दिपक भट्ट
क्याम्पस प्रमुख
निष्ट कलेज, बनेपा
एसईईको नतिजा सार्वजनिक भएको छ, विद्यार्थीले विषय र छनौट कसरी गर्ने ?
सर्वप्रथम एसईईमा उत्तीर्ण हुनुहुने सम्पूर्ण विद्यार्थीहरुमा हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छु । अहिले कक्षा १० उत्तीर्ण भएपछि के विषयमा अध्ययन गर्ने भन्ने हकमा चाहिँ उनीहरुलाई जिज्ञासा र गाह्रोको विषय पनि हो । सर्वप्रथम विद्यार्थीहरुमा आफू भित्रको क्षमता पहिचान गर्न जरुरी छ । जुन विषयमा आफूलाई रुची लाग्छ त्यहि विषय छनौट गर्नु राम्रो हो । तर कुनै पनि विषय नराम्रो हुन्छ भन्ने चाहिँ हुँदैन । हरेक विषयको आफ्नो क्षेत्र छ त्यसमा राम्रो गर्न जान्नुपर्छ ।
अर्काे कुरा कुन ग्रेड ल्याएको विद्यार्थीले कुन विषय छनौट गर्ने भन्ने सन्दर्भमा चाहिँ राष्ट्रिय परीक्षा बोर्ड र पाठ्यक्रम विकास केन्द्रले के निर्धारण गरेको छ भने १.६ जिपिए आए पश्चात विद्यार्थीले जुनसुकै विषय छनौट गर्न पाउँछ । मेरो एउटा के अनुरोध छ भने हामी कहाँ निष्ट कलेज छ । निष्टबाट उत्कृष्ट विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गरिरहेको रेकर्ड छ । यसर्थ हामी काभ्रेमै रहेर पनि उत्कृष्ट अंक साथ उत्तीर्ण हुन्छ भन्ने प्रमाण भैसकेको अवस्था छ । यसर्थ हामीकहाँ भएका कलेजहरुले पनि उत्कृष्ट शिक्षा दिन सक्छन् भन्ने यो उदाहरण पनि हो । अभिभावक विद्यार्थीको साथ र सहयोग प्राप्त भयो भने काठमाडौं पाईने शिक्षा हामीले काभ्रेमै पाउन सक्छौं । त्यस्तै शुल्कको कुरा गर्ने हो भने काभ्रेमा भएका जति पनि स्कूल कलेजहरु छन् काठमाडौंमा भएका शुल्कको हकमा धेरै अन्तर पाउन सकिन्छ । यसर्थ काभ्रेमा पनि गुणस्तरीय शिक्षा हामी दिन सक्छौं र दिएका पनि छौं ।
राम्रो जिपिए ल्याउनेले मात्र विज्ञान विषय पढ्ने हो भन्ने किसिमको मानसिकता छ नि ?
राम्रो जिपिए ल्याउनेले मात्र विषय विषय छनौट गर्ने भन्ने कुरा सहि होइन । विज्ञान विषय पढ्न पहिलो क्रियटिभिटी हुनुपर्छ, रुची हुनुपर्छ र दोस्रो कुरा जिपिए धेरै होइन मेहनत धेरै चाहिन्छ । त्यस्तो विद्यार्थीले मात्र प्रगती गर्छ । जिपिए नै सबैथोक होइन । यसर्थ विद्यार्थीमा पढ्नको लागि जिपिए होइन कि इच्छा उत्सुकता र मेहनत आवश्यक छ । यहि नै ग्रेड चाहिन्छ भन्ने हुँदैन ।
शैक्षिक गुणस्तरमा निष्ट कलेजले कसरी व्यवस्थापन गरेको छ ?
हामीले निष्टमा कक्षा कोठा, फर्निचर, भौतिक पूर्वाधार देखि लिएर सबै संकायको लागि आवश्यक पर्ने ल्याब, प्रयोगशालाको उचित व्यवस्था गरेका छौं । शिक्षामा गुणस्तरीयता ल्याउनको लागि काठमाडौं विश्वविद्यालयसँग सम्झौता गरी यहाँका शिक्षक÷शिक्षिकाहरुलाई ३÷४ महिनामा विषयगत तालिम प्रदान गर्ने गरेका छौं । त्यस्तै हामीले आधुनिक शिक्षा प्रणाली अपनाएका छौं । यसकारण पनि हामीले जिल्लामै रहेर उत्कृष्ट नतिजा हासिल गरिरहेका छौं । यसमा विद्यार्थीको मेहनत, शिक्षकको मेहनत र अभिभावकको विश्वासले यो सफलता प्राप्त गर्न सफल भएका छौं ।
पछिल्लो समय विद्यार्थीमा पढ्ने बानी हराएको छ, यसलाई निष्टले कसरी मनिटरिङ गर्छ ?
पछिल्लो समय विशेषगरी कोभिड पछि विद्यार्थीमा पढ्ने रुची घटेको हो भन्न सकिन्छ । उत्कृष्ट विद्यार्थीहरुको नतिजा पनि खस्कदै गएको छ । यसलाई प्रभाव पार्ने धेरै क्षेत्रहरु छन् । पछिल्लो समय मोबाइलले पनि नकारात्मक प्रभाव पारेको छ । यो वर्ष हामीले अभिभावकको लागि अभिमुखीकरण कार्यक्रम राखेका छौं । अर्काे कुरा पछिल्लो समय विद्यार्थीहरुमा सुन्ने धैर्यता नै छैन । कक्षा कोठामा सुनिदिए पनि पनि धेरै समस्याको हल हुन्छ । त्यस्तैगरी हामीले विषय अनुसारको प्रयोगात्मक शिक्षा प्रत्यक्ष फिल्डमै गएर दिने गरेका छौं । अर्काे कुरा घरमै पनि अभिभावकहरुले केयर गर्नुपर्ने हुन्छ । आफ्नो बालबालिकाको लागि अभिभावकहरुले समय निकाल्नु पर्छ । समस्या गुनासो सुनिदिने गर्नुपर्छ । राम्रो काम गरेको छ भने स्याबासी पनि दिनुपर्छ ।
निष्टले दिन खोजेको शिक्षा चाहिँ के हो ? नयाँपन के छ ?
