2026 July 23/ 04:26: 57pm

      काठमाडौं/देशकै अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले प्रभावका लागी जोडौं ९ऋयललभअत ायच क्ष्mउबअत० भन्ने मूल नारा सहित १७ औँ वार्षिकोउत्सव विभिन्न सामाजिक  उत्तरदायित्व कार्यक्रमहरु सहित  मनाएको छ । 
           वार्षिकोत्सवका अवसरमा कम्पनीले गुणस्तरीय इन्टरनेट सेवा विस्तार सँगै प्रविधी मार्फत शिक्षा, रोजगारी तथा समावेशी विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ ।  कम्पनीका अनुसार कनेक्ट फर इम्प्याक्ट’ अभियान केवल इन्टरनेट सेवा विस्तारमा सिमित नभई प्रविधि पहुँच मार्फत समाजमा सकारात्मक परिवर्तन ल्याउने दीर्घकालीन सामाजीक अभियान रहेको कम्पनीले बताएको छ । उक्त अभियान अन्तर्गत क्लासिक टेकले नेपाल अपाङ्ग महिला संघ ९ल्म्ध्ब्० सँग समावेशी रोजगारी प्रवद्र्धनका लागी समझदारी पत्रमा हस्ताक्षर गरेको छ । उक्त सहकार्यले अपाङ्गता भएका महिलाहरूको सीप, क्षमता र रोजगारीका अवसर विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।
त्यसैगरी, कम्पनीले  निशुल्क उच्च गतिको  इन्टरनेट सेवा तथा एक थान कम्प्युटर हस्तान्तरण गरेको छ । यसबाट संस्थामा आश्रीत बालबालकािले डिजिटल शिक्षा, अनलाइन अध्ययन तथा सूचना–प्रवधीको  सहज पहुँच प्राप्त गर्ने विश्वास गरएकिो छ । क्लासिक टेकले विगत १७ वर्षदेखी  देशभर भरपर्दो, छिटो र गुणस्तरीय इन्टरनेट सेवा उपलब्ध गराउँदै डिजिटल नेपालको अभयािनमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको बताएको छ । कम्पनीले ग्राहकको विश्वास, कर्मचारीको समर्पण, साझेदार संस्थाको सहयोग तथा शुभेच्छुकहरूको साथकै कारण सफल यात्रा सम्भव भएको बताएको छ । कम्पनीले आगामी दिनमा पनी आधुिनक प्रविधीको विकास, सेवा विस्तार, ग्राहक सन्तुष्टी तथा सामाजीक उत्तरदायीत्वका कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै समाजमा सकारात्मक परवर्तिन ल्याउने अभयािनलाई निरन्तर अघी बढाउने प्रतिबद्धिता जनाएको छ ।
            ‘प्रभावका लागी जोडौं’ अभियानले क्लासिक टेक केवल इन्टरनेट सेवा प्रदायक कम्पनी मात्र नभई प्रवधमिािर्फत शिक्षा, समावेशीकरण, रोजगारी र सामाजीक विकासलाई जोड्ने जिम्मेवार संस्थाका रूपमा स्थापीत हुने लक्ष्य लिएको सन्देश दिएको छ ।