2026 May 20/ 11:14: 04am

कुशादेबी/पनौती नग।पालिका वडा नम्बर २ कुशादेबीका १९ वर्षीय शरद हुमागाई मेरो भ्वाईस यनिभर्स कार्यक्रममा टप २० मा र अत्याधिक रुचाईएको अन्तिम ६ मा पर्नु भएको छ । 
नेपाल टेलिभिजनबाट हरेक हप्ताको बुधबार र विहिबार प्रशारण भैईरहेको उक्त कार्यक्रममा विश्वका ५२ भन्दा बढी देशबाट प्रतियोगितामा सहभागी भएका छन् भने काभ्रेबाट हुमागाईको निकै चर्चा चुलिएको छ । हुमागाई सानै देखी संगीतमा रुचि राख्दै आउनु भएको थियो । हुमागाई हाल बनेपाको निष्ट कलेजमा स्नातक तहमा अध्यन गर्दे हुनुहुुन्छ । विश्वभरबाट आएका नेपाली भाषी प्रतिभाहरु बिच गत महिना देखी काठमाडौमा भएका विभिन्न साईटलेस अडिसनबाट उक्त प्रतिभाहरु छानिएका हुन ।  उक्त युनिर्भसमा प्रथम हुनेलाई रु १ करोड द्वितियलाई ३० लाख र तृतीयलाई २० लाखको पुरस्कार राशि रहेको जनाएको छ ।