बनेपा/लिन ईन्टरनेश्नल बोडिङ्गको २२ औ वार्षिकोत्सब तथा अभिभाबक दिबस कार्यक्रममा बनेपा नगरपालिकाका प्रमुख शान्तिरत्न शाक्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ ।
प्रमुख अतिथी शाक्यले नगरपालिकामा मुख्य चुनौतीका रुपमा फोहोर रहेको बताउनु भएको छ । विद्यालयमै स–साना भाईबहिनीहरुलाई फोहोर ब्यबस्थापन र कम्पोष्ट मल बनाउने तरीका सिकाउने हो भने आधा फोहोर ब्यबस्थापन हुने शाक्यले बताउनु भयो । विद्यालयमा जस्तो शिक्षा प्रदान ग¥यो त्यस्तै सिक्ने हुनेले ब्यबहारिक, नैतिक र अनुशासित शिक्षा प्रदान गर्न विद्यालयहरुलाई अनुरोध गर्नु भएको थियो । नगरको विकासमा सबै क्षेत्रबाट सहयोग प्राप्त भएमा मात्र सम्भब हुने भएकाले सबै जना लाग्नु पर्ने शाक्यले बताउनु भयो । कार्यक्रममा विद्यालयको वार्षिक प्रतिबेदन प्रिन्सिपल श्री कृष्ण श्रेष्ठले प्रस्तुत गर्नु भएको थियो । श्रेष्ठले विद्यालयमा विद्यार्थिहरुको भावना र उनीहरुको रुचि अनुसारको शिक्षा प्रदान गरेको बताउनु भयो । विद्यालयमा पढाई सँगै अतिरिक्त क्रियाकलाप, ह्याण्ड बल प्रतियोगिता लगाएतका विभिन्न प्रतियोगिता गरी उत्कृष्ट हाउसलाई नगद ५० हजार प्रदान गरिएको श्रेष्ठले बताउनु भयो । कार्यक्रममा प्याब्सन काभ्रेका अध्यक्ष श्याम भुजेल, विद्यालयका निर्देशक कृष्ण भण्डारी, विभिन्न विद्यालयका प्रिन्सिपलहरु, संघ सस्थाका प्रतिनिधहिरुको सहभागिता रहेको थियो । कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्ट, एसईई उतिर्ण विद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरुले सास्कृतिक कार्यक्रमको आयोजना गरेका थिए । कार्यक्रमको सभापतित्व विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष मुन्यश्वर कायस्थले गर्नु भएको थियो ।





