राष्ट्रभूषण खड्का
क्याम्पस प्रमुख
निष्ट कलेज, बनेपा, काभ्रे
निष्ट कलेजमा तपाँईले प्राप्त गर्नु भएको नयाँ जिम्मेवारीले नयाँपन के दिन्छ ?
म करिब ३१ वर्ष शैक्षिक क्षेत्रमा लागेको व्यक्ति हुँ । म हाइस्कूल लेभलको शिक्षा हासिल गरेपछि शिक्षण पेशामा आवद्ध भएँ । मैले लामो समयसम्म काठमाडौंका विभिन्न स्कूलहरुमा शिक्षकको रुपमा काम पनि गरें । करिब २० वर्ष जति क्याम्पसमा अध्यापन गराएँ । निष्टमा आउनु अघि पनि म भक्तपुरको एक विद्यालयमा कार्यरत नै थिएँ । बनेपा निष्टमा आउनुको कारण बनेपामा तथा काभे्रमा रहेका विद्यार्थीहरुलाई कसरी उत्कृष्ट गुणस्तरीय शिक्षा दिन सकिन्छ भन्ने हो । निष्ट फाउण्डेशनका संचालकहरुले जुन किसिमको भिजन राख्नुभएको छ त्यो मलाई अति नै मन प¥यो र म बनेपामा आएँ । यस बीचमा मैले विद्यार्थी शिक्षकहरुसँग अन्तरक्रिर्या गर्ने अवसर पाएँ । यस आधारमा भन्नुपर्दा काभ्रेमा भएका शिक्षकहरु, विद्यार्थीहरु र काभ्रेको शिक्षाको गुणस्तर काठमाडौंमा बसेर हेर्दाखेरी काठमाडौं भ्याली बाहिर त के होला र भन्ने दृष्टिकोण राख्छौ त्यस्तो चाहिँ रहेनछ । यहाँ शिक्षक, विद्यार्थी उत्कृष्ट नै रहेको पाइयो । अलिकति व्यवस्थापन मिलाउन सक्दा उत्कृष्ट परिणाम दिन सकिन्छ भन्ने विश्वास छ ।
मेरो सन्दर्भमा भन्नुपर्दा म क्याम्पस प्रमुखको रुपमा निष्ट कलेजमा आएको छु । मेरो मूख्य दायित्व भनेको त्यहाँ रहेका शिक्षक विद्यार्थीलाई व्यवस्थित रुपमा गुणस्तरीय शिक्षा प्रदान गर्नु रहेको छ । अब्बल नतिजा हासिल गर्ने हो । अहिलेको समयमा शिक्षा मात्र भएर पुग्दैन । बालबालिकाहरुको समग्र विकास भएको हुनुपर्छ । विद्यार्थीहरुको समग्र विकास भए मात्र उनीहरु उद्योग, आयआर्जन र रोजगारतर्फ स्थापित हुन सक्छन । यसले गर्दा विद्यार्थीहरुको भविष्य उज्जवल हुन्छ ।
निष्ट कलेजमै पढ्नुपर्छ भन्ने वातावरण कसरी तयार गर्नुहुन्छ ?
म एउटा शिक्षण पेशामा लागेको व्यक्तिको रुपमा जहिले पनि के भन्छु भने समय एकदमै महत्वपूर्ण छ । सम्पूर्ण अभिभावक विद्यार्थीलाई समयको ख्याल गर्न अनुरोध गर्दछु । काठमाडौंसम्म जाने समयलाई यहि बसेर समयको सदुपयोग गरौं भन्न चाहन्छु । हामीले बाहिरबाट हेर्दा काठमाडौंको शिक्षामात्र राम्रो हुन्छ भनेर बस्नु भएन । आफ्नै ठाउँ अर्थात बनेपामा पनि राम्रा राम्रा कलेजहरु छन् । उदाहरणको रुपमा निष्ट उत्कृष्ट कलेज भित्र पर्छ । शैक्षिक वातावरण राम्रा छन् । त्यसैले यहाँका विद्यार्थीहरु टाढा जान आवश्यक ठान्दिनँ म ।
जहाँसम्म कक्षा १२ सके पछि विदेशिने कुरा छ, यस विषयमा के भन्न चाहन्छु भने विदेश जानु नराम्रो होइन । त्यहाँबाट शिक्षा, सिप सिकेर आउनु राम्रै कुरा हो । तर बाहिर ग्राजुयट गर्न जानु भनेको दुःख पाउनु हो । जसको २÷३ वटा कारणहरु छन् । एउटा कम उमेर, दोश्रो ४ वर्षको कोर्ष भएका कारण खर्चिलो पनि छ । जसले गर्दा आर्थिक व्यवस्थापनमा कठिनाई हुन्छ । छात्रवृत्तिको सवालमा ठिकै हुन्छ । होइन भने मास्टर्स गर्नको लागि मात्र विदेश जान म आग्रह गर्दछु । किन भने त्यो समयमा सबै कुराले परिपक्व भएको हुन्छ । अर्काेकुरा विद्यार्थीहरु विदेश जानुको मुख्य कारण भनेको कमाई हुने र शिक्षा आर्जन हुन्छ भनेर नै हो ।
कक्षा १२ को नतिजा सार्वजनिक हुने तयारीमा छ, निष्टमा किन विद्यार्थीहरु भर्ना हुने ?
