2026 May 20/ 12:26: 45pm

बनेपा/अखिल नेपाल किसान महासंघ काभ्रेको आयोजनामा बनेपा ५ घोकेचौरमा रोपाई कार्यक्रम आयोजना गरिएको छ । नेकपा एमाले पोलिटब्युरो सदस्य एवं पुर्व मन्त्री गोकुल बास्कोटाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमालेका विभिन्न तहका नेता कार्यकर्ताको सहभागिता रहेको थियो । 
    अध्यक्ष श्यामसुन्दर चौलागाईले किसानले मानो रोपेर मुरी फलाउने दिन असार १५ लाई सम्झना गर्दै उक्त कार्यक्रमको आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा एमाले बागमति प्रदेश कमिटी सदस्यहरु, सल्लाहकारहरु, जिल्ला कमिटी पदाधिकारीहरु, भातृ संगठनका विभिन्न तहका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । 
    धान दिवसकै अवसर पारेर धुलिखेल २ मा धुलिखेल नगरपालिकाले रोपाई कार्यक्रमको आयोजना गरेको छ । नगर प्रमुख अशोक ब्याञ्जु सहित जनप्रतिनिधिहरु तथा स्थानीयहरुको सक्रिय सहभागितामा रोपाई कार्यक्रम आयोजना गरिएको अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिनुभयो ।