2025 January 19/ 06:08: 48am

    केही समय अगाडि मात्र बोलिरहेको प्रह्लाद शान्त भएर भूईमा लडेपछि लास बनेको थियो । मैले पहिला लासलाई बाहिर निकाल्ने उपायहरु खोज्न थाले । तर बाहिर निस्कने एउटा मात्र गेट भएको, छ फिट अग्लो लोग्ने मान्छेलाई म महिलाले कसरी लान सकिन्छ भनेर उपाय सोच्न र खोज्न थाले । उपाय खोज्दा खोज्दै रात बित्यो । दोस्रो दिन लासबाट एकप्रकारको गन्ध आउन थाल्यो । ल्यापटपबाट यु–ट्युबमा क्राईम पेट्रोल, सावधान इण्डिया, क्राईम फाइल्स सिरियलहरु हेर्दै उपायहरु खोज्न थाले । अनि एउटा सिरियलमा हत्याराले लास तह लगाउन गरेको उपायको अनुसरण गर्ने अठोट गरेपछि बल्ल एक निन्द्रा सुत्न सके । 
    भोलिपल्ट न्युरोडको आकाश ईम्पोरियमबाट दुईवटा हेभी ड्युटी मिक्सर ग्रेन्डर किने । त्यसपछि सेन्चुरी ट्रेडर्स, खिचापोखरीबाट फ्रिजर किनेर दुई–तीन बजे भित्र डेलिभरी गर्ने सम्झौता गरे अनि एउटा ठूलो व्ह्लि भएको आईस बक्स किनेर गाडीमा राखे । नजिकै भएको युनिभर्सल हार्डवेयरबाट मार्बल कटर र भूईमा ओच्छाउन तीन थान प्लास्टिक सिट किने । अनि त्यहीँ नजिकै रहेको प्लास्टिकको झोला पाउने ठाँउबाट चार बाकस ठूलो साईजको प्लास्टिकको झोला किने । अनि त्यहीँबाट बालाजु गएर बरफका क्युबहरु किनेर ल्याए । चार बजेतिर फ्रिजर ल्याएपछि किनेको बरफ फ्रिजरमा राखेर फेरी बालाजु गएर अझै बरफ किनेर ल्याए । लासलाई फ्रिजरमा राख्ने उपाय खोज्न थाले । सिङ्गो लास राख्न गाह्रो भए पछि मार्बल कटरले काट्न थाले । त्यसको आवाज मार्न म्युजिकको आवाज ठूलो पारे । लासलाई फ्रिजरमा राखेर कोठा र भूई सबैतिर राम्ररी पुछपाछ गरी सफाई गरेपछि भोक र थकाईले गर्दा सोफामै निदाएँ ।
    निन्द्रा खुल्दा रातपरी सकेको रहेछ । रगताम्य भएको प्लास्टिक सिटलाई पोको पारेर बाहिर निस्के । मोटरबाट सुरक्षित फाल्ने ठाँउ खोज्दै मनहरा पुगे । त्यहाँ प्लास्टिक सिट फालेर नजिकैको रेष्टुरेन्टमा गएर खाना अर्डर गरेर घर फर्के । त्यसदिन थकाईले गर्दा चाडै निन्द्रा लाग्यो । भोलिपल्ट देखि मेरो दैनिकी भनेको दिउँसो शरीरलाई काटेर मिक्सरमा ग्राईण्ड गरेर प्लास्टिकको झोलामा राखेर रात परेपछि काठमाडौंको खोला नाला खोज्दै फाल्ने काम गर्न थाले । तीनदिन अघि मात्र सबै काम सिध्याएर बैंकक जान तीन दिन पछिको टिकट बुक गरेर आएँ । बैंककबाट अमेरिकाको भीसा ट्राई गर्ने बिचार थियो । अमेरिका जाने सपना यसपटक पनि पूरा भएन । 
    यसरी बयान सुनिरहँदा पनि आङ जिरिङ्ग जिरिङ्ग भई रहन्थ्यो । सिङ्गापुर र भारतमा गएर लिएको तालिममा अपराधीले लास तह लगाउन विभिन्न माध्यमहरु मध्ये यसबारे पनि जानकारी गराईएको सम्झन्छु । तर त्यस्तै प्रकारको वारदातको अनुसन्धानमा आफु पर्ने छु भन्ने सोचेको थिईन् । पहिलोपटक निवेदिताको अपार्टमेन्टमा आउँदा त्यो फ्रिजरले ध्यानाकर्षण गरेको थियो । दुईवटा साना कोठा, दुईवटा बाथरुम अनि किचनसँगै रहेको