2026 July 01/ 03:48: 12am

बसन्त राज नेपाल
प्राचार्य
काभ्रे इङ्गलिश माध्यमिक विद्यालय
पनौती–४

१) जिल्लाकै नमुना विद्यालयको रुपमा रहेको काभ्रे इङ्गलिश माध्यमिक विद्यालयको शैक्षिक अवस्था कस्तो रहेको छ ?
बि.स. २०५५ सालमा पनौती र आसपासका क्षेत्रमा गुणस्तरिय शिक्षा प्रदान गर्ने हेतुले शैक्षिक गुठी अन्तर्गत स्थापित नाफा रहित शैक्षिक संस्था हो काभ्रे ई.मा.बि.। “काभ्रे शिक्षा विकास प्रतिस्ठान (शैक्षिक गुठी)” अन्तर्गत सञ्चालित यस संस्थालाई स्थापनाकाल देखि नै पनौती क्षेत्रका अभिभावकहरुले असीम माया गर्दै आइरहनु भएको छ । कक्षा प्ले ग्रुप देखि कक्षा १२ सम्म कक्षा सञ्चालन गरिरहेका छौं । अभिभावकहरुलाई थप बोझ नपार्ने नीति अन्तर्गत कक्षा एल.के.जी र यू.के.जीलाइ गाभेर के.जी. (१ बर्षे) मात्र संञ्चालन गरी आफ्नो छुट्टै पाठ्यक्रम विकास गरिएको छ । व्यवस्थित बार्षिक पाठयोजना र बिशिष्टीकरण तालिका निर्माण गरि सोही अनुरुप शिक्षकहरु कक्षा कोठामा जाने परिपाटी बसालेका छौं । बिभागीय प्रमुख र सहायक प्रिन्सिपलहरु र प्रिन्सिपलबाट नियमित कक्षा अवलोकन गरि शिक्षकहरु निखार्ने शैली हाम्रो बलियो पक्ष हो । ‘हामी आँफै सिकौ’ कार्यक्रम सञ्चालन गरि बिद्यार्थी आँपैmमा पढ्ने बानीको विकासमा प्रयत्नशिल छौं ।

२) एस.एल.सी. मा बोर्ड प्रथम, बोर्ड तृतीय र पटक पटक जिल्ला प्रथम भएको विद्यालयको शैक्षिक स्तर पछिल्लो समय खस्कदै गएको हो ?
बोर्ड प्रथम, बोर्ड तृतिय र पटक पटक जिल्ला प्रथमका नतिजाहरु हाम्रा गौरवशाली ईतिहासहरु हुन जस्ले हामीलाई उत्कृष्टता तर्पm बढ्न हरेक पटक प्रेरित गर्छ । २०६० साल देखि २०७५ साल सम्मका १६ वटा ब्याचहरुले दिएको एस.एल.सी.÷एस.इ.इ. परीक्षाको नतिजामा कुनै वर्ष पनि हामी असफल भएका छैनौँ । हालका दिनहरुमा ग्रेडमा नतिजा प्रकाशन हुँदा प्रथम, दितीय नछुट्टिए पनि जि.पि.ए. ३.६५ भन्दा माथिका जि.पि.ए ल्याउने बिद्यार्थीको सङ्ख्यानै हरेक पटक बहुमतमा पर्छ । तसर्थ हामी खस्केका छैनौ समयनुसार अझ सुधारिएर आएका छौं । शिक्षण सिकाई क्रियाकलापमा प्रबिधिको प्रयोग, अतिरितm क्रियाकलापमा विद्यार्थीहरुको उत्कृष्टता, उच्च शिक्षामा बिद्यार्थीहरुको सफलता, उत्कृष्ट शैक्षिक नतिजाले हामी अझै बलियो छौ भन्ने प्रमाणित गर्छ ।

