दिन बिग्रिए पछि दशाले बाजा बजाउँदो रहेछ । बाल्यकाल संघर्षमै बित्यो । बुबा आमाको सपना पूरा गर्ने धोको हुँदाहुँदै नियतिले ल्याएको अवस्थामा चिन्ता गर्नु बाहेक अर्काे विकल्प छैन । अहिले देशभर महिला हिंसा न्युनीकरणका लागि आवाज उठिरहेको छ । १६ दिने महिला हिंसाको अभियान शुरु भएको छ । जिल्लाभर विभिन्न कार्यक्रम भएका छन् । अभियानकै क्रममा महिलाहरु मारिने, आत्महत्या गर्ने, दुब्र्यवहार गर्ने क्रम रोकिएको छैन । तीन वर्षको तथ्याङ्कले पनि त्यहि बताईरहेको छ । विभिन्न जिल्लामा महिला हिंसाका घटना भएका समाचारहरु आईरहकै छन् । धेरै घटनामा अपराधीहरुले अपराध लुकाउने प्रयास गरिरहेका छन् । अपराध लुकाएर समाजमा उनिहरुले राम्रा मान्छे कहलिएका छन् । मैले आफ्नो अपराध लुकाउन चाहिनँ । भएको जस्तो हो त्यस्तै ब्यहोरा सुनाएँ । तर पनि मलाई घटना प्रति खेद छ । क्षणिक आवेशमा भएको उत्तेजनाले जीवनभरलाई काँडा बिझेको छ । उनी बोल्न सक्ने अवस्थाकी हैनन् । नाताले आफ्नै बहिनी पर्ने अवस्थाकी अपाङ्ग माथीको मेरो गिद्दे नजर किन गाडियो ?
केहि दिन अघि जिल्ला अदालतको फैसला सुनें । आफ्नै बहिनी माथी जर्बजस्ति गर्ने दाजुलाई जिल्ला अदालतले १९ वर्ष जेल सजायँ तोकेको रहेछ । कानून धेरै भएर पनि कार्यान्वयनमा समस्या रहेछ । धेरै कानूनले पनि समस्या उत्पन्न गर्दाे रहेछ । अहिले त कानून र न्यायका कुरा गरेर नथाक्नेहरु नै न्यायको लागि लडिरहनु भएको छ । यसले पनि हामी अपराध गर्नेहरु मात्रै होईन अपराधको आरोप लगाउनेहरु पनि निअपराध जेलमा छन् । महिला तथा बालबालिकाहरु घर भित्रैबाट असुरक्षित छन् । सबैभन्दा सहज भनेकै आफन्त हुँदा रहेछन् । एकाध घटनामा पराई जोडिन पुग्छ । अधिकांश घटनामा आफन्त संलग्न हुन्छन् । धेरै घटनामा त्यस्तै देखिएको छ । मेरो हकमा पनि त्यहि हो । सूचना प्रविधिको विकास पनि हिंसा र बलात्कारका प्रमुख कारण हो । उमेर नपुग्दै त्यसको प्रयोग गर्न सहज वातावरण हुनु, अभिभावकहरुले बालबालिकाहरुप्रति जिम्मेवार बन्न नसक्नु, मोबाईल फोनमा अश्लील साईटहरु सहज रुपमा खुल्न पुग्नु बालबालिकाहरु विग्रनुको पहिलो कारण हो । शिक्षकहरुले समेत त्यसमा कडाई गर्न सकेको अवस्था छैन । कडाई गर्दा अभिभावकहरुले आफ्ना सन्तानहरु प्रतिको विभेद सम्झन पुग्छन् । पहिलाको अवस्थामा अभिभावकहरुले बालबालिकाहरुलाई स्वतन्त्रता छाडेकै कारण धेरै विकृती बढेको मेरो निश्कर्ष छ । सहज रुपमा बालबालिकाहरु खेल्न पाउनु, घुम्न पाउनु, प्रविधिको प्रयोग गर्न पाउनु अर्काे कारण हो । होला केहि स्थानमा बालबालिकाहरु असाध्यै जोखिम र गरिब अवस्थामा पनि छन् । तर धेरै बालबालिकाहरु अधिकारका नाममा स्वतन्त्र हुँदा विकृति र विसंगतीमा फस्न थालेका छन् । अझ दुई वर्ष देखि फैलिएको कोभिडका कारण बालबालिकाहरु यस्तो अपराधमा संलग्न हुन थालेका छन् ।