डाईनिङ्ग र लिभिङ्ग रुममा रहेको अपार्टमेन्टमा फ्रिजर अनावश्यक देखिएको थियो । एकजना मात्र बस्ने घरमा साधारण फ्रिज बाहेक पनि ठुलो फ्रिजर, तीनवटा ग्राईण्डर मिक्चर हुनुले पनि शङ्का उब्जाएको थियो । भित्तामा रहेको फोटोमा फ्रिजर नदेखिनु जस्ता कुराले मेरो शङ्का निवेदिताप्रति बढ्दै गएको थियो । त्यसैले मैले फोरनसिक टोलीलाई पनि बोलाएको थिएँ । निवेदिताले किनेको मार्बल कटर कतै नदेखिएपछि प्रश्न गर्दा मार्बल कटर र बाँकी रहेका प्लास्टिकका झोला फाली सकेको अनि फ्रिजर र मिक्चरलाई बेच्न हाम्रो बजार डट कममा राखेको जानकारी पायौं । अनुसन्धानका लागि बोलाइएका फोरनसिक टोली र ईन्सपेक्टरसँग दुई प्रहरीलाई त्यहाँबाट सबुतप्रमाणहरु जम्मा गर्न अहएर निवेदितालाई लिएर हामी निस्कियौं । त्यहीँबाट मैले कार्यालयमा फोन गरेर फोटोग्राफर पठाई दिन अनुरोध गरे । अनि कोठा छोड्न अघि प्रमुखलाई फोन गरेर मिसन सफल भएको जानकारी दिए पछि सफलताका लागि धन्यवाद पायौं ।
    पुतली सडकबाट हिंडेर जाँदा गन्तव्य पुग्न आधा घण्टा लाग्ने भएकोले समय बिताउन मैले उनलाई प्रश्न गरे । तिमीले यो नाम सुनेका छौ ? उसले छैन भन्यो । प्रति प्रश्न पनि गरे । किन ? मैले भने अहिलेको भारतको विहार राज्यमा कुनै समयमा वैशाली नामको एक नगर थियो । जुन लिच्छवी वंशीय राजाहरूको राजधानी थियो । त्यस शहरमा एउटा अनौठो चलन थियो । त्यस नगरका अति सुन्दर युवतीहरूले विवाह गर्न नपाउने र ‘नगरवधु’ भएर बस्नु पर्ने हुन्थ्यो । आफ्नो सुन्दरताको आनन्द विवाह गरेर कुनै एक युवकलाई मात्र दिनुको सट्टा सहस्रलाई दिनुपर्ने हुन्थ्यो । मैले थपें, एक दिन वैशालीका राजा मनुदेवले आफ्नो नगरकी एक ज्यादै सुन्दरी युवतीलाई कतै नृत्य गरि रहेको अवस्थामा देखे । ती युवतीको उत्कृष्ट सुन्दरता देखेर उनमा काम भावना नियन्त्रण गर्न नसकिने गरी तत्काल जागृत भएर आयो । मनुदेवले मन थाम्न सकेनन् र कामातुर भए । आफ्नो इच्छा पूरा गर्ने उनले ती युवतीलाई त्यस राज्यको परम्परा अनुसार वैशालीकी नगरवधू घोषणा गरिदिए । त्यस्तो घोषणा गर्ने अधिकार राजासँग मात्र हुन्थ्यो । त्यो घोषणाले मनुदेवलाई ती अति सुन्दर युवतीको शरीर प्रयोग गर्न सजिलो भयो । ती युवतीको शरीर सजिलै र नियमित किसिमले प्रयोग गर्न मनुदेवले अर्काै जुक्ति पनि निकाले । उनले ती युवतीलाई वैशाली जनपद कल्याणी पद दिएर सम्मानित पनि गरे । वैशालीको नगरवधू र वैशाली जनपद कल्याणी हुने मौका स्वेच्छा वा बाध्यताले पाउने व्यक्ति थिइन उनी । वैशाली जनपद कल्याणी सम्मान त्यस राज्यको अति सुन्दर एवं मेधावी युवतीलाई दिने गरिन्थ्यो । वैशाली जनपद कल्याणीको पदावधि सात वर्षको हुन्थ्यो । जनपद कल्याणी हुने बितिक्कै त्यो युवतीको लागि विवाहको ढोका सदाको लागि बन्द हुन्थ्यो तर इच्छा गरेको जुन सुकै पुरुषसँग सहबास गर्न भने पूर्ण स्वतन्त्रता हुन्थ्यो । कल्याणीको पद मन्त्री