2026 May 20/ 05:44: 53am

धुलिखेल/नेपाल निजामति कर्मचारी संगठन जिल्ला कार्य समितीले वनभोज कार्यक्रमको आयोजना गरेको छ । 
    संगठनका केन्द्रिय अध्यक्ष लेखनाथ कोईरालाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । कोईरालाले जिनामती ऐन चाँडो ल्याउन सरकारलाई आग्रह गर्नु भएको थियो । कर्मचारीहरुलाई गरिएको विभेदको अन्त्य गर्न आग्रह गर्नु भएको थियो । कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष तथा धुलिखेल नगरपालिका प्रमुख अशोक ब्यान्जुले कर्मचारीहरुले कुनै भेदभाव नराखी काम गर्न अनुरोध गर्नु भएको थियो । कर्मचारीका समस्या भएमा बसेर छलफल गरी समाधान गर्नु पर्ने ब्यान्जुको भनाई रहेको थियो । कार्यक्रममा बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटा, धुलिखेल नगर पालिकाका प्रमुख प्रशासकिय अधिकृत सुरेन्द्र थापा संगठनका पदधिकारीहरुले शुभकामना मन्तब्य राख्नु भएको थियो । कार्यक्रम सगंठनका अध्यक्ष गायत्रीरमण घिमिरेको सभापतित्वमा सम्पन्न भएको थियो । वनभोज कार्यक्रममा जिल्लामा कार्यरत कर्मचारीहरुको सहभागिता रहेको थियो ।