जिएन प्रधान
आगामी वर्ष २०७९ बैशाख ३० गते नेपालमा संघीय सम्रचना पछिको दोस्रो स्थानीय तहको निर्वाचना हुन गैरहेको छ । यो निर्वाचन साँचिकै अनौठो गठबन्धनको एउटा समूहसँग एकल एमाले चुनावी प्रतिस्पर्धामा उत्रिरहेकोछ । यो निर्वाचन एमाले एक्लैको र पाँच दलीय गठबन्धनको बीचमा मूल प्रतिस्पर्धा हुन गैरहेकोले एक किसिमले दुवै पक्षको लागि प्रतिष्ठाको बिषय पनि जोडिएको छ । प्रतिस्ठा यस अर्थमा पनि बढी उचाइमा पुगेकोछ कि कथंकदाचित एमालेको पराजित भइहालेमा त्यति लाज लाग्दो बिषय बन्ने छैन भने पाँचदलीय गठबन्धनको पराजित भएमा पाँचै दल म¥यतुल्य सावित हुनेछ । अझ भनौँभने एमाले एक्लै अहिलेको यो बिकृतियुक्त पाँचमुखे गठबन्धनसँग एक्लै लड्न पाउने अवसर आउनु एमालेको लागि सुनौलो अवसर पनि हुन पुगेको छ । एउटा रोचक रेष्ट्लिङ खेल जस्तै कुनै एकल रेष्टलरसँग पाँचजना रेष्टलर्को हार भए जस्तै ।
नेपालको इतिहासमा आफूलाईँ निकै पुरानो लोकतान्त्रिक पार्टी हौँ भनी दावी गर्ने नेपाली काँग्रेस समेत गठबन्धनलाई कायम राखेर निर्वाचनमा जानुपर्छ भन्ने अभिब्यक्तीका साथै कार्यान्वयनको पक्षमा लाग्दै गर्दा नेपाली काँग्रेस यो देश र समाजबाट कति तल खस्की सकेछ भनी अनुमान गर्न सकिन्छ । गएको निर्वाचनसम्म नेकपा एमालेको प्रमूख प्रतिस्पर्धी रहेको नेपाली काँग्रेसलाई अहिलेको यो निर्वाचनसम्म आइपुग्दा पाँचदलीय गठबन्धन बिना एक्लाएक्लै चुनावी प्रतिस्पर्धामा जान सकिन्न भन्ने मूल्यांकन गर्न पुग्नुले देशको पहिलो शक्ति पार्टी एमाले हो भन्ने प्रमाणित भएको छ । देशको एकाध ठाउँमा नेपाली काँग्रेससंग कडा प्रतिस्पर्धा हुने देखिएपनि अधिकाँश ठाउँहरूमा एमालेको बिजयलाई कसैले रोक्न सख्ने देखिँदैन । देशमा काँग्रेसको यो अवस्था छभने उता मूल रुपमा नेकपा माओवादी प्रचण्डको समूह र माधव नेपालको “एस” पार्टी अब आफू जित्ने उद्देश्यले भन्दापनि एमालेलाई जसरी पनि हराउनु पर्छ भन्ने उद्देश्यकासाथ अगाडि बढ्ने लक्षण देखिएको छ । आफूहरू जितेर खुशी मनाउन हैन एमालेलाई हराएर खुशी मनाउने अवस्थामा पुगेका छन् प्रचण्ड र माधव नेपालको पार्टीहरू । त्यस्तै मधेशको एउटा कुनामा सीमित रहेको मधेशवादी पार्टी र एमालेकै निगाहामा संघीय संसद्मा एक सीट र स्थानीय निकायमा २÷४ ठाउँमा मात्र सीमित रहेको चित्र बहादुर नेतृत्वको राष्ट्रिय जनमोर्चाको कुनै हैसियत छैन भन्दा पनि कुनै फरक पर्दैन । सायद राष्ट्रिय जनमोर्चाको लागि यो नै संसद् क्षेत्रको अन्तिम भाग हुनेछ । त्यस्तै काँग्रेसको निगाहामा २÷४ सीट नेकपा माओवादी केन्द्रको आए पनि नेकपा “एस” को साँसद्को चुरीफुरी अवको संसदीय निर्वाचन देखि समाप्त हुने कुरामा कुनै सन्देह छैन ।