सर्वप्रथम हामीले शिक्षालाई हेर्ने दृष्टिकोण परिवर्तन गर्नुपर्छ । आजभन्दा ३०÷४० वर्ष अगाडि शिक्षालाई घोकन्ते विद्या भन्थ्यौं । परीक्षा पनि घोकेरै मात्र पास हुने थियो । त्यो अब परिवर्तन हुन आवश्यक छ । समाज परिवर्तन भइरहेको छ । सोहि अनुसार शिक्षा प्रणाली पनि परिवर्तन भइरहेको अवस्था छ । यसकारण शिक्षा प्रणालीमा होलिस्टिक र ट्रान्सफरमेटिभ एजुकेशनलाई शिक्षण संस्थाहरुले आत्मसात गर्नुपर्छ । होलिस्टिक शिक्षा भन्नाले विद्यार्थीको समग्र विकास हुनु हो । किताबी ज्ञानमात्र होइन । अर्काे ट्रान्सफरमेटिभ शिक्षा भनेको आफूलाई परिवर्तन गर्ने शिक्षा हो । आफूलाई मात्र परिवर्तन गरेर मात्र पनि पुग्दैन । समाजसँगसँगै देशलाई पनि परिवर्तन गर्नु प¥यो । तर पहिले सुरुमा विद्यार्थीमा परिवर्तन आउनुपर्छ । अनि मात्र सम्भव छ ।
अघि मैले ४ वटा डटको कुरा गरेको थिएँ । ४ वटा डटहरुलाई हामी लैजान सक्छौं । विद्यार्थीहरुलाई हामीले होलिस्टिक र ट्रान्सफरमेटिभ शिक्षाको दृष्टिकोणबाट अनुसार पढाउन थाल्छौ भने विद्यार्थी शिक्षासँग जोडिन्छ । विद्यार्थीमा अभिरुची जाग्दछ । अर्काे कुरा शिक्षालाई उद्योगमा कसरी समावेश गर्ने त भन्ने हो । विश्वविद्यालयहरुले जुन करिकुलम बनाएका छन् त्यो अलि पुरानो छ । १० वर्ष पुरानो करिकुलम अनुसार आज हामी पढाईराखेका हुन्छौं । त्यो करिकुलम अनुसार शिक्षालाई उद्योगसँग जोड्न सकिएन । त्यो जोड्न आवश्यक छ । हामीले थप स्किलहरु विद्यार्थीलाई उपलब्ध गराउनुपर्ने हुन्छ । जुन हामीले निष्टमा गरिराखेका छौं । अझ त्यतिले मात्र पनि पुग्दैन । हामीले निष्टमा सेमेष्टर ६ र ७ का विद्यार्थीहरुलाई ‘इण्डष्ट्रि एक्सिलेटर प्रोग्राम’ राखेका छौं र यो निकट भविष्यमै लागू हुनेछ । इण्डस्ट्रिमा स्थान पाउनको लागि हामी त्यो कार्यक्रम ल्याएका छौं । जसअनुसार हप्ताको एक चोटी इण्डष्ट्रिका व्यक्तिहरु आएर विद्यार्थीहरुलाई भेट्नुहुन्छ । जसबाट सीप, व्यवहारिक, नैतिक र इण्डष्ट्रिमा आवश्यक पर्ने कुराहरु सिकाउनुहुन्छ । त्यसो भएको खण्डमा शिक्षालाई उद्योगसँग लगेर जोड्न सकिन्छ । शिक्षालाई उद्योगसँग जोड्छौ त्यसबाट पक्कै पनि आर्थिक लाभ त हुन्छ नै । शिक्षालाई अवसर र आम्दानीसँग जोड्ने निष्टको प्रमुख लक्ष्य कार्यान्वयनमा छ । त्यसकारण पनि विद्यार्थीहरु निष्टमा भर्ना हुन आवश्यक छ । निष्टमा अध्ययन गरेका विद्यार्थीहरु बेरोजगार हुनु पर्ने छैन ।
निष्टमा व्याचलर पढि सकेपछि आफ्ना विद्यार्थीहरुलाई आर्थिक उपार्जनका लागि के योजना राखेको छ ?
