2026 May 20/ 02:10: 01pm

बनेपा/रोटरी क्लब अफ काभ्रे बनेपाको वर्ष २०२३÷०२४ का लागी २२ औं पदस्थापन कार्यक्रम गत सोमबार रोटरी डिस्ट्रिक ३२९२ का डिजी राजेन्द्र ध्वजुको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ । 
कार्यक्रममा प्रमुख अतिथी ध्वजुले रोटरीको सिद्धान्तमा रहि सामाजिक कार्य गरी समाजमा योगदान पु¥याउने प्रतिवद्धता ब्यतm गर्नुभएको बताउनु भयो । रोटरी संस्था भनेकै एक विशुद्ध सामाजिक संस्था भएकाले यस क्लबले सामाजिक कार्यहरु मात्र गर्ने बताउनु भयो । 
सन् २०२३÷०२४ को अध्यक्ष निरन्तर सामाजिक सेवामा कृयाशिल रोटरी क्लब अफ काभ्रे बनेपाको केशवप्रसाद वडालले गर्नु हुने भएको छ । पदस्थापन गर्दै बडालले आफ्नो कार्याकालमा ११ वटा लक्ष्य ३५ ओटा योजना रहेको बताउनु भयो । विगतमा गर्दै आएको सामाजिक कार्यलाई निरन्तरता, ग्रामिण भेगमा स्वास्थ्य शिबिर, सामुदायीकमा अध्यनरत विद्यार्थीहरुलाई स्टेशनरी, रेनकोट, खेलकुद सामाग्री वितरण गर्ने, दुधजन्य र मासुजन्यलाई शुद्धिकरणका लागी तालिम, साईबर अपराध सम्बन्धी सचेतना कार्यक्रम लगायत धेरै कार्य गर्ने योजना रहेको बडालले बताउनु भयो । कार्यक्रममा बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले हरित नगर बनाउने अभियानमा रोटरीले गरेको सहयोगको प्रशंसा गर्नु भएको थियो । कार्यक्रममा रोटरी डिस्ट्रिकका पदाधिकारी, रोटरी क्लब अफ काभ्रे बनेपाका पूर्व अध्यक्ष एवं पदाधिकारी, विभिन्न सामाजिक क्षेत्रका प्रतिनिधि, रोटरियनहरुको उल्लेख्य सहभागिता रहेको थियो । २२ वर्ष अघि स्थापना भएको रोटरी क्लब अफ काभ्रे बनेपामा ४४ जना सदस्य छन् भने ६ जना नयाँ सदस्य थपिएको जनाएको छ । कार्यक्रममा स्वागत मन्तब्य रोटरियन श्यामकुमार तिमल्सिनाले गर्नु भएको थियो भने सभापतित्व सन् २०२२/२०२३ का अध्यक्ष दमनकुमार श्रेष्ठले गर्नु भएको थियो । कार्यक्रम सञ्चालन रोटरियन हिराशर्मा नेपालले सञ्चालन गर्नु भएको थियो ।