बनेपा/एशियन लाईफ ईन्स्योरेन्स कम्पनीले दुर्घटना विमा रकम बापत मृतकको परिवारलाई हस्तान्तरण गरेको छ ।
विमित देवीमाया नेवारको मृत्यु पश्चात विमा बापतको रकम रगंलाल नेवारलाई कम्पनीका प्रदेश ३ का प्रमुख लोकराज जोशीले चेक हस्तान्तरण गर्नु भएको थियो । देवीमाया नेवारको गत कार्तिक १२ गते दुर्घटनामा मृत्यु भएको थियो । मृतक परिवारलाई वीमा बापतको रकम १ लाख २३ हजार ९ सय हस्तान्तरण गरिएको थियो । मृतकले ५१ हजारको बीमांकको बीमा गर्नु भएको ईन्स्योरेन्स कम्पनीका बनेपा शाखा प्रमुख बाबुकृष्ण पन्तले जानकारी दिनुभयो ।