यसका लागि दुईवटा पाटा रहेका छन् । पहिलो शैक्षिक संस्था र विषय विद्यार्थीहरुको लागि महत्वपूर्ण कुरा हो । विषय छनौट गर्दा विद्यार्थी अभिभावक दुवैले बुझ्नु जरुरी छ । आफूलाई चित्तबुझ्दो विषय छनौट गर्नु बुद्धिमानी हुन्छ । अर्काे पाटो भनेको आफूले छनौट गरेको विषयले भविष्यमा के उपलब्धी दिन्छ त्यो महत्वपूर्ण छ । यी दुवै भएको खण्डमा राम्रो शैक्षिक संस्था छनौट गर्नुपर्छ । छनौट गर्दा पहिले उक्त संस्थाको इतिहास हेर्नु जरुरी छ । त्यसैगरी पढाई हुने वातावरण कस्तो छ ? र आर्थिक कुरा पनि । किनभने विना पैसा शिक्षा प्राप्त गर्न सकिँदैन । आफ्नो आर्थिक क्षमता हेरेर शैक्षिक संस्था छनौट गर्नुपर्ने हुन्छ । सम्पूर्ण अभिभावक विद्यार्थीहरुलाई के भन्न चाहन्छु भने सस्तो मात्रै राम्रो हुँदैन ।
निष्टमा कम्प्युटरसँग मात्र सम्बन्धित विषयहरु रहेका छन् । हामीले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेर विभिन्न कोर्षहरु संचालनमा ल्याएका छौं । हामीले विज्ञान संकायबाट सिएसआईटी का कोर्ष, व्यवस्थापन संकायबाट विआईएमका कोर्ष र मानविकी संकायबाट विसिएका कोर्षहरु पढाउँदै आएका छौं । यी तीनवटै कोषहरुको फरक–फरक उद्देश्य रहेका छन् । कतिपय विद्यार्थीहरुले विना उद्देश्य विषय छनौट गरेको पाइन्छ । तर विद्यार्थीहरुलाई के भन्न चाहन्छु भने यी तीनवटै विषयका फरक फरक उद्देश्य छन् ती उद्देश्य आफ्नो रुचीका हो कि होइन भनेर मात्र छनौट गर्नका लागि अनुरोध गर्दछु । यी तीनवटै विषयहरु कम्प्युटरसँग सम्बन्धित भएकाले यसको स्कोप पनि धेरै नै रहेको छ । मात्र आफूसँग सीप र क्षमता चाहिँ हुनुप¥यो । कुनैपनि विद्यार्थी दोश्रो वर्षदेखि काम गर्नको लागि योग्य भने अवश्य हुन्छ । उसले आफ्नो पढाई खर्च कम्प्युटर मार्फत पार्ट टाईम काम गरेर पनि जुटाउन सक्ने योग्यको हुन्छ । यसले आयआर्जनको बाटो पनि खुलाउँछ ।
निष्ट कलेजमा भर्ना हुन के गर्नु पर्छ ?
सबैभन्दा पहिले प्रवेश परीक्षा दिनुपर्छ । त्यसपछि दर्ता प्रक्रिया सुरु हुन्छ । आर्थिक मन्दीका कारण हामीले यो वर्ष छात्रवृत्ति कोटा पनि बढाएका छौं । निष्ट सम्बन्धी केहि बुझ्न चाहनुहुन्छ भने मलाई भेट्न सक्नुहुन्छ । विषय छनौटका लागि काउन्सिलिङ गरिदिन्छौं । क्याम्पसमा आउनुस । क्याम्पसका बारेमा धेरै कुरा बुझ्न सक्नु हुन्छ ।
अन्त्यमा
अहिलेको समय विद्यार्थीहरु भनेको स्कुल तह सकेर कलेज तहमा जाने समय हो । मैले भनेजस्तै विद्यार्थीलाई शिक्षासँग, शिक्षालाई रोजगारीसँग र रोजगारीबाट आम्दानी हुँदै विद्यार्थीसँग जोड्नको लागि जुन एउटा होलिस्टिक शिक्षा चाहिन्छ । ट्रान्सफरमेटिभ शिक्षा चाहिन्छ । त्यो नभईकन आजको विद्यार्थीहरु सफल हुन सक्दैन । त्यसो हुनाले शैक्षिक संस्था छान्नुपर्दा विचार पु¥याएर मात्र छान्नुहोला । किनभने ४ वर्षको समय भनेको एकदमै महत्वपूर्ण समय हो । उर्तिण विद्यार्थीहरुलाई क्याम्पस र विषय छनौटका लागि निष्ट आउन अनुरोध गर्दछु ।