३) प्रबिधिको बिकास सँगै बिद्यालयमा सिकाउने वातावरण कस्तो रहेको छ ?
बिभिन्न अडियो/भिजुअल प्रर्दशनी मार्पmत, किताबी ज्ञानलाई प्रष्ट पार्ने प्रणाली, विद्यालयको आप्mनै मोवाइल एप्लिकेशन मार्पmत शिक्षक–अभिभावक प्रशासन समन्वय, इन्टरनेट मार्पmत सिकाई क्रियाकलाप जस्ता प्रबिधि मैत्री गतिबिधिहरु हामीले अपनाई रहेका छौं । मोवाइल एप्लिकेशनले बिदेशमा रहनु भएका अभिभावकहरुले पनि आप्mना बालबच्चाहरुको गतिबिधि निरीक्षण गर्न मिल्ने सुविधा दिएको छ । प्रविधिको दुरुपयोग घटाउन कम्प्यूटर बिज्ञान बिषय मार्पmत कक्षा ४ देखि प्रविधिको सदुपयोगसँग अभ्यस्त बनाउने प्रयत्न गरिरहेका छौं । प्रोजेक्ट कार्यमा आधारित भएर गृहकार्यहरु दिने गरेका छौं । शैक्षिक प्रदर्शनी मार्पmत विद्यार्थीका अन्तर निहित प्रतिभा समेत प्रस्फुटन गरिरहेका छौं ।

४) निजी विद्यालयमा घोकन्ते शिक्षा मात्र हुन्छ भन्ने आरोप छ नि, विद्यालयमा पढाईको अलावा कस्ता–कस्ता अतिरितm क्रियाकलापको आयोजना गरिएको छ ?
एकाध बिद्यालयको परिपाटी हेरेर सबैलाई लाग्ने सार्वजनिक आरोप हो यो । हाम्रो बिद्यालयको हकमा यो आरोप मिल्दैन किनभने  कक्षा २ देखि हामी पढाउने भन्दा पनि सँगै सिक्ने बिधि अन्तर्गत कक्षा सञ्चालन गर्छाै । बनेपा स्थित काभ्रे मा.बि. र हाम्रो  बिद्यालय बिच समान÷साझा प्रश्नपत्र निमार्ण गरी घोकाउने शैली कार्यान्वयनमा छैन । प्रविधि मैत्री शिक्षण सिकाईले ब्यवहारसँग अभ्यस्त बनाउन प्रयत्नशील छौँ । हरेक १५÷१५ दिनमा मानसिक÷शारीरिक खेलकूदका कार्यक्रम, बार्षिकोत्सव अगाडिको एक हप्ता खेल सप्ताह, शैक्षिक मेला, गायन प्रतियोगिता आदिको माध्यमबाट बिद्यालय र बिषय प्रति आर्कषित गराउने काम गराइरहेका छौं । बिहानी प्रार्थना सभामा नियमित बत्तृmत्वकलाबाट बोल्ने बानीको बिकास गराइरहेका छौं । बर्षको २ पटक पिकनिक वा भ्रमण कार्यक्रम आयोजना गरी बाहिरी संसार सँग परिचित गराउने काम गरिरहेका छौं ।

५) सरकारले ल्याएको शैक्षिक नीति अनुसार विद्यालयलाई कस्तो असर वा फाईदा पुगेको छ ?
विद्यार्थी अभिमुखिकरण हुने गरी ल्याइएका शैक्षिक नीतिसँग त हामी सन्तुष्ट छौं तर बिभेदकारी नीतिले हाम्रो जस्ता विद्यालयका योगदानहरुलाई सरकारले भुलाउने काम गरेको छ । प्रविधि मैत्री शिक्षा निती सवलीकरणको नीति, समय सापेक्ष पाठ्यक्रममा सुधार आदि नयाँ शैक्षिक नीतिका राम्रा पक्ष हुन । तर निजी वा गूठी अन्तर्गत सञ्चालित बिद्यालयहरुलाई सरकारले हतोत्साही गर्ने काम गरेको छ । हामी नेपाल सरकारको नीति÷नियम अन्तर्गत कर तिरेर सञ्चालित बिद्यालय हौँ । सरकार आफैँ बिद्यालय सञ्चालन गर्न अनुमति दिन्छ, बाषर््िाक कर उठाउँछ तर सरकारी बिद्यालयलाई मात्र फाइदा हुने योजना ल्याइ निजी वा गुठी बिद्यालयलाई हेँला गर्ने काम गर्दा हामीलाई एक्लाएको भान हुन्छ । शैक्षिक नीतिलाई सरकारी मैत्री भन्दा पनि समानता र योगदानका आधारमा परिमार्जन गर्नु जरुरी छ । एउटै आँगनबाट फरक फरक स्थानमा गएका विद्यार्थीहरुलाई उनिहरुले छानेको शैक्षिक संस्थाका आधारमा भेदभाव गर्ने कार्य बन्द गरिनु पर्छ ।

