2026 August 18/ 07:45: 49am

भुम्लु/भुम्लु गाउँपालिकाले आर्थिक वर्ष २०७५/२०७६ मा विनियोजन गरेका योजना तथा कार्यक्रमको प्रगति समिक्षा गर्दै चालुु वर्षका लागि छनौट गरेका योजनाहरुको कार्यान्वयन गर्ने तयारी गरेको छ । 
भुम्लु गाउँपालिका अध्यक्ष गुमानध्व कुँवरले गाउँपालिकाको प्राथमिकताका आधारमा योजनाहरुको छनौट गरी कार्यान्वयन गरेको बताउनु भयो । गत वर्ष १ सय ८० वटा योजना तथा कार्यक्रम स्वीकृत भएका मध्ये १० करोड ३५ लाख ८४ हजारको १ सय ५६ वटा योजनाको कार्यसम्पन्न भएको अध्यक्ष कुँवरले बताउनु भयो । छनौट भएका मध्ये २४ वटा योजना कार्यान्वयन सकेनन् । प्रदेश सरकारबाट प्राप्त सशर्त अनुदान वापत सडक र खानेपानी योजनको लागि प्राप्त १ करोड २० लाखको तीन वटा योजनाको कार्य सम्पन्न भएको छ । कृषि तथा पशु सेवा क्षेत्र अन्तर्गत कृषि विकास कार्यको लागि सशर्त अनुदानमा शत प्रतिशत भौतिक प्रगति भएको छ । गाउँपालिकाबाट विनियोजन गरिएको ५३ लाख ५० हजारबाट २४ वटा क्रियाकलाप संचालन गर्ने लक्ष्य लिएकोमा २३ वटा कृयाकलाप सम्पन्न भएका छन् । पशु सेवा क्षेत्रमा शतप्रतिशत कार्यक्रम सम्पन्न भएका छन् । 
पूर्वाधारहरु निर्माण तथा मर्मत तर्फ भुम्लु गाउँपालिकामा गत वर्ष नयाँपुल एउटा निर्माण भएको छ भने एउटा पुल मर्मत भएको छ । १८ वटा नयाँ सडक निर्माण भएका छन् भने ३६ वटा सडकको स्तरोन्तरी भएको छ । खानेपानी एकिकृत लि¥िटङ डिप र साना ठुला गरी ३१ वटा योजना सम्पन्न भएका छन् । सिंचाई तथा साना सिंचाई गरि ३१ वटा योजना सम्पन्न भएका छन् । वडा भवन मर्मत, मन्दिर, मलामी घर, तामाङ, सत्तल गरी १० वटा निर्माण भएका छन् । स्वास्थ्य क्षेत्रका अधिकांश कार्यक्रम संचालन भए भने शैक्षिक क्षेत्रको सुधारका लागि विभिन्न कार्यक्रम आयोजना भएका छन् । प्रधानमन्त्री आधु्निकीकरण कार्यक्रम अन्र्तगत विविध कार्यक्रम आयोजना गरिएको थियो । गाउँपालिकाले आन्तरिक श्रोत मजबुत बनाउने प्रयास गरेको छ । आर्थिक वर्ष २०७५÷२०७६ मा रु १ करोठ ६५ लाख ८७ हजार अनुमान गरिएकोमा ढुंगा, गिट्टी, बालुवाको ठेक्का लगाई प्राप्त राजश्व बाँडफाँड पछि आम्दानी ६ करोड गरेको छ । अन्य सिफारिश दस्तुर नक्सापास दस्तुरबाट प्राप्त आम्दानी १ लाख ५३ हजार रुपैया रहेको छ । गाउँपालिकाले राजश्व सुधार कार्ययोजना तयार गरी कार्य संचालन गरेको छ । 
    गाउँपालिकाले अघिल्लो वर्षको अनुभवका आधारमा योजनाहरुलाई प्राथमिकिकरण गरेको छ । कृषिमा आधुनिकरण र यान्त्रिकरण, पूर्वाधार विकास, स्वास्थ्यमा सरल र सहज पहुँच, शिक्षाको गुणस्तर विकास, साझेदारी कार्यक्रम संचालन, लैंगिक उत्तरदायि कार्यक्रम, युवा रोजगार कार्यक्रम, समता मूलक कार्यक्रम संचालन, विपद व्यवस्थापन कार्यक्रम रहेका छन् । योजनासँगै गाउँपालिकाले शान्ति सुरक्षा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार, दिगो योजना छनौट सम्बन्धमा सरोकारवालाहरुलाई बुझाउन चुनौती रहेको निश्कर्ष निकालेको छ । भौगोलिक विकट्ताका कारण योजनाको लागत बढ्नु, भौतिक पूर्वाधारको कमि, राजस्व बाँडफाँड वापतको रकम सिलिङ अनुसार प्राप्त नहुुँदा कार्यक्रम कार्यान्वयनमा समस्या, आन्तरिक स्रोतलाई विविधीकरण गर्नू चुनौतिपूर्ण रहेको, कर्मचारी पदपूर्ती नहुनु, दक्ष जनशक्तिको अभाव जस्ता समस्याका कारण हरेक कार्यक्रममा शतप्रतिशत हुन नसकेको निश्कर्ष निकालेको छ ।