2026 August 28/ 02:38: 11pm

    धुलिखेल/धुलिखेल खानेपानी उपभोक्ता समितिको निर्वाचन शनिबार सकिएको छ । 
    निर्वाचनबाट कृष्णभुषण खोजु श्रेष्ठ अध्यक्षतामा निर्वाचित भएका छन् । त्यस्तै सचिवमा विन्द्रलाल खोजु श्रेष्ठ, कोषाध्यक्ष हरिकृष्ण तिमल्सिना निर्वाचित भएका छन् । वडा नं ३ मा खुला सदस्य अर्जुन बहादुर थापा, महिला सदस्य माधवी के.सी., वडा नं ४ मा खुला सदस्य दामोदर गौतम र महिला सदस्य लोककुमारी खरेल, वडा नं ५ मा  खुला सदस्य राधेश्याम श्रेष्ठ र महिला सदस्य कुमारी तामाङ, वडा नं ६ खुला सदस्य दिपेश श्रेष्ठ र महिला सदस्य दिलहरिमाया श्रेष्ठ निर्वाचित भएका छन् । वडा नं ७ मा खुला सदस्य निरज खड्का क्षेत्री र महिला सदस्य लक्ष्मी माकजु श्रेष्ठ, वडा नं ८ मा खुला सदस्य मुकुन्द न्यौपाने र महिला सदस्य रुपा हमाल कट्टेल निर्वाचित भएका छन् । 
को–को थिए प्रतिस्पर्धामा ? 
    अध्यक्ष पदका लागि धुलिखेल–६ का कृष्ण भूषण खोजु श्रेष्ठ, धुलिखेल–४ का केशवबहादुर खुलाल (के.सी.), धुलिखेल–७ का राजकुमार श्रेष्ठ तखाछे र धुलिखेल–७ का श्याम दर्शन गणेजुले उम्मेदवारी दिएका थिए । सचिव पदमा धुलिखेल–४ का जिवनाथ पराजुली र धुलिखेल–७ का विन्द्रलाल खोंजु श्रेष्ठबीच प्रतिस्पर्धा भएको थियो । कोषाध्यक्ष पदमा धुलिखेल–७ का प्रभातकुमार श्रेष्ठ र धुलिखेल–४ का हरिकृष्ण तिमल्सिनाको प्रतिस्पर्धा थियो । नयाँ नेतृत्वले धुलिखेलको खानेपानी आपूर्ति व्यवस्थालाई थप व्यवस्थित बनाउने, नियमित तथा गुणस्तरीय सेवा प्रवाह गर्ने र सरसफाइसम्बन्धी कामलाई प्रभावकारी बनाउने अपेक्षा उपभोक्ताले गरेका छन् ।