2026 July 23/ 02:10: 56pm

         बनेपा/ब्लड डोनर्स एशोसियसन नेपाल (ब्लोदान) काभ्रे जिल्ला शाखाको तेस्रो जिल्ला अधिवेशन बनेपा नगरपालिका वडा नं ८ का वडा अध्यक्ष शुभ लक्ष्मी मानन्धरको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
         प्रमुख अतिथि शुभ लक्ष्मी मानन्धरले बनेपा नगरपालिका वडा नं ८ का जनतालाई भाद्र महिनाबाट नै वडा कार्यालयबाट निःशुल्क रगत उपलब्ध गराउने घोषणा गरेकी थिईन् । रगत अभाव हुने विरामीका परिवारले वडामा जानकारी गराएमा निःशुल्क रगतको ब्यबस्था गरिने मानन्धरले बताईन् । वडाबासीहरुका सेवामा निरन्तर रहेकाले कुनैपनि समस्या भएमा वडाले गर्न सक्ने समाधान गर्ने र नसकेमा माथिल्लो निकायमा सिफारिश गर्ने मानन्धरले बताईन् । कार्यक्रम ब्लोदान काभ्रे शाखाका अध्यक्ष गणेश कुमार रंजितको सभापतित्वमा सम्पन्न भएको थियो । 
कार्यक्रममा ब्लोदान केन्द्रिय अध्यक्ष सानुबाबु प्रजापति, केन्द्रीय उपाध्यक्षद्वय राजेश श्रेष्ठ, उज्ज्वल के।सी।, महासचिव केशव महर्जन, सदस्यहरू शंकर प्रजापति, राधा कुमारी श्रेष्ठ र रोशना राजवंशी, ब्लोदानको भातृ संस्था क्लब २५ नेपालका अध्यक्ष अनिश रंजित, ब्लोदान काभ्रेका संस्थापक अध्यक्ष धर्मभक्त प्रधान, निवर्तमान अध्यक्ष राजु शाक्य, विभिन्न संघ संस्थाका प्रतिनिधिज्युहरूको सहभागिता रहेको थियो । 
अधिवेशनबाट गणेश कुमार रंजितको अध्यक्षतामा नयाँ जिल्ला कार्य समिति निर्विरोध रूपमा निर्वाचित भएको निर्वाचन अधिृकत रोशना राजवंशीले बताईन् । जसमा उपाध्यक्ष प्रकाश श्रेष्ठ, सचिब रमेश श्रेष्ठ, कोषाध्यक्ष सुरज पलाञ्चोके, सह–सचिव रमेश काजी श्रेष्ठ, सदस्यहरुमा सुदिप श्रेष्ठ, रिकेश कर्माचार्य, मञ्जु शाह ठकुरी, चन्द्र प्रकाश श्रेष्ठ रहेका छन् । प्रमुख सल्लाहकारमा धर्मभक्त प्रधान र विशेष सल्लाहकारमा शुभ लक्ष्मी मानन्धर नियुक्त भएको छ । कार्यक्रममका सभापति गणेश कुमार रंजितले जिल्लाको सबै पालिकामा ब्लोदानको नगर तथा गाउँ समिति गठन गर्ने घोषणा गरेका थिए । कार्यक्रम संचालन रमेश श्रेष्ठले गरेका थिए ।