कोभिडले केहि कुरा सिकायो तर धेरै कुरा विकृतिलाई प्रश्रय दिएको महसुस भएको छ । साविक सानो वाङ्गथली गाउँ विकास समितिमा मेरो जन्म भएको थियो । सामान्य परिवार छ मेरो । बुबा आमा खेति किसानी गर्नु हुन्छ । भुकम्पले घर पूरै भत्किएको थियो । अझै छाप्रोमै बस्छौ हामी । सरकारले दिएको रकम पहिलो किस्ताको सकियो । दोश्रो किस्ता लिन डिपिसी तहसम्म बनाएर पैसा लियौ । तेश्रो किस्ता लिन सम्भव भएन । घर बनाउन पैसा छैन । पैसा भएको पनि खानपान गर्दै सकियो । गाउँमा धेरै मान्छेहरु बस्दैनन् । बसेका मान्छेहरु सबै काममा दक्ष छैनन् । म त भर्खर कक्षा १० मा अध्ययन गर्दै थिए । २०७७ असार ३२ गते बिहानको खाना खाई सकेर बसिरहेको थिएँ । मनमा के–के कुरा उब्जन थाल्यो । आफ्नो पीडा अर्कै थियो । पीडा कता गएर पोखौ ? के गरौं । मनको कुरा भन्ने साथीहरु पनि कोहि थिएनन् । त्यहि कारण मेरो मनमा छट्टपटि थियो । प्रेममा असफल भएको प्रेमी थिएँ म । कक्षा ७ अध्ययन गर्दा देखि नै हाम्रो प्रेम परेको थियो । मेरो प्रेममा धोका दिदै उनले अर्काे केटासँग विवाह गरिन् । त्यो पनि कक्षा ९ अध्ययन गर्दैको समय थियो । उनी म भन्दा अझै सानो थिईन् । उनी र म धेरै नजिक भएका थियौं । नजिक पनि कति भने हामी बीच विवाह पछि हुने सम्वन्ध पनि सकिएको थियो । त्यहि सम्बन्धका कारण म उसको प्रेममा पागल जस्तै भएको थिएँ । उ विवाह गरेर गईसकेकी छ । अध्ययन पनि छाडी । म अध्ययन गर्दै थिएँ । विद्यालय विदा थियो । कोभिड सकिएर विस्तारै विद्यालय खुल्ला कि भन्ने आश मात्रै थियो । त्यहि दिन मेरो जीवनमा औशीको रात बनेर आयो ।
खाना पछि मैले घरमा बनाएको छ्याङ्ग समेत पिएको थिएँ । बिदाको समय घरमा काम पनि नभएको र प्रेमको असफलता समेत भोगेकाले मनमा अनेक तरङ्ग आउन थाल्यो । आफ्नै घरमा मादक पदार्थ छ्याङ खाएर बसिरहेको अवस्थामा आफ्नै नाताले ठुलोबुबा पर्नेको घरमा टिभी हेर्न गएँ । सोहि घरमा पहिले देखि नै सुस्त मनस्थितीको बहिनी थिईन् । टि.