सरहको हुन्थ्यो । कल्याणीहरूको प्रशासनिक कार्यमा संलग्नता हुन्थेन । तर राजाको नजिक भएको हुनाले वैशाली जनपद कल्याणीहरू अति शक्तिशाली हुन्थे । राजाले अति प्रेम गरेर ‘राज नर्तिकी’ पनि बनाएका थिए । बत्तिस लक्षणले युक्त उनको सुन्दरताको चर्चा अनेक राष्ट्रहरूमा समेत पुगेको थियो । हरेक पुरुष उनीसँग एकरात बिताउन अति लालायित हुन्थे । उनका लागि ज्यान नै फाल्न तयार हुन्थे । पुरुषहरू जम्मा हुना साथ उनको नै चर्चा हुन्थ्यो । उनिसँग एक रात बिताएको पचास कर्षा पानस (त्यसबेलाको मुद्रा) भुक्तान गर्नु पर्दग्थ्यो । पचास कर्षापानस त्यसबेलाको ज्यादै ठूलो रकम मानिन्थ्यो । उनिसम्म पुग्न ठूलो धनराशी खर्च गर्नुपर्ने भएकोले गरिब पुरुषहरू पुग्नु एक सपनाको कुरा मात्र हुन्थ्यो । देश विदेशबाट अति धनाढ्यहरू एक रात मात्र बिताउन पाए हुन्थ्यो भन्ने लालसाले लामो यात्रा पार गरेर आउँथे । कठिन बाटोको जोखिम पनि उठाउँथे । ‘नगरवधू’बाट उनले पैसा र ख्याति दुबै ठूलो मात्रामा आर्जन गरेकी थिईन । उनको सम्पत्ति उनका समकालीन केही राजाहरू भन्दा निकै बढी थियो ।
    मेरो यो असान्दर्भिक विषयले उनलाई मेरो कुरा प्रति आकर्षित गर्न सकेन । त्यस्तो मैले अनुमान गरे । मैले उनलाई कुनै प्रश्न राख्नु पूर्व नै, उनले नै प्रश्न गरे । ठूलो बा, आर्थिक सहयोग माग्न इन्द्रचोक स्थित ‘प्रेमा ट्रष्ट’ जान थालेको होइन र ? मैले, हो भने । अँ साँच्चै मैले एउटा कुरा पहिले नै भन्नुपर्ने थियो । त्यो के भने हाम्रो टोलका एक अति निर्धन मजदूर क्यान्सरले थलिएकोले उनको उपचारको लागि चन्दा संकलन गर्न हिंडेका थियौ । प्रेमा ट्रष्टमा पुगरे राम्रो रकम चन्दाको रूपमा पाउने विश्वास थियो । क्यान्सर पीडितहरूलाई सहयोग गर्न नै प्रेमा ट्रष्टको स्थापना भएको थियो । काठमाडौ मात्र होइन, नेपाल भरिका गरिब क्यान्सर पीडितहरूलाई सहयोग गर्नमा प्रेमा ट्रष्टले राम्रो ख्याति आर्जन गरेको थियो । प्रेमा ट्रष्टकी अध्यक्ष प्रेमा राणा थिईन् । प्रेमा ट्रस्टको कार्यालय इन्द्रचोकमा थियो । यसरी इन्द्रचोक हाम्रो गन्तव्य हुन पुगेको थियो ।
    हामी प्रेमा ट्रस्ट जान थालेको हो ? उनले सोधे । भर्खरका नवयुवक म भन्दा चालिस पैतालिस वर्षले कान्छो उमेरका थिए । उनलाई यौनका बारेमा मसँग कुरा गर्न अप्ठ्यारो लागेको मैले सहजै अनुमान गरे । तिमीले गिताका नाम सुनेका छौ ? मैले प्रसंग बदले । छैन सुनेको, ठूलो बा । आश्चर्य मान्दै प्रश्न गरे, नाम नै सुनेको छैनौ ? तिमी युवकहरूको माझ पनि उनको चर्चा हुँदैन ? उसले भन्यो हुँदैन । उनीसँग एक रात बिताउन पुरुषहरू एक लाख सम्म तिर्न तयार हुन्छन् । प्रायः कारमा हिंड्छिन् । तर पनि उनी कारबाट निस्केर यता उता घुमफिर गर्दा उनलाई हेर्न पुरुषहरू पथ्थर झै स्थिर हुन पुग्छन । एक पटक एकटकले हेर्न पाएकोमा आफूलाई भाग्यशाली ठान्छन् । गरिब पुरुषहरूले उनलाई हेरेर नै काम तृप्त भएको अनुभव गर्छन भने धनीहरूले लाखौ भुक्तान गरेर त्यो तुप्ति पाउँछन् । 