तैपनि यता नेकपा एमालेको ठुलै हिस्सा माकुनेको पक्षमा रहेको, गएको निर्वाचनमा थोरै मतको अन्तरले मात्र एमालेले जितेको ठाउँहरूमा नेपाली काँग्रेसले जित्छौँ भन्ने आँकलनले हौसिएको नेपाली काँग्रेस आफैमा एकलौटी उठ्ने दाउमा रहेकोछ । यहि मूल्यांकनको आधारमा आफ्नो पकड भएको स्थानहरूमा गठबन्धनको साझा उम्मेद्वार नबनाई एक्लै उठ्नुपर्छ भन्ने मनसायमा रहेका छन् एकपक्ष काँग्रेसहरू अर्थात् देउवा इतर काँग्रेसजनहरू । नेपाली काँग्रेसको यस कुराले प्रचण्डको पार्टी र माकुनेको समूहलाई ठुलै झस्का पस्न थालेको देखिन्छ । नपसोस् पनि किन? आफ्नै बलबुत्ताले जित्न सक्ने स्थिति कहीँ छैन । दिन प्रतिदिन ओरालो लाग्दै गरेको माओवादीको छवि अब जिरो(०) मा पुग्न लागेको अवस्था छ । नेपाली काँग्रेसको साथ सहयोगले १÷२ स्थानको सीट भएपनि पाउन सकिन्छ कि भन्ने गठबन्धन्को ठुलै धाक लगाउन पुगेका प्रचण्ड र माकुनेको आशलाग्दो सपना पनि चक्नाचुर हुने अवस्थामा पुगेको छ । यो अवस्था गठबन्धन भित्र रहे पनि एमालेलाई हराएर खुशी मनाउने मनसायले पनि नेपाली काँग्रेसलाई भोट दान दिने पक्षमा जानसक्छ । यो बेला आफ्नो पक्षमा जनमत कति छ भनी मापन गर्नमा भन्दा पनि खुद एमाले हराउनु पर्छ भन्ने नै मूल उद्देश्य रहेको छ । यो हेर्दा परमादेशी गठबन्धनको यो पाँचमुखे विकृतिको पार्टीहरूलाई आफ्नो गठबन्धनको सरकारले जनताको लागि लोकप्रिय कार्यक्रमहरू दिन नसकेको प्रति कुनै चिन्ता छैन । सायद जनताप्रति विश्वास र देश विकासको चाहना भैदिएको भए सर्वोच्चको परमादेश गुहार्न नै किन लाग्थे होला भन्ने प्रश्न पनि उठ्न थालिएको छ । एमालेले गरेको विकास कार्यहरू र लिपुलेक, लिपियाधुरा सहितको चुच्चे नक्साले पिरोलिएर आफ्नै पार्टीको सरकार ढाल्न र पार्टी फुटाउन पुगेका लोभिपापीको पार्टीहरूमा जनमत हुने कुरै पनि भएन । सचेत नागरिक सबैलाई थाहै छ कि एमालेको के पि ओली नेतृत्वको सरकारले यो साँढे तीनवर्षको अवधिमा गरेका विकासका पूर्वाधारहरू र पचासौँ वर्षदेखि गायब रहेको लिपुलेक, लिपियाधुरा सहित समेटेको चुच्चे नक्सालाई संविधानको अनुसूचिमा राख्नुलाई कम उपलब्धी मान्ने ठाउँ छैन । तर, यहि चुच्चे नक्सा पनि वर्तमान गठबन्धनको देउवा सरकारले भारतलाई बुझाएर देशको एउटा भू–भाग बेच्न पुगेकोछ र पुनःपुरानै बुच्चे नक्साको कोसेली बोकेर स्वदेश फिर्ता भएकोछ र यही बुच्चे नक्सामै सीमित गराएर यसैमा रमाउन पुगेकोछ । यतिमात्र नभै देशका अत्याधिक नागरिकले घोर बिरोध गर्दागर्दै र संसदबाट पारित नगर्न चेतावनी र शिष्ट भाषामा अनुरोध गर्दागर्दै पनि संसदबाट ध्वनी मतको आधारमा पास गरेर नेपालको स्वाधिनता र स्वाभिमानमा गम्भीर आँच आउने काम गर्ने पुगेको छ । नेपाली काँग्रेस अझै लाजै नमानी यसैलाई ठुलै काम गरेको सम्झिएर “घर घर जाउँ, नेपाली काँग्रेस जिताउँ” भने नारा बोकेर जनता समक्ष आउन लाज मानेको छैन । नेपाली काँग्रेस अझै ःऋऋ पास गर्नुलाई ठुलै पौरख ठानिरहेको छ । हुनपनि नेपाली काँग्रेसको चाहे एकल बहुमतको सरकार होस् चाहे नेतृत्व गर्न पाएको मिश्रित सरकार होस् कुनै पनि बेला जनता र देशको लागि फाइदा हुने काम गरेको ईतिहास छैन । बरु उल्टै नेपालका प्रमूख नदीहरू बेचेर होस् वा सरकारी स्वामित्वका सबै उद्योगहरू कौडीको मूल्यमा धनाढ्यहरूलाई सुम्पेर होस नेपालको सार्वजनिक स्वामित्वका उद्योगहरूलाई निजीकरण गर्नमा माहिर बन्न पुगेको छ नेपाली काँग्रेस । त्यसैले पनि जनताहरूले यो बुझ्न आवश्यक भैसकेको छ कि कुन पार्टीको सरकारले कति अवधिमा के केको विकास गरेको छ मूल्यांकन गर्नु पर्ने भएको छ । देशभक्त, बिकासप्रेमी सचेत नागरिकहरूले यो बुझ्न अत्यन्त आवश्यक भैसकेको छ । नेपाली काँग्रेसले २०४६÷४७ को आन्दोलन पश्चातको १८ वर्षे शासनकाल र नेकपा माओवादीले तीनपल्ट सरकार चलाउने अवसर पाउँदा देश र जनताले लाभको महसुस गर्ने कुनै एउटा कामको उदाहरण प्रस्तुत गर्न सक्ने दम छैन । मात्रै आफूहरूको गद्दारी र बेइमानीको पराकाष्ठालाई ढाकछोप गर्न सर्बोच्चको परमादेशको सहारामा संसद् पुनस्थापना हुन पुगेकोलाई कथित प्रतिगमण हुनबाट जोगाएको भन्ने बकम्फुसे तर्क बाहेक अन्य केही नभएकोलाई लिन सकिन्छ ।
जनताले यो पनि बुझ्नुपर्ने भएको छ कि केपि ओली नेतृत्वको सरकारले अगाडि ल्याएका सम्पूर्ण बिकासका योजनाहरूलाई रद्द गर्नुले पनि नेपाली काँग्रेस समेत यसमा समावेश भएका कथित गठबन्धनहरूमा बिकास गर्ने भावना, चाहना र योजना नै छैन भन्ने प्रष्ट भएकोछ यो नौ महिनाको शून्य सन्नातालाई हेर्दा । पाँचदलीय गठबन्धनको विकास प्रतिको सून्यता र एमाले प्रतिको बढ्दो आकर्षण वा लोकप्रियताबाट अत्तालिएर नै अहिले नेपाली काँग्रेस जस्तो पुरानो ईतिहास बोकेको पार्टी प्रचण्ड र माधव नेपालको समूहसँग मिलेर जानुपर्ने अवस्थामा पुग्नु नेकपा एमालेको लागि खुशीकै कुरा हो । त्यस्तै उता दश वर्षे द्वन्द्व कालमा टाउकोको मूल्य तोकेर आतंककारीको पदवी पाएको नेकपा माओवादी र आफूलाई सच्चा कम्युनिष्टको स्वघोषणा गर्न लाज नमानेको माकुनेको समूह नेपाली काँग्रेस जस्तो यथास्थिवादीसंग गठबन्धन गर्न पुगेर कम्युनिष्ट नामको खोल मात्र बाँकी राख्न पुग्नुले एमालेको लागि झन उर्जा थपिन पुगेको छ । जे होस् सारमा भन्नु पर्दा एमाले एक्लै परमादेशका अवतार प्राप्त पाँच दलसँग यो चुनावमा एक्लै लड्ने अवसर आउनुलाई÷पाउनुलाई नेकपा एमालेको लागि गर्वको उचाइ बढ्नु ठानेकोछु । साथै यो पाँच दलीय गठबन्धन अस्थायी गठबन्धनमा मात्र सीमित नभैई नेपाली काँग्रेसमै बिलयी हुन सफल होस् भन्ने यो स्तम्भकारको शुभकामना छ ।
यो निर्वाचनको बेला हो कतिपय पदका आकांक्षीहरू आफूले भनेजस्तो उम्मेदवारीको टिकट नपाउने बितिकै वा नपाउने संकेत पाउने बितिकै आफू लाग्दै आएको पार्टी त्याग्नेहरू पनि थुप्रै निस्कन सक्छन । तर पदकै लागि निष्ठा त्याग्ने ब्यक्तिहरूले यो पनि हेक्का राख्न सक्नुपर्छ कि कुनै पनि दल त्यस्तो होस जो नयाँ आएका नव आकांक्षीलाई (प्रवेशीलाई) अरु कोही उम्मेदवारै नपाए झै गरि उम्मेदवारीको टिकट दिई हालोस् । जुन पार्टीमा नव प्रवेशीलाई प्राथमिकता दिएर टिकट