धुलिखेल/अटल पाँचकुण्ड बचत तथा ऋण सहकारी संस्थाको १० औँ वार्षिक साधारण सभा संस्थाका अध्यक्ष कमल बहादुर रायको सभापतित्व तथा संस्थाका सदस्य एवं समाजसेवी रामप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । कार्यक्रममा संस्थाका उपाध्यक्ष जनक तिमल्सिनाले स्वागत मन्तब्य राखेका थिए । संस्थाका निवर्तमान अध्यक्ष दिपक प्रसाद दाहाल, धुलिखेल नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष उत्तम प्रसाद तिमल्सिना लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा संस्थाको वार्षिक प्रगती प्रतिबेदन (प्रशासनिक) संस्थाका सचिव जयराम कुइँकेलले वित्तिय विवरण कोषाध्यक्ष भरत बहादुर के.सी. खत्रीले प्रस्तुत गरेका थिए ।
त्यसैगरी लेखा सुपरीवेक्षण समितिको प्रतिबेदन विष्णुप्रसाद शर्मालेले सुझाव सहितको प्रतिवेदन प्रस्तुत गरेका थिए । साधारण सभाकै अवसरमा उत्कृष्ट बचतकर्ता (महिला र पुरुष), उत्कृष्ट ऋणी सदस्य (महिला र पुरुष), उत्कृष्ट बाल बचतकर्ता र उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो । सोही अवसरमा २०८२ सालमा कक्षा १२ उत्तिर्ण हुनुभएका संस्थामा आबद्ध भाइबहिनीहरुलाई सम्मान गरिएको थियो ।









