बनेपा/नेपामा आधुनिक स्वास्थ्य सेवा प्रदान गर्न २५ शैयाको के.बि.हस्पिटल सञ्चालनमा आएको छ ।
अस्पतालको जग स्व. कान्छा भाई बैद्यको दुरदर्शि सोचमा अस्पतालको स्थापना गरिएको संचालक सुनिल बैद्यले बताए । गुणस्तरीय स्वास्थ सेवामा सबैको पहुँच हुनुपर्छ भन्ने विश्वास राख्ने स्व. कान्छा भाई बैद्यको विरासत लाई जोगाउदै उनका नाति डाक्टर आकाश बैद्यले बरिस्ठ प्रवन्ध निर्देशक रहि अस्पताल सन्चालन गरेका छन् । उन्नत चिकित्सा प्रविधि,समर्पित विशेषज्ञ टोलि, अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सक तथा दक्ष स्वास्थ्यकर्मीको टोलीसहित अस्पतालले सर्वसाधारणलाई गुणस्तरीय, भरपर्दो र सहज स्वास्थ्य सेवा उपलब्ध गराउने डाक्टर बैद्यले बताए ।
अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, अत्याधुनिक प्रयोगशाला (ल्याब) सेवा, डिजिटल एक्स–रे, भिडियो एक्स–रे, अल्ट्रासाउण्ड, ईसीजी, इको, फार्मेसी, आकस्मिक (इमर्जेन्सी) सेवा, विशेषज्ञ चिकित्सकद्वारा ओपीडी सेवा, शल्यक्रिया (अपरेसन), प्रसूति तथा स्त्रीरोग सेवा, बालरोग, हाडजोर्नी तथा नसा, फिजिसियन, दन्त सेवा, आई.सि यु तथा एन आई सि यु, लगायतका सम्पूर्ण स्वास्थ्य सेवा उपलब्ध हुने जनाइएको छ ।
अस्पतालमा आधुनिक मेडिकल उपकरण जडान गरिएकाले रोगको छिटो र सही पहिचान गरी प्रभावकारी उपचार गर्न सहज हुने विश्वास लिइएको छ । साथै बिरामीलाई गुणस्तरीय उपचारसँगै सुरक्षित, सफा र सेवामैत्री वातावरण उपलब्ध गराइने संचालक सुनिल बैद्यले बताए । बैद्यले हस्पिटलका स्वास्थ्य सेवामा समयानुकूल प्रविधिको प्रयोगलाई प्राथमिकता दिँदै स्थानीय नागरिकलाई काठमाडौं धाउनुपर्ने बाध्यता कम गर्ने उद्देश्यले अस्पताल सञ्चालनमा ल्याइएको बताए। “हामीले विशेषज्ञ चिकित्सक, आधुनिक उपकरण र गुणस्तरीय सेवामार्फत बिरामीको विश्वास जित्ने प्रयास गरेका छौ बैद्यले भने । स्थानीय स्तरमै सहज, भरपर्दो र प्रभावकारी उपचार उपलब्ध गराउने हाम्रो प्रतिबद्धता हो ।
अस्पतालमा २४ सै घण्टा आकस्मिक सेवा, एम्बुलेन्स सेवा तथा आवश्यक परामर्श सेवा उपलब्ध हुने जनाइएको छ । भविष्यमा थप विशेषज्ञ सेवा विस्तार गर्दै स्वास्थ्य क्षेत्रमा नयाँ प्रविधि भित्र्याउने र १ सय बेड सम्म पु¥याउने योजना पनि अस्पतालले सार्वजनिक गरेको छ । स्थानीय बासिन्दाले आधुनिक सुविधा सम्पन्न अस्पताल सञ्चालनमा आएसँगै गुणस्तरीय स्वास्थ्य सेवा आफ्नै क्षेत्रमा प्राप्त हुने विश्वास व्यक्त गरेका छन् । विशेषगरी अत्याधुनिक ल्याब सेवा र विशेषज्ञ चिकित्सकको उपलब्धताले समयमै रोगको पहिचान र उपचारमा ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ । के.बि. हस्पिटल सञ्चालनमा आएसँगै बनेपा तथा आसपासका क्षेत्रका नागरिकले आधुनिक प्रविधिसहितको समग्र स्वास्थ्य सेवा सहज रूपमा आफ्नै क्षेत्रमा प्राप्त गर्ने अवसर पाएका छन् । अस्पतालले सेवा, प्रविधि र बिरामीमैत्री व्यवस्थापनलाई प्राथमिकतामा राख्दै काभ्रेपलाञ्चोक जिल्लाको स्वास्थ्य क्षेत्रमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरेको छ ।









