2026 May 20/ 04:41: 37pm

जनागाल/नाईटिङ्गल एकेडेमी माध्यमिक विद्यालयमा श्रीकृष्ण अष्टमीको अबसर पारी विद्यालयमा अध्यनरत तथा स्थानिय गरी १०८ कन्यालाई पुजा गरिएको छ । विद्यालयका सञ्चालक समिति अध्यक्ष रत्नकुश रञ्जितकारले विद्यालयले पढाई सँगै नैतिक, ब्यबहारीक शिक्षा प्रदान गर्दे उनिहरुलाई आफ्नो सँस्कृति जोगाउनु पर्छ भन्ने सिकाउनका लागी उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । विद्यालयले विभिन्न अतिरिक्त कार्यक्रमहरु गर्दै आएको र आगामी दिनमा समेत नयाँ नयाँ तर ब्यबहारीक शिक्षा प्रदान गरिने रञ्जितकारले बताउनु भयो । विद्यालयले आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ । 
विद्यालयले संख्यात्मक भन्दा पनि गुणत्मक, अनुशासित, नैतिकवान  शिक्षामा जोड दिएको रत्नकुश रञ्जितकारले बताउनु भयो । कार्यक्रममा विद्यालयकी प्रिन्सिपल उमा बस्नेत, अतिरिक्त ईन्चार्ज विक्रम प्रजापति, शिक्षकहरु, स्थानियहरुले कन्याहरुलाई पुजेका थिए ।