    प्रसंग परिवर्तन गर्ने आभिप्रायले प्रश्न गरें । प्रेमा ट्रष्टमा, प्रेमा मेडमसँग भेट होला, ठूलो बा ? मैले भने, अवश्य हुन्छ । चिन्ता नगर, अवश्य पनि भेट हुन्छ । मेरो उनीसँग राम्रो सम्पर्क छ । कलेजमा मैले उनलाई पढाएको पनि हो । हामी बीच अन्तरंग सम्बन्ध छ । आज शनिवार हो । प्रेमा ट्रष्टमा न त कर्मचारीहरू हुने छन, न त चन्दा माग्न आउनेहरू नै । न त अरू कामले आउनेहरू नै हुने छन । प्रेमाको काठमाडौको राम्रो ठाउँमा अनेका घरहरू छन । निकै सम्पत्तिबाल हुन उनी । निर्धारित समयामा नै हामी प्रेमा ट्रष्ट पुगौ । प्रेमा हाम्रो स्वागतमा कार्यालयको अगाडि उभिएर हाम्रो प्रतीक्षारत भएको देख्दा हामी औधी खुसी भयौ ।
    प्रेमा र हामी वीच करिब आधा घण्टा कुराकानी भयो । हामी निस्किने बेला प्रेमाले नोटको एक ठेली मेरो हातमा राख्दै भनिन्, ‘अहिलेलई एक लाख पचास हजार रुपैंया छ । पछि चाहिए भने सके जति दिउँला । तर त्यो युवकको क्यान्सरको उपचार हुनमा कुनै कसर बाँकी चाहिं हुनु हुदैन, है सर । मैले भने, ढुक्क हुनुहोस् । त्यो युवकको इलाज हुन्छ । म स्वयं पनि तपाइँ जस्तै एक समाजसेवी हो । म पनि उत्तिकै चिन्तित छु । त्यो युवकको स्वास्थ्यप्रतिको चिन्ताले नै मलाई तपाइँसमक्ष पु¥याएको हो । बाटोमा मलाई उनले प्रश्न गरे । ठूलो बा, प्रेमा मेडम त निकै राम्री रहिछन । उनको उमेर कति होला ? अहिले पनि बिस पच्चीस वर्षको जस्तो देखिन्छिन् त, प्रेमा मेडम । मैले हाँस्दै भने, तिमी पनि प्रेमाको रूपमा मोहित भयौ ? एउटा गोप्य कुरा कसैलाई पनि न भन्नु है । मैले भने, समाजसेवी प्रेमा माड्म र गिता एकै व्यक्ति हुन ।  अलग अलग होइनन । प्रश्नले भरिएको आँखाले मलाई हेरे ।
    रावणको दस वटा टाउको थियो । जीव विज्ञानको हिसाबले कुनै पनि मानिसको दस वटा टाउको हुनु सम्भव छ ? मैले थपे, त्यसबेला कुनै व्यक्तिको व्यक्तित्व वर्णनन गर्न अक्षरको विकास नभएकोले ढुंगामा चित्र कोरेर व्यक्तिको व्यक्तित्व वर्णन गरिन्थ्यो । रावणमा पनि दसौं किसिमका व्यक्तित्व थिए, होलान् । मैले भन्ने क्रम जारि नै राखे, गीताका पनि रावणझै अनेक टाउको हुन सक्छ । मेरो कुरा सुनेर उ आश्चर्य चकित भए झै लाग्यो । मेरो पनि रावणको झै दस वटा टाउको छ कि गरी उसले मलाई हेरेको जस्तो लाग्यो । 
    उसले पटक पटक मलाई बलात्कार ग¥यो । धैरे पटक आफ्नो घरमा लगेर ग¥यो । केही पटक मेरो घरमा । अनि होटलमा पनि । कहिले फकाएर कहिले तर्साएर । कहिले बिहे गर्छु भनेर कहिले मेरो र उसको नग्न तस्वीहरू सोसल मेडियामा पोस्ट गरि दिन्छु भनेर । त्यहि कारण मैले उसको हत्या गरें । हत्या गर्न बाध्य भएँ । हत्या पछिको अवस्थालाई मिलाउन प्रयत्न गरें । अन्तत पाप धुरीबाट करायो । म पक्राउ परें । तर आत्माले शान्ति पाएको छ । 

मोनिका शर्मा
केन्द्रिय कारागार