६) बिद्यालयको भाबी योजनाहरु के के रहेका छन् ?
“शान्ति, सिर्जनात्मकता तथा उत्कृष्टताका लागि शिक्षा” भन्ने मूल नाराका साथ स्थापित यस बिद्यालयले आप्mनो नारा अनुसारको लक्ष्य हासिल गर्न बिविध योजना बनाएका छौं । प्रविधिको सदुपयोगका निमित्त विद्यार्थी प्रेरित कार्यक्रम, समय सापेक्ष सिकाई क्रियाकलाप, शैक्षिक उत्कृष्टता, अतिरितm क्रियाकलापमा सक्षमता जस्ता कार्यक्रमहरु नियमित योजनामा पर्दछन । जस्का अलावा सूबिधा सम्पन्न भवन निमार्णका लागि सिलान्यास गरि निर्माण कार्य शुरु भइसकेको छ । आगामी डेढ बर्ष भित्र आप्mनै भवनमा बिद्यार्थीहरु पढ्न पाउनेछन् । कक्षा ११ र १२ मा कम्प्यूटर बिज्ञान र होटल ब्यवस्थापनका बिद्यार्थीका लागि सूविधा सम्पन्न कम्प्यूटर प्रयोगशाला र होटल ब्यवस्थापन प्रयोगशाला निर्माणको योजना बनिरहेको छ । ब्यवस्थित प्रि. प्राइमरीका कक्षाहरु अन्तिम चरणमा पुगेका छन र छुट्टै ब्लकमा  सार्ने योजना भइरहेको छ । स्नातकका कक्षाहरु आगामी बर्ष बाट सञ्चालन गर्ने सोचमा छौ । बिद्यार्थी र शिक्षकहरुलाई बिमा सुविधा, सुविधा सम्पन्न र ब्यवस्थित बिज्ञान प्रयोगशाला, ब्यवस्थित क्यान्टिन निर्माणका योजनाहरु कार्यान्वयनको क्रममा छन् ।

७) निजी बिद्यालयहरुमा भर्नाको समयमा हुने अस्वस्थ प्रतिस्पर्धालाई कसरी लिनु भएको छ ?
बिगतका तुलनामा भन्दा केही सुधारिएको प्रतिस्पर्धा हालका दिनहरुमा निजी बिद्यालय बिच देखिन्छ । प्याब्सन मार्पmत विभिन्न चरणमा हुने अभिमुखिकरण कार्यक्रमहरुले पनि अस्वस्थ प्रतिस्पर्धा घटाएको छ । तथापी केही साथीहरु अझै पनि बैशाख महिनामा मात्र अलि बढी सक्रिय हुने, अन्यलाई निराधार आरोप लगाई अभिभावक भड्काउन खोज्ने प्रवृति केही मात्रामा देखिन्छ । हामी गुणस्तरमा बिश्वास गर्छौ । हाम्रो अधिकांश अभिभावक गुणस्तरिय शिक्षामा हामीलाई बिश्वास गर्नुहुन्छ । जो हामीलाई गलत देखाउन खोज्नु हुन्छ उहाँ आफै हराएर जानु हुन्छ भन्ने तथ्यमा हामी बिश्वास गछौं । हाम्रो प्रतिस्पर्धा हामी आपैm सँग भएको हँुुदा अस्वस्थ हल्ला मच्चाउने हरु मच्चिएर आपैm थुचुक्क बस्छन । हामी गुणस्तरिय शिक्षामा प्रतिवद्घ छौं, समुदाय सँग बिस्वस्त छौं । हामीले समुदायले राम्ररी विश्वास गरेको छ । यसका लागि सिङ्गो समुदायलाई नै धन्यवाद दिन पनि चाहन्छु ।

