गीत पनि लेखिएको छ । चालिस कटे पछि रमाउँला । चालिसे बैंश । यस्ता उखान तथा भनाईहरु समाजमा चर्चित छन् । तर मैले सम्झिएको त्यो घटना वा भोगेको भोगाई अलग नै छ । चार दशक पार गर्दा पनि उहि पुरानो प्रेम । उहि माया । उहि सम्बन्ध । कस्तो हो प्रेम भन्ने शब्द ? कहाँबाट सुरु गरुँ भत्किएको जीवनको कथा ? चोखो माया लगाउन खोज्दा धोका अनि विछोडको वेदना सहन वाध्य हुनु पर्दाे रहेछ सायद यहि नै जीवन हो । दिन पछि रात, हाँसो पछि आँसु र मिलन पछि विछोड त संसारको रीतै रहेछ । यसलाई कसैले मेटाउन सक्दैन । न बाँध्न नै । बस्, यो त आफ्नै गतिमा निरन्तररुपमा चलिरहन्छ । मानिसको जीवन भनेको बगेको खोलासरी रहेछ जुन फर्केर आउँछ भन्ने कुनै आशा नहुँदो रहेछ । परिस्थिति र भोगाईका क्रममा आउने पीडादायक क्षणको सामना गर्दै जीवनसँग खेल्नु अनि मनले नचाहँदा नचाहँदै पनि आँसुलाई अँगाली हिँड्नु पर्दोरहेछ । तर जीवन भनेको रहस्यमय कल्पना हो । अनि चुनौती पनि सामना गर्न सिक्नुपर्छ । मानिसको सम्झना कहिल्यै मर्दैन । मानिस बिलाएर गए पनि उसको सम्झना मनको एउटा कुनामा सधै मखमली फुल झै फुलिरहन्छ कहिल्यै नओइलाउने गरी ।
बस्, सम्झना सागरमा डुब्ने रहेछ जिन्दगी । जीवन जीउने क्रममा विभिन्न परिस्थितिसँंग संघर्ष गर्दागर्दै कतै भुमरीमा, कुनै दोबाटोमा फस्दा पनि कुनै साथीको साथ नपाउँदा मणि विनाको सर्प जस्तै छट्पटिंदो रहेछ यो मन । यो जीवन कस्तो जीवन कसैको साथ बिना एककदम पनि अघि बढाउन नसकिने ? प्रेमको सुन्दर बगंैचामा रहेको फुल फुलाउन वसन्त ल्याउने मेरो मीठो सपना र चाहना चैत–वैशाखको हुरीसँगै चकनाचुर भयो । हो, गल्ती मेरै थियो । मैले मेरो मनको आवाज सुन्नुपर्ने ठाउँमा यो निष्ठुरी समाजको आवाज सुनी जानीजानी आफुलाई त्यो विश्वासघातको दलदलमा फसाएँ । मैले ढुँगालाई देउता सम्झी पुज्ने प्रयास गरेँ । माया गरी आँखाको नानी बनाई संसारलाई हेर्ने प्रयास गरेँ । मायाको अर्थ नबुझी वास्तविकतालाई ननियाली एकोहोरो प्रेम गरिरहे ‘गरिरहेँ’ । यो संसारमा साँचो माया पाउनु मणि फेला पार्नु जस्तै हो । एक हातले ताली बज्दैन, एकोहोरो रोटी पाक्दैन । एकोहोरो प्रेम पनि कहिल्यै सफल हुँदैन । वास्तवमा हो रहेछ । एकोहोरो प्रेम सफल हुँदो रहेनछ । यसको अन्त्य मात्र वेदनाको सागरमा डुबेर हुन्छ । प्रेममा पीडा हुन्छ, धोका हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि मानिस प्रेमको जालमा फस्छन् । अखिरमा किन यस्तो हुन्छ ? भन्छन् प्रायः सबैको जीवनको पहिलो प्रेम सफल हुँदैन ? के प्रेम गर्नु अपराध हो ? पाप हो ? यदि हो भने ठीकै छ सफल जिन्दगीको कामना छ तिमीलाई आफु अधुरो भए पनि । वास्तवमा यो संसार निष्ठुरी छ । आफु मात्र रमाईलो मान्छ । तर यो कलिलो कोपिलाको कलिलो मनलाई विछोडको काँडाले छियाछिया पारिदिन्छ । आकाशले दिन–रातसँग, चन्द्रमाले शितलतासँग, धर्तीले बनपाखाले सुरिलो सुसाइसँग आनन्ददायी क्षण बिताइरहेको हुन्छन् । तर खुसीको पलालाई भने आँशुको सागरमा डुबाइदिन्छन् । आखिरमा किन साँचो प्रेमको अन्त्य वियोगान्त हुन्छ ?
