बनेपा/नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसर पारेर देशभर विविध कार्यक्रम आयोजना गरिएको छ । काभ्रे शाखाले पनि स्थापना दिवसको अवसर पारेर पत्रकारहरु बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गरेको छ ।
शनिबार सम्पन्न महासंघको बैठकले जिल्लाका पत्रकारहरु बीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको सचिव नगेन्द्र अधिकारीले जानकारी दिए । फुटसलका लागि चार टिम बीच प्रतिस्पर्धा गराउने र उत्कृष्ट टिमलाई नगद सहित शिल्ड प्रदान गर्ने निर्णय भएको छ । पत्रकारहरु बीचको मित्रतालाई अझै मजबुत बनाउन र एकतालाई दर्बिलो बनाउन फुटसल प्रतियोगिता आयोजना गरिएको हो । श्रीखण्डपुरमा रहेको फुटलसमा शनिबार चैत्र १६ गते आयोजना हुने प्रतियोगितामा जिल्लामा रहेका कृयाशिल पत्रकारहरुको सहभागिता रहनेछ ।
गत वर्ष महासंघले स्थापना दिवसको अवसरमा बनेपामा रहेको बृद्धाश्रममा रहेका जेष्ठ नागरिकहरुलाई दोसल्ला सहित सम्मान गरेको थियो ।









