2026 November 07/ 01:00: 04am

           मण्डनदेउपुर/जिल्ला सहकारी संघ लि. (डिस्कोफ) काभ्रेको आयोजना, श्री पञ्चकन्या महिला विकास बहुउद्देश्यीय सहकारी संस्था लि.को सह–आयोजना तथा रेयुकाई मासुनागा आँखा अस्पताल, बनेपाको प्राविधिक सहयोगमा एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ । 
         आँखा स्वास्थ्य सम्बन्धी समस्या समयमै पहिचान गरी आवश्यक उपचार तथा परामर्श सेवा प्रदान गर्ने उद्देश्यले आयोजित शिविरमा सहभागीहरूको आँखा परीक्षण गरिएको थियो । जिल्ला सहकारी संघ लि. काभ्रे र रेयुकाई मासुनागा आँखा अस्पतालबीच भएको सम्झौता अनुसार शिविरमा परीक्षण गर्दा मोतिबिन्दु पहिचान भएका बिरामीहरूको निःशुल्क शल्यक्रिया गरिनेछ । शिविरमा जिल्ला सहकारी संघ लि. काभ्रेका का. मु प्रमुख कार्यकारी अधिकृत सुजित श्रेष्ठले सहकारी अभियानको उद्देश्य आर्थिक कारोबार र सदस्यहरूको हितमा मात्र सीमित नरहेको बताए । श्रेष्ठले सहकारी क्षेत्रले समुदायको आवश्यकता पहिचान गरी स्वास्थ्य, शिक्षा र सामाजिक विकासका क्षेत्रमा समेत सक्रिय भूमिका निर्वाह गर्नुपर्ने बताए । शिविरमा १ सय ५० जनाले आखाँ परिक्षण गराएका थिए । 
        जिल्ला सहकारी संघ लि. काभ्रेले आगामी दिनमा पनि सदस्य सहकारी संस्थाहरूसँगको साझेदारीमा समुदायको आवश्यकता अनुरूप सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ । स्थानीय नागरिकलाई लक्षित उक्त कार्यक्रमले स्वास्थ्य सचेतना बढाउनुका साथै रोगको समयमै पहिचान र उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।