2026 September 11/ 04:32: 22pm

          बनेपा/एक्सप्रेस बचत तथा ऋण सहकारी संस्थाले १८ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस मनाएको छ । संस्थाका अध्यक्ष ईश्वर के.सी.को अध्यक्षतामा स्म्पन्न कार्यक्रममा संचालक समिति, लेखा तथा सुपरिवेक्षण समिति तथा विभिन्न उपसमितिहरु, सदस्य तथा कर्मचारीहरुको सहभागिता रहेको थियो । 
संस्थाका सचिव प्रमेश कुमार बैद्यद्धारा संचालित कार्यक्रममा १८ औं बार्षिक साधारणसभा तथा स्थापना दिवस सम्पन्न भएको थियो । एकिकरण पश्चात आयोजित साधारणसभाबाट ईश्वर के.सी.को अध्यक्षतामा ७ सदस्यीय संचालक समिति निर्विरोध चयन भएको छ । समितिमा अध्यक्ष ईश्वर केसी., उपाध्यक्ष शर्मिला तिमल्सिना, सचिव  इन्द्रकुमार थापा, कोषाध्यक्ष प्रेमकुमार लामा रहेका छन् ।सदस्यहरुमा क्रमश प्रमेश कुमार बैद्य, दिपेश लम्साल, उदय प्रकाश गिरी रहेका छन् । त्यस्तै पशुपति लामाको संयोजकत्वमा ३ सदस्यीय लेखा तथा सुपरिवेक्षण समिति गठन भएको छ । समितिमा सदस्यहरु पुजन श्रेष्ठ र सत्यमान लामा छन् । अधिवक्ता तथा निर्वाचन समितिका संयोजक कमलप्रसाद तिमल्सिनाले निर्वाचित समितिलाई बधाई तथा शुभकामना ब्यक्त गरेका थिए । 
                 नव निर्वाचित अध्यक्ष ईश्वर के.सी.ले अबका दिनमा अझै प्रवाभकारी रुपमा ऐन–नियम र विनियमको परिधीमा रहि स्तरीय र दिगो संस्थाको रुपमा सदस्यहरुलाई केन्द्रमा राखी पूर्ण जिम्मेवारी र जवाफदेहिताका साथ सदस्य माझमा कार्य गर्ने प्रतिबद्धता जनाउँदै सदस्यहरुलाई प्रविधी मैत्री सेवामा प्राथमिकता दिने बताए । संस्थाले आ.व.को अन्त्यसम्म सदस्यहरुको विश्वास र कारोबारलाई स्थिरता कायम गर्न सक्षम भएको उनले बताए । संस्थाको सम्पत्ति तथा दायित्व १७ करोड ७३ लाख ९९ हजार ८२८ रहेको छ । संस्थामा शेयर पूँजी १ करोड ७७ लाख ७४ हजार ६०० रहेको छ । पल्र्स रिपोर्ट अनुसार संस्थामा ३८.९४% तरलता ब्यबस्थापन रहेको छ । संस्थाले खुद बचत नाफा ४२ लाख ४३ हजार ३७३।१३ गरेको छ । संस्थाले जगेडा १४.११ प्रतिशत सहित कुल प्राथमिक पूँजीकोष २४.१३ प्रतिशत निर्माण गर्न संक्षम भएको छ । संस्थाले आ.व. २०८२÷०८३ मा विभिन्न शिर्षक मार्फत राज्यकोषलाई ९,१३,६३२।५० बराबरको कर योगदान गरेको छ । एक्सप्रेस साकोसले स्थानीय संस्थाको रुपमा आफ्ना सदस्यहरुको माझमा कारोबारको दृष्ट्रिकोणले विश्वास र सद्भावको वातावरण सृजना गरि सरल, सबल र सुरक्षित सहकारी संस्थाको रुपमा परिचय बनाउँन आ–आफ्नो तर्फबाट योगदान र भूमिका निभाउनु हुने सम्पूर्ण सदस्यहरु प्रति संस्थाका प्रमुख कार्यकारी अधिकृत अरुण थापाले कृतज्ञता ब्यक्त गरे ।