2026 May 16/ 06:24: 10am

    बनेपा/नेपाल क्योकुशिन–सेईसिन काईकान कराँते संघ, बनेपाको आयोजनामा संचालन भएको बेल्ट प्रमोशन टेष्ट कार्यक्रम केन्द्रिय अध्यक्ष अशोक श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
    कार्यक्रममा बोल्दै संघका केन्द्रिय अध्यक्ष तथा नेपाल चिफ सिहान अशोक कुमार श्रेष्ठले कराँते स्वास्थ्यका लागि मात्र नभई आजको परिस्थितीमा देशमा जुन महिला हिंसा तथा बलात्कारका घटनाहरु दिनानु दिन बढिरहेकाले सोको रोकथामको लागि आत्मसुरक्षाको कलाले महत्वपूर्ण भुमिका निर्वाह गर्ने बताएका थिए । बेल्ट प्रमोशनका लागि ४७ खेलाडीहरु सहभागी रहेको थियो । कार्यक्रममा जिल्ला अध्यक्ष राजु रत्न शाक्य, काभ्रेका ब्रन्च रहदेब पोटे, डोजो ब्रान्च तुल्सीराम श्रेष्ठ लगाएतले खेलका बारेमा मन्तब्य राखेका थिए । कार्यक्रम सञ्चालन सचिब हरिगोपाल मानन्धरले गरेका थिए ।