दिईन्छ भने त्यस पार्टीमा धेरै लामो समय देखि सकृय भै काम गर्दै आएका कार्यकर्ताहरूको मनले चित्त बुझाउन सक्ला कि नसक्ला यसमा पनि बिचार पु¥याउनु नै पर्ला । त्यस पार्टीमा पहिल्ये देखि आकांक्षीको अग्रपंक्तिमा रहेका ब्यक्ती वा कार्यकर्ताहरू मनले सहन गर्न वा धैर्यता कायम गर्न सक्ला या नसक्ला कौतुहलयुक्त प्रश्न उब्जिन सक्छ । यद्यपि बढिमा १÷२ जनाले टिकट पाउन सफल भएपनि नव प्रवेशी अवसरवादीहरू आखिर जिल्ल पर्नुपर्ने उपाधी बाहेक अरू ठूलो के पाउन सक्छ? यस्तै नवप्रवेशीलाई प्रोत्साहन गर्ने परिपाटीले पार्टीलाई बलियो या कमजोर बनाउँछ यो पनि सोच्न जरुरी छ ।
यसको अर्थ यो पनि हैन कि अन्य पार्टीबाट आएकाहरूलाई स्थान दिनै हुन्न, प्रवेश गराउनै हुन्न भन्ने पनि होइन । अर्को पार्टीबाट आएको ब्यक्तिको राजनीतिक पृष्ठभूमी के हो, ऊ समाजमा कतिको समाजसेवी हो, आर्थिक इमान्दारीता कतिको छ अर्थात् समाज वा त्यो क्षेत्र वा जिल्लाकै लागि कति लोकप्रिय ब्यक्ती हो? टिकट पाउनको लागि मात्र प्रवेश भएको हो? आदिआदी कुराहरूको मापदन्ड पुग्छ भने र कायम रहेको आकांक्षीले स्वीकार्न सक्छ भने प्रवेश हुने बितिकै टिकट दिन पनि कुनै कन्जुस्याईँ गर्नु पर्ला जस्तो लाग्दैन ।
जे होस् अहिलेको स्थानीय निर्वाचनको राजनीति अलिक फरक ढंङ्गको रहेको छ भन्नुमा अन्यथा नहोला । एमालेको राजनीति देश र समग्र गाउँको विकाससँग जोडिएको छ भने अन्य पाँच दलीय परमादेशीको राजनीति परमादेशमा आधारित छ । एमाले विकासको पर्यायवाची बनेर मुलुकको जिम्मेवारी पार्टी बन्ने उद्देश्यकासाथ अघि बढिरहेको छ भने वर्तमान सत्तारुढ गठबन्धन पार्टीहरू कुनैपनि हालतमा एमालेलाई पहिलो पार्टी बन्नबाट रोक्ने पक्षमा रहेका छन् । देशको वा गाउँको विकासमा चिन्ताको बिषय छैन । मात्र गठबन्धनको सरकार कसरी टिकाउन सकिन्छ भन्ने प्रमुख चिन्ता बनेको छ यो परमादेशीका अवतारहरूलाई । यी सबै कारणहरूले पनि विकासको अग्र चाहना बोकेको नेकपा एमालेका उम्मेदवारहरूलाई जनताले बिजयी गराउने छन् । मात्र एमाले उम्मेदवारहरू विकासप्रेमी, लोकप्रिय, आर्थिक रुपमा शुद्धता, निष्पक्षताको पर्याय हुन आवश्यक छ ।
आर्थिक रुपमा निर्लिप्प, पदकै लागि दलबदल गर्ने र विकासका कुनै उद्देश्य नभएको ब्यक्तिहरू स्थानीय पार्टीहरूले सर्वसम्मत छनौट गरेर एकजुट भै लागि परेको अवस्थामा पाँचै दल मिलेर आएपनि एमाले उम्मेदवारले विजयी पाउन सक्नेछ । अहिलेको देशभरीको जनलहरले यसै कुरालाई पुष्टि गर्दछ । गएको पाँच वर्षीय कार्यकालमा अत्याधिक जनतालाई खुशी पार्न नसकेका, भ्रष्टाचारले बदनाम भएका, पार्टीको घोषणा पत्र र जनताको विश्वासलाई कुठाराघात गरेका वा त्यस प्रवृतिका ब्यक्तिलाई टिकट दिनमा सजग बनौँ, माकुने प्रवृत्तिका ब्यक्तिहरू कोही नजन्मिउन् पार्टी केन्द्र र स्थानीय जिम्मेवारी ब्यक्तिहरूले ध्यान दिन सकुन÷सकौँ यसैम जित सुनिश्चित छ । एकल एमाले–जिन्दावाद !





