पुण्यश्वरी मानन्धर
प्राईमरी ईन्चार्ज
नाईटिङ्गेल एकेडेमी, जनागाल, काभ्रे
१. नाईटिङ्गेल एकेडेमी माविको बारेमा बताईदिनुहोस न ?
गुणस्तरीय शिक्षा र चरित्र निर्माणको उद्देश्य बोकेर वि.सं. २०४६ सालमा स्थापित नाइटिङ्गेल ऐकेडेमी बनेपा १० जनागालमा अवस्थित रहेको छ । यस विद्यालयभित्रको अनुशासनको पक्ष शिक्षा प्रणाली आकर्षणको प्रमुख पक्षको रुपमा रहेको छ । र यसलाई समय र विकासको गतिसँगै अझ गुणस्तरीय बनाउँदै लैजाने हाम्रो प्रयास रहनेछ ।
२. बालबालिकाहरुको लागी कस्तो प्रविधि मार्फत अध्यापन गराईरहनु भएको छ ?
आजको युगमा संचार र प्रविधिको क्षेत्रमा आएको विकासले विश्वलाई सानो गाउँमा परिवर्तन गरेको छ । जसले गर्दा विद्यार्थीहरुलाई यस युगमा स्थापित गराउन नयाँ नयाँ प्रविधि भित्र्याई अध्यापन गराउँदै आएको छ । level wise को कुरा गर्नूपर्दा book base, playway method साथसाथै theme base पनि लागिराखेका छौं जसले गर्दा बालबालिकालाई किताबी ज्ञानको साथसाथै व्यवहारिक र समाजमा घुलमिल हुन सहयोग पु¥याउँछ । त्यसको अलावा सन्दर्भ अनुसार अतिरिक्त क्रियाकलापहरु पनि सिकाइन्छ ।
३. अहिलेको सुचना प्रविधि अनुसार बालबालिकाहरुलाई मल्टी मिडिया मार्फत अध्यापनको लागी विद्यालयलले कसरी ब्यबस्थापन गरिरहेको छ ?
सानासाना बालबालिकाहरु भनेका काँचो माटो जस्तै छन् । त्यसलाई कुन रुपमा र कसरी आकार प्रकार दिने भन्ने कुरा विद्यालयले र शिक्षक शिक्षिकाबाट हुने कुरा हो । आजको य स वैज्ञानिक युगमा विद्यार्थीहरुलाई स्थापित गराउन किताबी ज्ञानले मात्र हुँदैन तसथै विद्यालयमा श्रव्यदृष्य, Midas सरल बनाएको छ । यसबाट बालबालिकाहरुको सिकाईमा प्रत्यक्ष सकारात्मक प्रभाव परेको छ ।
४. नाईटिङ्गेल एकेडेमीमै बालबालिकाहरुलाई अध्यापन गराउनु पर्ने विद्यालयको विषेशता रहेको छ ?
यस विद्यालयमा बालबालिकाहरुलाई अध्यापन गराउनुपर्ने धेरै विशेषताहरु छन् तीमध्ये स्वच्छ, सुन्दर, मायालु वातावरण, उत्कृष्ट शिक्षा, अनुशासन, मैत्रीपूर्ण वातावरण तथा खेलकूदको लागि रमणीय playground भएका कारणले गर्दा पनि प्रायको रोजाईमा यो विद्यालय पर्न सफल भएको छ । त्यतिमात्र नभई स्वास्थ्य सुरक्षाको मध्य नजर राखेर Health Chckup, CCTV को निगरानी र थोरै बजेटले धेरै सेवा, सुविधा दिइरहेका छौं ।
६. तपाई विद्यालयमा कति बर्ष देखी कार्यरत रहनु भएको छ, विद्यालयको सेवा सुविधा प्रति सन्तुष्टि हुनुहुन्छ ?
विगत पाँच वर्षदेखि म यस विद्यालयमा कार्यरत छु । पछिल्लो समयदेखि नै शिक्षण पेशामा लागिपरेकी छु यो पेशामा । म आफैंमा आत्मासन्तुष्टि छु । यस विद्यालयको आफ्नै नीति नियम छ, त्यसलाई पालना गरेर स्वतन्त्रतापूर्वक काम गर्न पाउँदा र यस विद्यालयले दिएको सेवा सुविधा देखि सन्तुष्ट छु ।
७.मन्टेश्वरी विद्यालयका नाममा विकृति भित्रिएको हो, सुधार गर्न के गर्नु पर्ला ?
वास्तावमा अहिले मन्टेश्वरी विद्यालय खोल्न स्थानीय तहबाट नै स्वीकृत पाइने कानूनी प्रावधान छ । यो प्रावधानले मन्टेश्वरी विद्यालय खोल्न सहज भएको छ । तर यसै प्रावधानलार्य टेकेर अस्वस्थ प्रतिस्पर्धा हुनेगरी घरैपिच्छे जस्तो मन्टेश्वरी खुल्ने लहर नै चलेकाले सबै खुलेका विद्यालयहरु प्रतिस्पर्धामा टिक्न गाह्रो हुने भएकोले नियामक निकायले जनसंख्याको अनुपातमा मन्टेश्वरी विद्यालयको नक्सांकन गरी स्वीकृत दिने र बढी भएको ठाउँमा मर्जको नीति ल्याई लागू गरेमा पक्कै पनि यस क्षेत्रमा भित्रिएको विकृति हट्ने सम्भावना छ ।
८ मन्टेश्वरीका बालबालिकाहरुका लागी भावि योजना के रहेको छ ?
मन्टेश्वरी विद्यालयमा आउने बालबालिका उमेरको दृष्टिकोणले अत्यन्त कलिला हुन्छन् । उनीहरुलाई विद्यालयमा घरको जस्तो वातावरण दिने प्रयासमा हाम्रो विद्यालय लागिपरेको छ । भविष्यमा बालबालिकालाई हाम्रो विद्यालयप्रति आकर्षित गराउन सूचना प्रविधिको प्रयोगमा वृद्धि, बाल उद्यानको व्यवस्था, खेल मैदानलाई व्यवस्थित बनाई बालबालिका अनुकूल बनाउने स्थानीय पर्वका अवसरमा बालबालिकाका अभिभावकसँग सामूहिक बनाउने व्यवस्था गरी बालबालिकालाई सानैदेखि आफ्नो सँस्कृति बारे जानकारी गराउने जस्ता कार्यक्रम विद्यालयको भावी योजनाको रुपमा रहेको छ ।
९. अन्त्यमा पत्रिका मार्फत अभिभावक, विद्यार्थीहरुलाइ के भन्न चाहानुहुन्छ ?
अन्तमा अभिभावकहरुलाई आफ्ना बालबालिकाहरुलाई विद्यालय भर्ना गर्दा विज्ञापनको पछि नलागी विद्यालयको भौतिक, शैक्षिक, गुणस्तरता लगायतका अवस्था बुझेर मात्र निर्णय लिनुहुन म अनुरोध गर्दछु । आफ्ना कलिला नानीबाबुहरुको भविष्यको गोरेटो कोर्ने स्थलका रुपमा मन्टेश्वरी विद्यालय रहने भएकोले सहि विद्यालयको छनौट गर्ने कुरामा अभिभावकज्यूहरुलाई सचेत रहन पनि म अनुरोध गर्दछु ।









