बनेपा/बनेपाको चारदोबाटोमा रहेको कम्युनिटी वेलनेस सेन्टरले विश्व क्यान्सर दिवसको अवसर पारेर हाडजोर्नी, स्त्रीरोग तथा जनरल मेडिसिन सम्वन्धी निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
शिविरमा समान्य स्वास्थ्य परिक्षणको अलावा हाडजोर्नी, स्त्रीरोग सम्वन्धी चेकजाँच र परार्मश, फिजियोथेरापी परामर्श गरिएको थियो । औषधी तथा ल्यावमा विशेष छुट गरिएको शिविर विहान ९ बजे देखि दिउसो ३ बजेसम्म संचालन भएको थियो । शिविरमा ३० जनाले हाडजोर्नी सम्वन्धी सेवा लिएका थिए भने सामान्य परिक्षण ५५ जनाले गरेका थिए । फिजियोमा १५ जना तथा स्त्रिरोग सम्वन्धी १० जनाले परिक्षण गराएका थिए ।
यस अघि कम्युनिटी वेलनेस सेन्टर बनेपाले धुलिखेल नगरपालिका वडा नम्वर १ देविटारमा एक दिने कोभिड १९ तथा फिजियोथेरापी सम्वन्धी अभिमुखिकरण तथा सचेतनामुलक कार्यक्रम सम्पन्न गरेको मेडिकल अधिकृत डा. सुमित प्रजापतिले बताउनु भयो ।





