2026 May 16/ 06:24: 12am

    धुलिखेल/धुलिखेल नगरपालिका वडा नम्बर २ ले शुभ दिपावली, नेपाल सम्वत, छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान, सांस्कृतिक कार्यक्रम र चियापान कार्यक्रमको आयोजना गरेको छ । 
    अध्यक्ष अर्जुन न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरु, राष्ट्रिय स्तरका कलाकारहरु, धुलिखेल नगरपालिका उपप्रमुख विमला शर्मा, वडा अध्यक्षहरु विष्णु काभ्रेली, नेपाल पत्रकार महासंघ काभ्रेका अध्यक्ष मोतीराम तिमल्सिना लगायतको सहभागिता रहेको थियो ।