यो संसार निष्ठुरी छ, स्वार्थी छ । योसंँग लड्न साह्रै गाह्रो छ । जो यो संँग लड्न सक्दैन ऊ जिउँदो लास भएर बाँच्न वाध्य हुन्छ । जसको अस्तित्व हुँदैन उ यो संसारको खुल्ला आकाशमा विलीन हुन्छ । जसरी धुँवा हावामा विलीन हुन्छ त्यसरी नै ऊ अस्तित्व विहिन भै तड्पी–तड्पी बाँच्न विवश हुन्छ । शनिवार भएकोले म छोरालाई लिएर चन्द्रागिरी घुम्न गएको थिए । आफ्नो कामको कर्तव्यले गर्दा परिवारलाई धेरै कम समय दिनुपर्ने हुन्छ । नयाँ काम समातेपछि त्यसको अन्त्य नभएसम्म घर परिवार र बिदा भन्ने कुरा नै विर्सनु पर्ने हुन्छ । त्यसैले अनुसन्धानका लागि नयाँ काममा हात नहालेसम्म कार्यालयमा नै हाजिर हुनुपर्छ भने काम समाते पछि कहाँ हुन्छु भन्ने पनि निक्र्याेल गर्न सकिदैन । त्यसैले घरमा हुदा बिदाको दिन अनिताले मलाई छोरालाई लिएर कतै न कतै डुल्न जाऊ भन्ने फर्माइस गर्छिन् । दिउँसोको दुई बज्दै थियो । हामी एक फन्को छोरालाई डुलाएर लञ्च गर्दै थियौ । अचानक फोन आए पछि म त्यहाँबाट बाहिर निस्केर कुरा गर्न थाले ।
उनलाई साहित्यमा रूचि थिएन । कुनै कथा वा कविता उनले कहिले पनि लेखेकी थिएनन् । तर कहिले काँहि पढ्ने गर्थिन् । कहिले काहिँ पढ्ने बानीको उपयोग गर्ने अभिप्रायले मैले उनलाई प्रश्न गरे । मैले एउटा कथा लेखेको छु । त्यो कथा कसरी समाप्त पार्ने भन्ने टुंगोमा म पुग्न सकेको छैन । अलमलमा छु । त्यो अलमलको कारण त्यो कथा समाप्त हुन सकेको छैन । खासमा भन्ने हो भने कथाको उत्कर्ष लेख्न सकेको छैन । सुनौ न त त्यो कथा कस्तो रहेछ । मैले कथा भन्ने तत्परता देखाएँ । तर एउटा सर्त पनि राखे । कथाको समाप्ति दुई किसिमले हुन सक्छ । तपाइँले कुनै एउटा समाप्ति इमान्दारीपूर्वक रोज्नु पर्नेछ । एउटा कुरा मैले भन्न छुटाए । पहिले नै भन्नु पर्ने थियो । मेरो र उनको भेट पहिलो पटक भएको थियो । मैले नै उनलाई नयाँ सडक स्थित एउटा रेष्टुरेन्टमा दिउँसो लन्चको लागि आउन आग्रह गरेको थिएँ । यो आग्रह फेसबुक मार्फत नै गरेको थिएँ । यो भन्दा पहिले कहिले पनि भौतिक रूपमा भेट भएको थिएन । केवल फेसबुकमा नै कुराकानी हुन्थ्यो । तर फेसबुकले हामी दुबैलाई ज्यादै नजिक पारिदिएको थियो । फेसबुकमा हुने च्याटले गर्दा लाग्थ्यो हामी प्रत्येक दिन भेट्छौ । मनका कुराहरू साटासाट गर्छाै । म कथा भन्न उत्साहित भएँ । आरम्भ गरे पनि । लन्च खाने क्रम पनि जारी थियो । खानेकुरा र तिनको स्वादमा भन्दा मेरो ध्यान केवल आफूले सुनाउने कथामा मात्र केन्द्रित थियो । के–के खाने कुरा मैले अर्डर गरेको थिएँ, राम्रो गरी याद पनि भएन ।
वातावरणलाई केही सहज तुल्याउने प्रयास गर्दै मैले कथा आरम्भ गरे । कथाको प्रमुख पात्र उमेश आज एउटा ठोस निष्कर्षमा पुगेको छ । कान्तालाई भेटेर आफ्नो मनको सबै कुरा भन्ने विषयमा उसको मनमा कुनै किसिमको द्विविधा अब छैन । कान्तासँग उसको फेसबुक मार्फत दोहोरो परिचय भएको नौ दस वर्ष भयो । फेसबुक चर्चामा आए देखि उमेश र कान्ता नजिक भएका हुन । कान्तासँग उमेशको एकहोरो परिचय भएको त बयालिस वर्ष भइसकेको छ । त्यस्तो किन हो भने कान्तालाई उमेशले मन पराएको बयालिस वर्ष भयो । बयालिस वर्ष भित्रमा, अर्थात् कान्ताको बिहे हुनुभन्दा पहिलेसम्म, उमेशले