भी. हेरी बसिरहेको थिएँ । दिउँसो ३ बजे तिर होला । ठुलो बुबा गाउँमा आफुले बनाएको घर छाना छाउने स्थानमा जाने तयारीमा हुनुुहुनथ्यो । उहाँले मलाई तिमी बस्दै गर, छाना छाउने स्थानमा के भई रहेको छ हेरेर आउँछु भनी जानु भयो । त्यस पश्चात म घरमा एक्लै भएँ । उक्त घरमा टि.भी.हेरी रहेकै समयमा हजुर आमा समेत चुरोट खान भनी नजिकै रहेको हजुर आमाको घरमा जानुभयो । उहाँ चुरोट खाएर पाँच बजेसम्म पनि आउनु भएन । म टिभी हेरेर बसिरहेको ठुलो बुबाको घरमा बहिनी नाताकी सुस्त मनस्थितिको मानसिक र शारिरीक रुपमा असक्त बोल्न चल्न नसक्ने एक्लै कपडा नै नलगाई सुति रहेको अबस्थामा देखें । आफ्नै बहिनी भए पनि, अशक्त भए पनि मलाई त्यो अवस्थामा मन रोक्न सकिनँ । बहिनी र अशक्त भन्ने कुरा पनि बिर्सन पुगें । कक्षा ९ अध्ययन गर्दा मैले मेरो प्रेमिकासँग गरेको सबै सम्झिन पुगें । उत्तेजनामा आएँ । वरपर कोही कसैलाई नदेखे पछी मेरो उत्तेजित अवस्थाको जोशलाई त्यहि बहिनीसँग पोख्न थालें । बहिनी न बोल्न सक्थिन न रुन । अशक्त त उसै थिईन् । उनी माथी म पशु झै एकोहोरो आक्रमणमा उत्रि रहें । उनका अंगहरुबाट रगत बग्न थाल्यो । रगत धेरै बग्यो । धेरै बेर रगत रोकिन सकेन । तर पनि मैले उनलाई छाड्दै छाडिनँ । जब मैले आफ्नो जोशलाई सिध्याँए तब मात्रै मैले उनी बहिनी हुन् । उनी अशक्त छिन् । उनी माथी मैले अन्याय गरें । अपराध गरें । होस खुल्यो । तर जे नहुनु भई सकेको थियो । पश्चाताप बाहेक केहि थिएन ।
बहिनीलाई त्यस्तै अवस्थामा छाडेर म निस्कँदै थिएँ । आफ्नो कपडा लगाएर निस्कने क्रममा हजुरआमा घर भित्र पस्नु भयो । उहाँले तँ किन यति बेलासम्म घरमा ? मैले भनें अघि आएर जाँदा चप्पल छुटेर लिन आएको भन्दै ढाँटेर भागें । हजुरआमालाई मैले करणी गरेको कुरा थाहा भएन । उहाँहरुले बहिनीको रगत मिन्स भएर बगेको होला भन्ने सोच्नु भएको रहेछ । लगातार रगत बग्न थाले पछि २०७७ साउन ४ गते उनलाई स्वास्थ्य चौकी लगिएछ । त्यस पछि मात्रै उनी मिन्स भएर नभई जर्बजस्ति करणी गरे पछि विरामी भएकी रहिछन् भन्ने कुरा पत्ता लागेछ । हजुरआमा त्यसबेला मात्रै झसँग हुनुभएछ । म साँझ घरबाट निस्कँदा देखेकाले उहाँले मलाई नै शंका गर्नु भएको रहेछ । त्यहि बेला बहिनीको रगत बग्नु अनि म निस्कनु । स्वभाविक हो । उहाँले मलाई शंका गर्नु पनि स्वभाविक थियो । मेरो विरुद्धमा त्यसपछि यस्तो उजुरी दर्ता भएको रहेछ । म जाहेरवाला । २०७७ असार ३२ गते बिहानको खाना खाएर घरमै बसिरहेको थिएँ । उक्त दिन मेरो घरमा पाहुना आउने कार्यक्रम थियो । म पनि घरमै बसि रहेको अवस्थामा भतिजो