2026 May 20/ 06:50: 23pm

    बनेपा/बनेपा नगरपालिकाले आर्थिक वर्ष २०७९/०८० को बार्षिक समिक्षा गरेको छ । नगर प्रमुख शान्तिरत्न शाक्यले नगरपालिकाले गरेका गतिविधिहरुले नागरिकहरुलाई सहज बनाउन प्रयत्न गरिएको बताए । नागरिकहरुलाई अघिल्लो वर्षको अनुभवले चालु वर्षका योजनाहरुको कार्यान्वन गरिने बताए । 
    समिक्षा कार्यक्रममा उपप्रमुख विमला सापकोटाले हरेक योजनाहरुको अनुगमन गरी त्यसमा भएका समस्या, राम्रा तथा सुधार गर्नु पर्ने विषयलाई चालु वर्षका योजनाहरुको कार्यान्वयन तथा आगामी वर्षको बजेटमा सुधार गर्ने बताए । प्रमुख प्रशासकिय अधिकृत भोला चापागाईले नागरिकहरुलाई सेवा सहज बनाउन समिक्षा कार्यक्रम प्रभावकारी हुने बताए । योजनाहरुको गुणस्तर, अनुभव र सिकाई सहितको भोगाईबाट चालु वर्षमा शुशासन कायम गर्न सहज हुने बताए । कार्यक्रममा विषयगत शाखाहरुले नगरपालिकाबाट एक वर्षको अवधीमा भएका गतिविधीहरु तथा कार्य प्रगतिका बारेमा प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, कर्मचारीहरु तथा विषयगत कार्यालयका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । 
    त्यस्तै गत मंगलबार बनेपा नगरपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम आयोजना गरेको छ । सार्वजनिक सुनुवाई कार्यक्रममा आयोजना गरेको छ । कार्यक्रममा नगरपालिकाले गरेका गतिविधीहरुका बारेमा प्रस्तुती पछि सहभागिहरुले जिज्ञासा राखेका थिए ।