पनौती/पनौती नगरपालिका न्यायिक समितिको आयोजनामा मेलमिलापकर्ता भेलामा उत्कृष्ट मेलमिलापकर्ता सम्मान २०८० बाट वडा नम्बर ९ का माधव प्रसाद हुमागाई सम्मानित हुनु भएको छ ।
हुमागाईलाई नगद पुरस्कार सहति नगर प्रमुख रामशरण भण्डारीले प्रमाणपत्र नगद रु ५ हजार ५ सय ५५ र सहति दोसल्ला ओढाएर सम्मान गर्नु भएको थियो । कार्यक्रममा प्रमुख अतिथी भण्डारीले मेलमिलापकर्ताको भुमिका अब्बल हुने ढङले कार्य गर्न नगर सदैव मेलमिलापकर्ताको हितमा आबश्यक कार्य गर्न तयार रहेको बताउनु भयो । मेलमिलाप कर्ताहरुले पनि निष्पक्ष भुमिका खेल्नुपर्ने भण्डारीले बताउनु भयो । कार्यक्रममा उप प्रमुख गिता बन्जाराले न्यायिक समितिका विवाद निरुपणमा मेलमिलापकर्ताले अत्यन्त राम्रो कार्य गरेको, आफु जहिले पनि मेलमिलापकर्ताहरुको साथ रहेको र आगामी दिनमा यसको निम्ति आवश्यक बजेट विनियोजन गर्न पहल गरिने बताउनु भयो ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रणराज न्यौपाने, मेलमलिापकर्ताहरु रमा तिमल्सिना, लोकनाथ सापकोटा लगायतले आ–आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो । त्यसैगरी स्वागत मन्तव्य न्यायिक समिति सदस्य महेन्द्रलाल श्रेष्ठले राख्नु भएको थियो भने कार्यक्रम प्रदीप सापकोटाले संचालन गर्नु भएको थियो ।





