2026 August 18/ 01:26: 59pm

बनेपा/नेपाल राष्ट्रिय शिक्षक सङ्गठन काभ्रेले संविधान दिवस मनाएको छ । संगठनका पूर्व केन्द्रिय अध्यक्ष माधव अधिकारीको प्रमुख आतिथ्यता आयोजित कार्यक्रम संगठनका अध्यक्ष भिमसेन हुमागाईको अध्यक्षतामा सम्पन्न भएको थियो । 
    कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका पुर्व जिल्ला अध्यक्ष तथा पेशागत महासंघका सचिव श्याम प्रसाद पाण्डेय, संगठनका केन्द्रिय सदस्य रामचन्द्र थापा, प्रदेश उप महासचिव लक्ष्मी अधिकारी, संगठनका नेताहरु बासु थापा, सधुराम दाहाल लगायत जिल्ला पदाधिकारी, सदस्य, पालिकाका अध्यक्ष लगायत शिक्षक कर्मचारीहरु सहभागी थिए । 
    संविधान दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा पेशगत हक हित, संविधान जारी पछि बन्नु पर्ने ऐन कानून तथा पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको थियो ।