बेथान्चोक/लक्जमबर्गका राजकुमार लुइस नेपाल भ्रमणका क्रममा काभ्रेपलाञ्चोकको बेथान्चोक गाउँपालिका भ्रमण गरेर फर्किएका छन् ।
बेथान्चोकमा एईआईएनको साझेदार संस्था एआरडीद्वारा सञ्चालित शिक्षा, सामुदायिक कृषि र महिला आर्थिक सशक्तिकरणसम्बन्धी गतिविधिहरूको राजकुमार लुइसले स्थलगत अवलोकन गरेका थिए । अवलोकनका क्रममा बेथान्चोक गाउँपालिकाका जनप्रतिनिधिहरूसँग शिष्टाचार भेटघाट गरेका थिए । गाउँपालिका अध्यक्ष भगवान अधिकारी, उपाध्यक्ष तारा राना तिमल्सिनाले प्राप्त सहयोगले भएका उपलब्धी र आगामी दिनका लागि बेथान्चोकमा गर्न सकिने सहयोग एआरडी मार्फत, सरकारी निकाय मार्फत वा अन्य माध्यमबाट भए पनि उपलब्ध गराउन अनुरोध गरेका थिए । उनले राजकुमार लुईसलाई धन्यवाद दिदै फेरी पनि भ्रमण गर्न र अन्य नागरिकहरुलाई पनि नेपाल र बेथान्चोक भ्रमणका लागि निम्तो दिए ।
उनले स्थानीय पार्वती माध्यमिक विद्यालयको भ्रमण गरी विद्यालयमा सञ्चालित ‘म्याग्रिड’ सिकाई कार्यक्रम, प्रारम्भिक बाल विकास केन्द्र तथा खुला पुस्तकालयको अवलोकन गर्दै विद्यार्थी र शिक्षकहरूसँग अन्तक्र्रिया गरेका थिए । विद्यार्थीहरुको सिकाई अभिबृद्धी तथा उनिहरुको सहजताका लागि छलफल भएको थियो । त्यस्तै कृषि क्षेत्रमा भएको उपलब्धी तथा उत्पादन अवस्था र जलवायु परिवर्तनले पारेको असर र परियोजनाको सहजताका बारेमा बताईएको थियो ।
लक्जमबर्गस्थित संस्था एईआईएनको सहयोगमा सञ्चालित परियोजनाहरूको अवलोकनका लागि १६ देखि २२ नोभेम्बर २०२६ सम्म तय भएको थियो । बेथान्चोकमा राजकुमार लुईसलाई स्थानीयले भब्य स्वागत गरेका थिए । राजकुमार लुइसले कृषि सिकाइ केन्द्रमा भइरहेका अर्गानिक खेती, सिँचाइ, पानी तान्ने प्रविधि तथा सामुदायिक बीउ बैंकको अवलोकन गरेका थिए । स्थानीय महिला कृषक समूह र सहकारीका सदस्यहरूसँग आम्दानी, बचत, ऋण तथा घरायसी आर्थिक सुरक्षाका विषयमा छलफल गरेका थिए । सोमबार कार्तिक ३० गते (१६ नोभेम्बर) काठमाडौँ आइपुगेका राजकुमार लुइसले बेथान्चोकसहित तराईको सर्लाही तथा सुर्खेतमा सञ्चालित एईआईएन समर्थित विभिन्न सामुदायिक परियोजनाहरूको समेत भ्रमण गर्नेछन् ।
बेथान्चोकमा एआरडीले गरेका यी हुन काम
ग्रामीण विकास संस्थाले नेपालका बालबालिकाको सहयोगका लागि कार्यरत गैरनाफामुलक संस्था ए.इ.आई.एन.लक्जेम्बर्गको आर्थिक सहयोग र बेथानचोक गाँउपालिकासँगको समन्वयमा सन् २०१८ देखि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । गुणस्तरिय शिक्षा अभिवृद्धि, दिगो कृषि, वातावरण संरक्षण, जिविका सहयोग र महिला वालवालिका युवा सशक्तिकरण कार्यक्रम अन्र्तगत विद्यालय भवन निर्माण, प्रारम्भिक बाल विकास केन्द कक्षारकोठा ब्यवस्थापन सामाग्रीहरु सहयोग, प्राथमिक तहमा कक्षारकोठा ब्यवस्थापन सामाग्रीहरु सहयोग, सानो उमेर समूहका बालबालिकाहरुको लागि म्याग्रडि एप मार्फत सिकाई अभ्यास, असल अभिभावक शिक्षा कार्यक्रम सञ्चालन, शिक्षकहरुको लागि मनोसामाजिक परामर्श लगायतका बिभिन्न क्षमता विकास