कान्तालाई आफूले मन पराउने कुरा भन्ने हिम्मत कहिले गर्न सकेन । किन गर्न सकेन यसको पनि अर्काे कथा छ । त्यो उपकथा पछि भन्ने छु । तर मुख्य कारण भने आर्थिकस्तर नै थियो । अहिले उमेश पहिले जस्तो भने गरिब छैन । तर कान्तालाई यी कुराहरू केही पनि थाहा छैन । कान्तालाई यति मात्र के थाहा छ भने उमेश र उनको मित्रता फेसबुक मार्फत भएको करिब दस वर्ष भएको छ । उमेश एक असल व्यक्ति हुन । एक इमान्दार व्यक्ति हुन । बौद्धिक व्यक्ति हुन । उमेशको सामाजिक छवि पनि राम्रो छ । उनले कान्तालाई धरै पहिले देखि, कलेजको जमाना देखि, चिनेको भन्ने कुराको सुइँको सम्म पनि छैन कान्तालाई । उमेशको पनि बिहेबारी भएर उसका सन्तानहरूका पनि सन्तानहरू भइसकेका छन् । यस्तै स्थिति कान्ताको पनि छ । तर दुबै नजिक छन, फेसबुक मार्फत । कान्तालाई उमेशको के कुराले आकर्षित ग¥यो उमेशलाई थाहा छैन । तर अचम्म, फेसबुकले उनीहरूलाई झनै नजिक बनाइ दिएको छ । फेसबुकमा प्रायः दुबैले च्याट गरि रहन्छन । फेसबुकमा हरेक किसिमका कुराहरू हुन्छन । आफ्नै सन्तान देखि लिएर युवा अवस्थाका कुराहरू पनि । कलेजका कुराहरू पनि । सामाजिक परिवेश र नेपाली राजनीतिका समेत पनि ।
फेसबुकमा उमेशले गरेका पोष्टहरु कान्तालाई औधी मन परेर सोही अनुरूपको कमेन्टहरू आउँछन् भने कान्ताले गरेका पोस्टहरुमा पनि उमेशको त्यस्तै किसिमका कमेन्टहरू आउछन । दुई बीच सम्बन्ध सौहार्द छ । औपचारिकतामा मात्र सीमित छैन, फेसबुकका अन्य साथीहरुले गरे जस्तो । दुबैबाट गरिएका फेसबुकका पोस्ट र कमेन्टलाई वैचारिक रुपमा पनि एक तुल्याई दिएका छन । एकदिन उमेशले कान्तासँग फेसबुकमा कुरा गर्न न पाए उसलाई केही भुलेको, केही छुटेको जस्तो भान हुन्छ । यस्तै स्थितिमा कान्ता पनि हुनु पर्छ भन्ने उमेशको आशा छ । तर निश्चय भने छैन । उमेशको पोस्टमा आएका कान्ताका सकारात्मक प्रतिक्रियाबाट उमेशलाई कान्ताले अति मन पराएको टुंगोमा पनि उमेश कहिलेकाहिं पुग्ने गर्दछ । र आफ्नो कलेजको जमानामा पुगेको, कान्तासँग प्रत्यक्ष कुराकानी गरेको क्षणिक कल्पना जनित आनन्द लिन्छ । आनन्दमा डुब्छ । मग्न हुन्छ । फेसबुकका अन्य साथीहरू बीचको सम्बन्ध जस्तो उमेश र कान्ताको सम्बन्ध छैन । दुबै अति घनिष्ट छन । यो घनिष्टताले गर्दा नै उमेशलाई कान्तामाथि एक किसिमको अधिकार जस्तो अनुभव हुन्छ । एकदिन उमेशले कान्तालाई पुतलीसडकको काठमाडौको नामी मानिएको एक रेष्टुरेन्टमा डिनरका लागि आउन आग्रह गर्छ । कान्ता आउछिन् । उमेशले कान्तालाई सबै कुरा भन्छ । आफूले कलेज समय देखि नै कान्तालाई मन पराएको तर सो कुरा भन्ने आँट गर्न नसकेको रहस्य खोल्छ । आफ्नो बिहे भइसके पनि पत्नीलाई ‘समाजिक पत्नी’ मात्र मानेको र मानसिक रुपमा भने आफ्नी पत्नीको रूपमा कहिले पनि नस्वीकार गरेको बतायो । कान्ता उमेशको कुरा सुनेर रिसाउँछिन् । कान्ता खाँदै गरेको लन्च छाडेर हिडिन् ।
प्रेम । ब्याख्या अचम्मको छ । कसको प्रेम को सँग ? प्रकट कसरी गर्ने ? कान्ताले उमेशलाई मन नपराउने पनि हैनन् । तर उमेर र समय फरक थियो । जिम्मेवारी र दायित्व पनि । तर पनि एक अर्का प्रतिको बुझाई सहि थियो । विपत्ति । त्यसले निम्त्याएका थप भोगाई तथा अनुभुतिहरु ।
अनिश घतानी
बनेपा, काभ्रे