2026 May 17/ 12:46: 26am

बनेपा/बनेपा नगरपालिका वडा नम्वर ७ चारदोबाटो चोकमा ए एण्ड ए इन्ष्टिच्युट अफ फेसन डिजाईन खुलेको छ । अनुमिका पाण्डे संचालक रहनु भएको उक्त फेसन डिजाईनमा विभिन्न कोर्षहरुमा प्रशिक्षण दिईनेछ । 
बनेपा नगरपालिका उपप्रमुख रेखा सापकोटा दाहालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी उपप्रमुख दाहालले नगरपालिकाले पनि नागरिकहरुका लागि सिप प्रदान गर्ने कार्यक्रम अगाडी सारेकाले सहकार्य गरी अगाडी बढ्ने बताउनु भयो । नगरको उदेश्य र चाहना अनुसार फेसन डिजाईनले ब्यक्तिहरुलाई सिप सिकाई आत्मनिर्भर बनाउन फेसन डिजाईन महत्वपूर्ण हुने उहाँले बताउनु भयो । सिप नहुँदा बेरोजगार बसिरहेका ब्यक्तिहरुको मनमा अनेक कुरा खेल्न गई नकात्मक सोचको समेत विकास हुने भएकाले त्यसलाई समेत रोक्न फेसन डिजाईन महत्वपूर्ण हुने बताउनु भयो । कार्यक्रममा नेपाल पत्रकार महासंघ काभ्रे शाखाका अध्यक्ष मोतीराम तिमल्सिनाले सिप सिकाउँदै आत्मनिर्भर बनाउन फेसन डिजाईन महत्वपूर्ण हुने भएकाले सिमान्तकृत र निम्न आय आर्जन भएकाहरुलाई सहुलियतमा सिकाउँदै आत्मनिर्भर बनाउनु पर्ने बताउनु भयो । काभ्रे उद्योग बाणिज्य संघका महासचिव कैलाश पलाञ्चोके, पत्रकार सचित खड्का लगायतले फेसन डिजाईनको महत्व र सहकार्यका बारेमा मन्तब्य राख्नु भएको थियो । 
उक्त इन्ष्टिच्युटमा १५ महिने डिप्लोमा कोर्ष, ३ महिने बेसिक कोर्ष, बेसिक पछिको एडभान्स कोर्ष, स्पेशल कोर्ष, ३ महिने आर्ट, मेकअफ, हेयर स्टाईल लगायतका विषयमा प्रशिक्षण दिईनेछ । अनुमिकाको फेसन डिजाईनमा ६ वर्षको अनुभव छ । नियमित राजधानीमा पुगेर अध्ययन पछि बनेपामा झण्डै १५ लाख रुपैया लगानी गरी उक्त फेसन डिजाईन सम्वन्धी इन्ष्टिच्युट संचालन गर्न लागिएको हो ।