८) स्थानिय सरकारबाट निजी बिद्यालयहरुले कस्तो अपेक्षा गरेका छन ?
हालका दिनहरुमा स्थानिय सरकार शिक्षासँग सम्बन्धित नीति तथा योजनाहरु बनाउन लागिरहेको छ भन्ने सुनेको छु । केन्द्र सरकारका बिगतका केही बिभेदकारी नीतिले स्थानीय सरकारलाई पनि विभेदकारी नीति बनाउन हौस्याएता पनि स्थानीय सरकार आप्mनो स्व–विवेक प्रयोग गरि निजी/सरकारी दुबै बिद्यालय मैत्री नीति बनाउन सक्षम छ भन्ने अपेक्षा लिएको छु । पनौती नगरलाई शिक्षाको क्षेत्रमा अगाडि बढाउन निजी÷गुठी विद्यालयको ठूलो योगदान रहेको तथ्यलाई स्थानीय सरकारले पक्कै पनि नजर अन्दाज नगर्ला । निजी÷गूठी बिद्यालयहरुले ठूलो मात्रामा बिद्यार्थीहरुलाई यही रोक्ने र रोजगारीको अवसर सिर्जना गर्ने काम गरेको छ । यदि विभेद गरिएमा ठूलो बिद्यार्थी बाहिरिन सक्नेछन र रोजगारीको अवसर गुम्ने छ । तसर्थ बिना भेदभावको नीति निर्माणमा नगर अग्रसर हुनुपर्दछ । हामी स्थानीय सरकारसँग सकारात्मक छौं र सोही अपेक्षा गर्दछौं । 

९)  प्रविधिको विकाससँगै विद्यार्थीहरुको पढ्ने बानी हराउँदै गएको हो ?
हामीले प्रविधि मैत्री र प्रविधिको सदुपयोगका बारेमा धेरै कुरा गर्यौ । तथापी अहिलेको हाम्रो मूल चुनौति नै प्रविधि रहेको छ । गलत संगत र न्युन अनुगमनका कारण हालका दिनमा प्रविधिले दुब्र्यसनको रुप लिइरहेको छ । अनावश्यक रुपमा सामाजिक सञ्जालको प्रयोग, बढी समय प्रविधिको दुरुपयोग (मोवाइल खेल, अनावश्यक वेब पेज अवलोकन) मा बिद्यार्थीहरु ब्यस्त रहँदा शारीरिक, मानसिक र सामाजिक घाटा बेहोरिरहेका छन् , जुन अहिलेको पुस्ताको मूल चुनौति रहेको छ । जस्का कारण पढ्ने बानीमा कमी भएको तथ्य स्वभाविक हो र सिर्जनात्मकता मा पनि ठूलो ह्रास हँुदै गइरहेको छ । यसको समाधान बिद्यालयबाट मात्र सम्भव छैन । अभिभावकहरु पनि सचेत र क्रियाशील हुनु जरुरी छ ।

१०)  बिद्यालयमा प्रत्यक्ष वा अप्रत्यक्ष कति जना बिद्यार्थीहरुले छात्रवृति पाइरहेका छन ?
यस शैक्षिक सत्र २०७६ मा कक्षा प्ले ग्रुप देखि कक्षा १० सम्म ९०० जना र कक्षा ११÷१२ मा ११० जना बिद्यार्थी अध्ययनरत छन । जस मध्ये कक्षा प्ले ग्रुप देखि १० सम्म १४० जना (शैक्षिक, गरिव तथा जेहेन्दार, ३ मा १, र नगरको सिफारिसका आधारमा) बिद्यार्थीहरु र कक्षा ११÷१२ मा ३० जना बिद्यार्थीहरुले प्रत्यक्ष छात्रवृति पाइरहेका छन ।

११) अन्त्यमा 
हाम्रो बिद्यालय नाफा रहित शैक्षिक गुठीद्वारा सञ्चालित बिद्यालय हो । जति कमाउँछौँ सबै बिद्यार्थी, शिक्षक र बिद्यालयका हितका निमित्त खर्च गर्छौ । सोही कारण विद्यालय भवन बनाउन बैंकको साहारा लिइराख्नु परेको छ । यस बर्षबाट भवन निमार्ण कार्य शुरु गरिएको हुँदा आर्थिक संकलनको निमित्त एकमुष्ट रकम योजना सञ्चालनमा ल्याएका छौं जस्का लागि बिद्यालयमा सम्पर्क राख्नुहुन अनुरोध गर्दछु । हामीलाई जुन माया, बिश्वास गर्नु भएको छ, त्यसका लागि सम्पूर्ण बिद्यार्थी, अभिभावक, शिक्षक-कर्मचारी, सहयोगी÷शुुभचिन्तक समुदाय प्रति हार्दिक आभार प्रकट गर्दछौ र उक्त बिश्वासलाई कायम राख्ने प्रतिबद्घता गर्दछौ । आप्mना मनका धारणाहरु राख्ने अवसर दिनु भएकोमा यस चेष्टा साप्ताहिक प्रति धन्यबाद प्रकट गर्दछु र आगामी दिनमा पनि सोही माया र सद्भावको अपेक्षा गर्दछु ।