2026 May 20/ 01:01: 07pm

    बनेपा/बनेपा नगरपालिका वडा नम्बर ८ ईलाका प्रहरी कार्यलय नजिकै सुमाङ्गल भि.आई.पि शान्ति मार्ग सडक बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाले उद्घाटन गर्नु भएको छ ।  आर्थिक बर्ष २०७९÷०८० को नगरस्तरीय योजना अन्र्तगत उपभोक्ता समिति मार्फत उक्त सडकको केहि खण्ड कालोपत्रे र केहि खण्ड ग्राभेल गरिएको उपभोक्ता समिति अध्यक्ष रिता खड्काले जानकारी दिनु भयो । 
    सडकको कुल लागत १३ लाख दश हजार दुई सय ७५ रुपैया रहेको छ । नगरपालिकाले सडक मर्मतका लागि १० लाख उपलब्ध गराएको थियो । उपभोक्ता समिति मार्फत सडक, ढल निर्माण, सोलिङ, नाली समेत निमार्ण गरिएको समितिका अध्यक्ष खड्काले बताउनु भयो । सुमाङाल भि.आई.पि शान्ति मार्ग उपभोक्ता समितिमा सबै महिला रहेका थिए । अध्यक्ष रिता खड्का, सचिव प्रेरणा बोगटी, कोषाध्यक्ष सिर्जना श्रेष्ठ, सदस्यहरुमा सलिना लामा, जोगमाया लामा, सीता तामाङ, अनिता बिक थिए ।