2026 June 19/ 12:49: 17am

    बनेपा/नेवाः पत्रकार राष्ट्रिय दबू काभ्रे शाखाको पाँचौँ अधिवेशन सम्पन्न भएको छ । 
    दबूका केन्द्रीय उपाध्यक्ष सुरेन्द्रभक्त श्रेष्ठको प्रमुख आतिथ्यमा भएको अधिवेशनले शम्भुलाल श्रेष्ठको अध्यक्षतामा ९ सदस्य नयाँ कार्य समिती चयन गरेको छ । समितिमा उपाध्यक्ष प्रकाश बहादुर कायस्थ, महिला उपाध्यक्ष भारतीदेवी श्रेष्ठ, सचिव दिलिप श्रेष्ठ, कोषाध्यक्ष राज्यलक्ष्मी श्रेष्ठ, सह–सचिव ध्रुर्व कृष्ण ताम्राकार, महिला सह–सचिव विपशना शाक्य र सदस्यहरु बिकुनारायण ताम्राकार तथा रामलाल दुवाल रहेका छन्  । अधिवेशनले केन्द्रीय पार्षद् मोहन दुवाल, सूर्य प्रसाद लाकोजु, तथा प्रदेश पार्षद् विश्वनाथ ताम्राकार तथा पुनमाया कर्माचार्य निर्वाचित गरेका छन् । अधिवेशनमा दबूका केन्द्रीय महासचिव के के मानन्धरले दबूको गतिविधि साथै पत्रकारिताको बारेमा बताएका थिए  । 
    अधिवेशनमा केन्द्रीय निवर्तमान अध्यक्ष सुरजवीर बज्राचार्य, कोषाध्यक्ष बाबुकाजी खाछेँ लगायतको सहभागिता रहेको थियो ।