तालिमहरु सञ्चालन गरिरहेको छ । त्यस्तै बाल क्लब परिचालन सहयोग, बालबालिकाहरुलाई बिभिन्न तालिम, युवा क्लव परिचालन सहयोग, युवाहरुलाई बिभिन्न क्षमता विकास तालिम, युवा उद्यमशिलता सहयोग, महिला समूह परिचालन तथा महिला समूह मार्फत प्राङ्गारिक दिगो कृषि अभ्यासको लागि सामुदायिक कृषि सिकाई केन्द्र सञ्चालन सहयोग, फलफुल तथा प्राङ्गारिक तरकारी खेती बिस्तारका लागि सहयोग, तरकारी बजारीकरणको लागि सहयोग साथै महिलाहरुको संस्थागत विकास तथा सशक्तिकरणको लागि सहयोग लगायतका कार्यहरु गरिरहेको छ ।
नेपाल र लक्जेम्बर्ग विच परिवर्तनका संवाहक युवाहरुको कार्य र युवा अनुभव आदानप्रदान कार्यक्रम मार्फत पार्वती मा.वि.तथा क्याम्पसमा युवा समूह परिचालन सहयोग, युवा सूचना केन्द्र र खुल्ला पुस्तकालय सञ्चालन सहयोग, युवाहरुलाई बिभिन्न क्षमता विकासका लागि तालिम तथा युवाहरु मार्फत दिगो विकास लक्ष्य, वातावरण संरक्षण, जलवायु परिवर्तन सचेतना क्रियाकलापहरु सञ्चालन सहयोग र दुई देशका युवाहरु बिच युवा सिकाई आदानरप्रदान कार्यक्रम लगायतका कार्यहरु गरिरहेको छ ।
जलवायु अनुकुलन नमुना गाउँ कार्यक्रम मार्पmत जलवायु परिवर्तनको प्रभावले जोखिममा परेका समुदायले धान्न र सोही खालको काम नयाँ ठाउँमा दोहो¥याउन सक्ने गरी जीविकोपार्जनलाई अभिवृद्धि गर्न जलवायु अनुकुलित नमूना गाउँको स्थापना गर्ने अभियान निरन्तर संचालन गरिरहेको छ । कार्यक्रम अन्र्तगत कृषि जलवायुमैत्री क्रियाकलापहरुमा मौसमी बेमौसमी तरकारी खेती बिस्तार, फलफुल खेती बिस्तार, जैविक मलमुत्र ब्यवस्थापन, सामुदायीक बिऊ बैक सञ्चालन सहयोग तथा बिभिन्न क्षमता विकास तालिमहरु र भकारो सुधार सहयोग गरिएको छ । पानी मैत्री कार्य अन्र्तगत लिफ्टिङ सिंचाई योजना निर्माण, बिभिन्न सिंचाई योजनाहरु मर्मत, मुहान संरक्षण, बलेसीको पानी संकलन, पोखरीहरु निर्माण, मुहान संरक्षण लगायतका कार्यहरु भएका छन् । त्यसै गरि सामुदायीक तथा निजि बनमा वृक्षरोपण सहयोग, घाँस प्रर्वद्धन, गोबरग्यास प्लाण्ट निर्माण सहयोग, विजुली चुल्हो प्रयोग प्रवर्धन तथा सहयोग तथा बिभिन्न जलवायु सचेतना तथा शसक्तिकरण सहयोग, गाँउपालिकामा जलवायु निति निर्माणमा सहजीकरण लगायतका कार्यहरु भएका छन् । केहि बस्तीहरुले आफ्नो समुदायलाई जलवायु अनुकुलन नमुनागाँउ स्व घोषणा समेत गरेका छन् ।
बाढी पहिरो प्रभावितहरुको लागि आकस्मिक राहत परियोजना अन्र्तगत २०८१ असोजमा आएको बाढी÷पहिरो प्रभावितहरुको लागि आकस्मिक राहत, स्वच्छ खानेपानी योजना निर्माण सहयोग, विद्यालयको भवन तथा कक्षाकोठा ब्यवस्थापन साथै बाढीरपहिरो प्रभावित बालबालिकाहरुको लागि शैक्षिक सामाग्रीहरु सहयोग र मनोसामाजिक परामर्श लगायतका क्रियाकलापहरु सञ्चालन भएका छन् । ए.इ.आई.एन.लक्जेम्बर्गको आर्थिक सहयोग र बेथानचोक गाँउपालिकासँगको समन्वयमा ग्रामीण विकास संस्था मार्फत संचालन भएका कार्यक्रमहरुको अवलोकनका लागि राजकुमार नेपालको भ्रमणमा रहेका बखत बेथान्चोक जान लागेका हुन् ।









