पाँचखाल/पलान्चोक भगवती मन्दिर क्षेत्रलाई प्रदुषण मुक्त क्षेत्र घोषणा गरिएको छ । डिभिजन बन कार्यालय काभ्रेको बार्षिक कार्यक्रम अनुसार बाताबरण संरक्षण तथा शहरी बन कार्यक्रम अन्तर्गत पाँचखाल नगरपालिकाको सहकार्यमा उक्त कार्यक्रम घोषणा गरिएको हो ।
नगर प्रमुख महेश खरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख दिपककुमार गौतमको प्रमुख आतिथ्यता रहेको थियो । जिल्ला समन्वय समिति सदस्यद्वय अप्सरा ढुंगाना र चन्डिका रम्तेल, पाँचखाल नगरपालिका उपप्रमुख सुर्यमाया दनुवार, बिरेन्द्र शान्ती कार्य तालीम केन्द्रका प्रमुख सेनानी अशोककुमार मल्ल, सप्रनि देवराज पोख्रेल, डिभिजनल बन अधिकृत देविचन्द्र पोख्रेल, पाँचखाल वाड नम्वर ९ का अध्यक्ष रामकाजी श्रेष्ठ, कालिका युवा क्लबका अध्यक्ष प्रकाशचन्द्र श्रेष्ठको आतिथ्यता रहेको थियो ।
पलाञ्चोक मन्दिर प्राङ्गणमा बृक्षारोपण र सरसफाई अभियान शुरु गरिएको थियो । डिभिजन वन कार्यालय काभ्रेद्वारा आयोजित कार्यक्रम अन्तर्गत मन्दिर परिसर क्षेत्रको सरसफाईकर्मीको पारिश्रमिक भुक्तानी, विभिन्न सौन्दर्य मुलक ५० वटा बिरुवा बृक्षारोपण गरिएको कार्यक्रम संयोजक एवं बन अधिकृत हरिचन्द्र तिमिल्सिनाले जानकारी दिनुभयो ।





