2026 May 20/ 05:43: 55am

बनेपा/बनेपामा किण्डर ओलम्पिक हुने भएको छ । जित्नु भन्दा सहभागिता महत्वपुर्ण छ भन्ने नाराका साथ यहि माघ २८ गते बनेपा लायकुमा कार्यक्रम आयोजना हुन लागेको पत्रकार मार्फत जानकारी दिइएको छ । अलिचाइल्डहुड एडुकेशन टिचर्स एसोसिएसन, राष्ट्रिय खेलकुद परिषद नेपाल र नेपाल ओलम्पिक कमिटीको सहकार्यमा कार्यक्रम हुन लागेको हो । किण्डर ओलम्पिकमा बनेपा नगरपालिका भित्रका  अर्किड ईन्टरनेश्नल एकेडेमी, बेलर किड्स क्याट, प्रगती प्रभात, काभ्रे मावि(ए) काभ्रे मावि (वि) लगाएत ११ वटा पुर्व प्राथमिक विद्यालयको सहभागीता रहनेछ । 
कार्यक्रममा पुर्व प्राथमिक विद्यालयबाट २ सय ८० जना विद्यार्थी खेलमा सहभागी हुनेछन् भने दर्शकका रुपमा करिव ६ सय दर्शक सहभागी हुनेछन् । बालबालिकाले खेलको माध्यमबाट एकअर्कामा प्रतिस्पर्धा गर्नेछन् । प्रतिस्पर्धी सम्पुर्ण विद्यार्थीलाई मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिनेछ । सानै उमेरबाट खेलकुदको महत्व र समुहकार्यमा सहभागी हुने अवसर प्राप्त गर्ने एकता अध्यक्ष विना शर्मा जानकारी दिनुभयो । कार्यक्रमका लागि नेपाल ओलम्पिक कमिटीले स्विकृती दिएको छ । ओलम्पिकका लागि ४ लाख खर्च हुने अनुमान गरिएको छ ।