2026 November 07/ 12:09: 11am

          बनेपा/श्री श्वेत गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २० औँ वार्षिक साधारण सभा तथा अधिवेशन सम्पन्न भएको छ ।
       बनेपा नगरपालिका–८ मा अवस्थित यस संस्थाको साधारण सभा नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको हो । २०६४ सालमा स्थापना भएको संस्थाले आफ्ना शेयर सदस्यहरूको सहभागितामा नियमित एजेण्डामाथि छलफल गर्दै वार्षिक प्रगति प्रतिवेदन तथा आर्थिक विवरण प्रस्तुत गरिएको थियो । साधारण सभामा संस्थाको विगतको प्रगति समीक्षा, आगामी कार्ययोजना तथा सहकारीको संस्थागत विकासका विषयमा छलफल भएको छ । सहभागीहरुले संस्थाको निरन्तर प्रगति, पारदर्शिता र शेयर सदस्यहरूको आर्थिक तथा सामाजिक समृद्धिको क्षेत्रमा निरन्तर कार्य गर्न सुझाव दिएका छन् । यसैबिच आज नै संस्थाको नयाँ नेतृत्व चयन गरिएको छ ।
       अध्यक्षमा त्रिरत्न मानन्धर चयन भएका छन् भने सचिवमा दिपेन्द्र बहादुर विष्ट सर्वसम्मत निर्वाचित भएका छन् । कोषाध्यक्षमा महेन्द्र विष्ट, सदस्यमा मिना मानन्धर, अर्जुन थापा, तीर्थराज अधिकारी, रमेश खत्री र धर्मभक्त मानन्धर चयन भएका छन् । लेखा सुपरिवेक्षण समिति संयोजकमा कमल श्रेष्ठ र सदस्यमा रामसुन्दर भट्टराई र चन्द्रमान मानन्धर निर्वाचित भएका छन् ।