आयो । भतिजो र म सँगै घरमै बसि टिभि हेरी रहेका थियौं । मेरो शारिरीक तथा मानसिक अपाङ्गता भएको नाबालक छोरी बर्ष १२ कि उसको बहिनी हो । घरको भुई तलाको कोठामा उसलाई सुताउने गरिएको थियो । मेरो श्रीमती बिहानै गाउँको मेलापातमा गएकी थिईन् । मेरो आमा ६६ वर्षको हुनुुहन्छ । बाहिर आँगनमा घाँस बिसाई बसिरहेको थिएँ म । भतिजो भक्त फुँयाललाई तिमी टिभी हेर्दै बसिराख म आफैंले निर्माण गरेको गाउँको छिमेकीको घरमा छाना छाएको ठाउँमा हेरेर आउँछु है भनि म छिमेकीको घरमा छाना छाएको ठाउँमा गएँ । केहि समय पश्चात सोहि दिन साँझ ५ बजे घरमा आउँदा मेरो आमाले नाबालक छोरीको कोठामा रगत सरसफाई गरिरहेको अवस्था देखें । के भयो ? कस्को रगत सफा गरिरहेको आमालाई सोधें । घरमा सबै जना सल्लाह ग¥यौं । छोरीको महिनावारी भएको होला भनि हामी त्यसै बसिरहेका थियौं । छोरीको रक्तश्राव नरोकिएको हुँदा आमाले एक पटक स्वास्थ्य चौकीमा लगेर जँचाउ भन्दै लैजानु भयो । शारिरीक तथा मानसिक अपाङ्गता भएकोले छोरीलाई बोकेरै अस्पताल पु¥यायौं । स्वास्थ्य चौकिमा लान नसक्ने अवस्था भएकाले म आफै स्वास्थ्य चौकीमा गई उक्त स्वास्थ्य चौकीका अनमीलाई साथै घरमा लिई आएँ । छोरीलाई जँचाउदा अनमिले तपाईको छोरीको रजश्वला हुने बेला भएको छैन तपाईको नावालक छोरीलाई कोहि कसैले करणी गरेको हुँदा रक्तश्राव भएको बताईन् । हामी सबैजना छाँगाबाट खसे झै भयौं । आमाले त्यो दिनको घटना मलाई सुनाउनु भयो । त्यसपछि हामीलाई शंका लाग्यो कि छोरी माथी जर्बजस्ति गर्ने त्यहि भतिज हो । मेरो शारिरीक तथा मानसिक रुपले बिछिप्त अबस्थाको नाबालिका छोरीलाई घरमा कोही नभएको अबस्थामा मौका छोपी जबरजस्ती करणी गरेकाले मुलुकी ऐन जबरजस्ती करणी महल अन्तर्गत हदै सम्मको सजायँ गरी पाउँ । भर्खर १७ वर्षको भएँ । अझै केहि गर्ने सपना थियो । बुबा आमालाई सुखमा राख्ने, राम्रो अध्ययन गर्ने र भविष्यमा असल शिक्षक बन्ने सपना त्यहि प्रेमका कारण ध्वस्त भयो । कानून धेरै बनेका छन् । बच्चाहरुलाई जोगाउन र बच्चाहरुलाई गलत बाटोमा नहिड्न कार्यक्रम पनि भएका होलान् । तर मलाई कुनै कार्यक्रमले छोएन । बच्चा उमेरमै प्रेम, प्रेम पछि शारिरिक सम्बन्ध अनि विछोड । त्यसकै परिणाम आफ्नै अशक्त बहिनी माथीको जर्बजस्ति करणी । उनको पनि भविष्य अन्धकार । मेरो पनि अन्धकार । हे प्रभो म जस्ता धेरै बालबालिकाहरु यस्तो बाटोमा फसेका छन् । जोगाउनुस् प्रभु ।
भक्त फुँयाल
हाल धुलिखेल काभ्रे







