2024 December 07/ 10:28: 42am

पुजा सापकोटा
विद्यार्थी काभ्रे बहुमुखी क्याम्पस ।
शिक्षिका, मिराकल मन्टेश्वरी स्कुल
पनौती
१) आजभोलिको दैनिकी कसरी बित्दै छ?
म विद्यार्थी र शिक्षक दुई भुमिकामा छु । विहान कलेज पढ्न जान्छु र दिउँसो पढाउने काम गर्छु ।
२) तपाईं मानविकी पढेको मान्छे कसरी शिक्षण पेसामा लाग्नुभयो?
म शिक्षण पेशामा लाग्नुको कारण मन देखिको चाहाना हो । शिक्षक नै हो समाजमा पहिलो संस्कार र शिक्षा दिने त्यसैले म यसमा रमाए ।
३) तपाईले मानविकी संकाय चाहिँ किन रोज्नुभयो?
सामाजको अध्ययन गर्ने सोच भएकाले मानविकी संकाय रोजेको हुँ । अरु संकाय स्पेसेफिक हुन्छ तर मानबिकी संकाय समग्र बिषयको भण्डार हो ।
४) तपाईंको भविष्यको लक्ष्य के हो ? त्यसलाई कसरी पूरा गर्ने सोच बनाउनुभएको छ ?
लेखक बन्ने सोच छ । जीवनमा असल सफल र सक्षम बन्नु नै मेरो जीवनको उद्देश्य हो । लेखन र पुस्तक अध्ययनलाई निरन्तरता दिइरहेको छु ।
५) लेखक बन्न कोबाट प्रेरित हुनुभयो ? तपाइँ आफू कस्तो लेख लेख्न मन पराउनुहुन्छ?
म मेरो शिक्षिका जसले लेख्नु हुन्थ्यो र मलाई लेख्न प्रेरित गर्नु हुन्थ्यो । साथै अध्ययनले पनि यसतर्फ आकर्षित गर्यो । म लेख रचनालाई अध्ययन गर्न पनि रुची राख्छु ।
६) लेखनमा समसामयिक लेख र साहित्य मध्ये तपाईलाई कुन विधा मन पर्छ, किन?
मलाई बिशेषतः साहित्य विधा मनपर्छ । साहित्य समाजको एउटा अभिन्न अंग हो । साहित्यभित्र समसामयिक विषय पनि समावेश हुन्छ । त्यसैले साहित्य मनपर्छ ।
७) राजनीतिमा युवा वर्गको सहभागिता हुनु जरुरी छ कि छैन? किन ?
राजनीतिमा युवा वर्गको सहभागिता जरूरी छ । किनकी युवा वर्ग देशका संवाहक हुन । युवा जोश जाँगर र देखे अनुसार सिकेर काम गर्ने हो र जोशमा लाग्ने हो भने देश परिवर्तन संभव छ ।
८) नेपालमा पढेलेखेका र रोजगारीमा लागेका मानिस राजनीतिमा चासो राख्दैनन् भनिन्छ के यो सहि हो?
होइन सामान्य रूपमा पढेलेखेका र रोजगारीमा लागेका मानिसको चासो राजनीतिमा बढेको जस्तो लाग्छ मलाई त । किनकी शिक्षाले समाज परिवर्तन भइरहेको छ । त्यसैगरी शिक्षित मानिसको राजनीतिप्रतिको चासो बढेको छ ।
९) कस्ता पुरुष तपाईलाई आकर्षण लाग्छ ? बाहिरी सौन्दर्य र भित्रै सौन्दर्यताको मापन कसरी गरिन्छ ?
असल बानी भएका पुरुष मलाई राम्रो लाग्छ । सौन्दर्यता मापन असल बानी बोली तथा व्यवहारबाट मापन गरिन्छ हैन र ?
१०) अन्त्यमा .

मेरो विचारलाई पत्रिकामा स्थान दिनु भएकोमा चेष्टा साप्ताहिकलाई धन्यवाद व्यक्त गर्न चाहान्छु ।