हाम्रो एउटै उद्देश्य भनेको काभ्रेका विद्यार्थीहरुले कक्षा १२ सम्म पढ्नको लागि बाहिर जान नपरोस् । हामी समय सँगसँगै परिवर्तन हुन जरुरी छ । त्यस्तै विद्यार्थीहरुले पढेर उत्कृष्ट अंक ल्याउने मात्र नभई यहाँबाट उत्पादन भएका विद्यार्थीले हाम्रो देशको लागि के योगदान गर्न सक्छन् भन्ने पनि हो । समाजको लागि हामीले के गरेका छौं त ? त्यो पनि महत्वपूर्ण छ । भोलिका दिनमा हामीले के दिन सक्छौं भन्ने विषयमा पनि हामी लागि परेका छौं । हामीले हाम्रा विद्यार्थीहरुलाई बाहिर भन्दा पनि देशमै रहेर केही गरुन् भन्ने हाम्रो उद्देश्य हो ।
आर्थिक अवस्था कम भएकाले निष्टमा कसरी पढ्न पाउँछन् ?
हामीसँग स्थानीय सरकारबाट प्राप्त हुने १० प्रतिशत छात्रवृत्तिको व्यवस्था रहेको छ । निष्ट आफैले पनि छात्रवृत्तिको व्यवस्था गरेको छ । हामीले एसईईमा आएको ग्रेडको आधारमा र इन्ट्रान्स परीक्षाको आधारमा छात्रवृत्ति प्रदान गरेका छौं । अर्काे स्पेशल छात्रवृत्तिको लागि भनेर पनि पहल गरिरहेका छौं । पढाईमा अब्बल, मेहनति तर आर्थिक अवस्था कमजोर भएकाहरुलाई विशेष छात्रवृत्ति प्रदान गर्छौं ।
सामुदायिक स्कूलबाट आउने विद्यार्थीहरुलाई विज्ञान विषयमा कसरी पढाउने व्यवस्था छ ?
कतिपय सामुदायिक स्कूलहरुमा पनि इङ्गलिस माध्यममा पढाई हुँदै आएको छ । अँग्रेजी भाषा नै समस्याको रुपमा आउँदैन । एक दुई महिना मात्र हो पछि सामान्य हुँदै जान्छ । त्यति सोचेजस्तो गाह्रो चाहिँ हुँदैन ।
इन्ट्रान्स सकिसकेको छ, इन्ट्रान्समा छुटेका र निष्टमा पढ्ने इच्छा गरेकाले पढ्न पाउँछन् कि पाउँदैनन् ?
यदि कसैको इन्ट्रान्स छुटेको छ भने फेरि इन्ट्रान्स परीक्षा राखेका छौं । फर्म भर्न पाइन्छ । इच्छुक विद्यार्थीहरुले सहभागिता जनाउन सक्नुहुनेछ ।
पछिल्लो समय पढ्नको लागि विदेशिने होड चलेको छ, हाम्रा विद्यार्थीलाई रोक्न सकिएला ?
हाम्रो करिकुलममा जीवनयोपयोगी शिक्षा प्रदान गर्नु जरुरी छ । त्यस्तै विश्वविद्यालयले पनि विद्यार्थीहरुका लागि आकर्षण हुने खालका कार्यक्रम ल्याउन सके केहि हदसम्म रोकिएला । विद्यार्थीले पनि भोलिका दिनमा विदेशमा होइन कि नेपालमै केहि अवसरहरु देखून् । भोलि यहि देशमा बसेर केहि गर्न सक्छु भन्ने ठान्छ भने यसको लागि हामीले विद्यार्थीहरुलाई कन्भिन्स गराउन सक्नुपर्छ ।
निष्टले यातायातको व्यवस्थापन कसरी गरेको छ ?
निष्टले भकुण्डे, पाँचखाल र पनौती क्षेत्रमा यातायातको सुविधा प्रदान गर्दै आएको छ । साथै बनेपामै रहेका विद्यार्थीहरुको लागि पनि यातायातको उचित व्यवस्था गरेका छौं ।
अन्तमा,
म भन्न चाहन्छु अभिभावक एवं भर्खरै एसईई उत्तीर्ण विद्यार्थीहरुलाई अहिलेको निर्णय पछि सम्म काम लाग्छ । विद्यालय छनौट गर्दा सबै ठाउँमा बुझ्दा राम्रो नै हुन्छ । अन्तमा निर्णय गर्दा धेरै कुराहरु विचार पु¥याउनु पर्ने हुन्छ । भौतिक पूर्वाधार, विगतको नतिजा, शैक्षिक वातावरण कस्तो छ ? यावत कुराहरु बुझेर मात्र निर्णय गर्दा राम्रो हुन्छ । यस सिलसिलामा निष्ट तपाईको उत्कृष्ट गन्तव्य हुनसक्छ । आउनुुहोस् । बुझ्नुहोस् ।
– प्रस्तुती लोकबहादुर थापा