राज्यले नै खेलाडीहरुको विमा, स्वास्थ्य बिमा र शिक्षा निशुल्क गरिदिनु पर्ने वताउनु भयो । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा काभ्रेका सभापति रघुबर चौ प्रधान, खेलाडीको तर्फबाट रिमा तौजले, खेल संयोजक एवं काभ्रे तेक्वान्दो आईटिएफ एकेडेमीका अध्यक्ष राजमन्दिर श्रेष्ठ लगाएतका ब्यक्तिहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रममा खेल संयोजक राजमन्दिर श्रेष्ठले प्रतियोगितामा ७ वटै प्रदेशबाट सहभागि रहेको बताउनु भयो । एकेडमेमीले जिल्लाका विभिन्न ठाउँमा खेलहरु सञ्चालन गर्दै राष्ट्रिय स्तरको प्रतियोगिता गर्न सफल भएको वताउनु भयो । प्रतियोगितामा काभ्रे ९ स्वर्ण सहित टिम च्याम्पियन बनेको छ । च्याम्पियनसिपका २८ स्वर्ण मध्ये प्रदेश ५ ले ९ स्वर्ण जिती दोस्रो भएको थियो । त्यसै गरी ३ स्वर्ण जिती वाग्मती प्रदेश तेस्रो भएको छ । च्याम्पियनसिपमा काभ्रेका युनिस गौतम र वागमती प्रदेशकी रश्मि पुलामी उत्कृष्ट खेलाडी घोषित भएका थिए । दुई दिने प्रतियोगितामा ७ प्रदेश र आयोजक गरी आठ टोलिका २ सय खेलाडीले २८ स्वर्ण, २८ रजत र ५४ कास्यका लागी प्रतिस्पर्धा गरेका थिए । खेलमा १६ केजी देखी ५५ केजी सम्मका खेलाडिहरुको सहभागिता रहेको थियो । प्रतियोगिताको सभापतित्व काभ्रे तेक्वान्दो आईटिफ सघंका अध्यक्ष किशोर बरुणले गर्नु भएको थियो ।