2026 May 20/ 05:57: 25am

    बनेपा/बनेपा मेयरकप तेस्रो २०७९ शुरु भएको छ । २०७६ सालबाट शुरु भएको मेयर कप कोरोनाका कारण रोकिएको थियो । मेयर कपको उद्घाटन नगर प्रमुख शान्ति रत्न शाक्यले एक कार्यक्रमका बिच गर्नु भएको छ । 
    नगर प्रमुख शान्तिरत्न शाक्यले नगरले भौतिक विकास सँगै खेलकुद पनि अपरिहार्य रहेको बताउनु भयो । स्वस्थ र अनुशासित रहनका लागी खेलकुदको महत्व रहेको बताउनु भयो । नगरपालिकाले विभिन्न खेलकुदको सहयोग गर्दै आएको र नगरकप वडा स्तरीय फुटबल चाँहि आफै आयोजना गरिएको बताउनु भयो । कार्यक्रममा उप प्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकिय अधिकृत शिबप्रसाद हुमागाई, ईलाका प्रहरी कार्यलयका प्रमुख रेशम बोहोरा, वडा नम्बर ४ का वडा अध्यक्ष श्यामसुन्दर श्रेष्ठ, वडा नम्बर ८ का वडा अध्यक्ष शुभलक्ष्मी मानन्धर, जिल्ला खेलकुद विकास समिती अध्यक्ष मानविर तामाङ लगाएतले शुभकामना मन्तब्य राख्नु भएको थियो । १४ वडा बाट नगर कपमा १६ वटा टिमले भाग लिएका छन् । खेलको संयोजन वडा नम्बर ६ ले गरेको छ भने खेल २७ गते समापन हुनेछ । 
    नगर कप उद्घाटनको सभापतित्व वडा नम्बर ६ का वडा अध्यक्ष सचितानन्द केसीले गर्नु भएको थियो भने स्वागत मन्तब्य वडा नम्बर ५ का वडा अध्यक्ष बलराम अधिकारीले गर्नु भएको थियो । नगर कपमा प्रथम हुनेलाई नगद ७५ हजार र दोस्रो हुनेलाई नगद ४० हजार पुरस्कार राशी रहेको छ ।