2026 May 16/ 06:17: 37am

    नेपालमा कम्युनिष्ट सरकारको इतिहास धेरै लामो छैन। प्रथम कम्युनिष्ट प्रधानमन्त्री मनमोहन अधिकारी नेतृत्वको सरकारले गरेका लोकप्रिय निर्णयका कारण आजसम्म पनि कम्युनिष्टहरु प्रतिको सकारात्मक धारणा बनाउनेहरुको कमी छैन। त्यसको एउटै उदाहरण हो जेष्ठ नागरिक प्रतिको सम्मान। कम्युनिष्ट सत्तामा आए भने जेष्ठ नागरिक, महिला तथा बालबालिकाहरु प्रति गरिने ब्यवहार कठोर हुन्छ भन्ने भ्रम फिजाउँदै सत्ताको स्वाद चाख्नेहरुलाई मनमोहन अधिकारी नेतृत्वको सरकारले ध्वस्त बनाई दियो। २०५४ सालमा स्थानीय निकायमा नेकपा एमालेको लोकप्रियताले मुलुकभर विकासका रेखा कोरिन थाले। त्यहि वर्ष ल्याईएको ‘आफ्नो गाउँ आफै बनाउँ’ भन्ने अभियानले नेकपा एमालेलाई मात्रै हैन पछि भनेका अनेक सरकार गाउँको विकासका लागि बजेट विनियोजन गर्न र जेष्ठ नागरिकलाई उपलब्ध गराईने सामाजिक सुरक्षा भत्ता कटौती गर्न सकेनन्। त्यसकै जगमा स्थापित नेपालका कम्युनिष्ट सरकार र तिनले गरेका कामका बारेमा सबै नागरिक जानकार नै छैन। 
    अहिले पार्टी भित्र बेकारको विवाद गरिदै छ। केपी ओली नेतृत्वको सरकारले लिएको ‘सुखी नेपाली समृद्ध नेपाल’ निर्माणको सपना साकार बनाउन सबै एकजुट हुनुपर्ने बेला लोकलाज नमानी एकले अर्काेलाई सिध्याउने, नेताहरु नै पार्टी अनुशासन विपरीत बोल्दै हिड्ने, पार्टी एकीकरणको काम छाडी आफ्नै नेतृत्वको सरकार ढाल्ने प्रयासमा जुटेका छन्। केपी ओली नेतृत्वको सरकारले गरेका सबै काम जनप्रिय हुन सकेनन् होला तर नेपाली कांग्रेसले शुरु गरेको अलोकप्रिय कामका कारण बर्बादी हुन लागेको देशलाई सहि बाटोमा हिडाउने प्रयत्न शुरु गरेको छ। सुनकाण्डका तस्करहरुलाई पक्राउ गरिएको छ। १२ वर्ष अघि जिउँदै भट्टामा नागरिक जलाउने कुख्यात अपराधी जो सधै सत्ताको संरक्षणमा थिए उनिहरुलाई जेल हालिएको छ। विकास र समृद्धको आधार शुरु भएको छ। विकासको जग बसेको छ। जग बसाल्ने काम अहिले एक चरण अघि बढेको छ। जताततै विकास शुरु भएको छ । तर पनि पार्टीका नेताहरुलाई यो पच्न सकेको छैन। सरकारले ल्याएको अध्यादेशका कारण मुलुक तरंगित भयो। यसका पक्ष विपक्षमा बहस पनि भए। संसद् नचलेका बेला ल्याउने अध्यादेश नै हो। त्यसको औचित्य थिएन भने त्यसलाई पास नगरे विवाद सकिहाल्थ्यो। त्यो पनि भएन सरकारले फिर्ता लिईसकेको अवस्था छ। मधेशवादी दलहरु जो जहिल्यै अस्थीरता चाहन्छन् उनिहरुको विषयमा उचालिएका धेरै विषयले मुलुकलाई दुई तिहाईको बहुमत प्राप्त राजनीतिक दलहरुले कता लैजादै छन् भन्ने कुराको शसय पक्कै गराएको छ। 
    सरकारको नेतृत्वका बारेमा उठेका सवालहरु बेकाम हुन्। सरकारलाई सहयोग गरी मुलुकमा कोरोना भाईरस विरुद्ध लड्ने बेला सत्ताको फोहोरी खेलमा डुबेका नेताहरुलाई जनताले माफ दिने छैनन्। सरकारलाई सहयोग गरांै, उसले लिएका लक्ष्यहरु पूरा गरौं। पार्टीले गर्ने हरेक निर्णयहरु सरकारले कार्यान्वयन गर्ने र मुलुकलाई अगाडि बढाउन केपी ओलीको विकल्प केपी ओली नै हो। अहिले विवाद गर्नु बेकार हो।