2026 May 20/ 02:31: 54am

बनेपा/पतंजली योग समिति काभ्रेको आयोजनामा काभ्रे जिल्लाभरिका पतंजली योग समितिबाट प्रशिक्षित योग उप–शिक्षकहरुको पुनर्ताजगी तालिम शुरु भएको छ । 
उक्त तालिमको उद्घाटन पतंजली योग समिति बागमती प्रदेश प्रमुख ग्रोविन तौजलेले गर्नु भएको थियो ।  मंसिर २५ देखि २९ गते सम्म संचालन हुने उक्त तालिममा जिल्ला भरिका ६५ जना योग उपशिक्षकहरुले सहभागिता रहेको छ  । कार्यक्रमका प्रमुख अतिथि तौजलेले योग–उपशिक्षकले दैनिक अभ्यासमा एकरुपता हुनुपर्ने र सम्पूर्ण योग साधना केन्द्रमा जागरुकताका साथ स्वामी रामदेव र आचार्य बालकृष्णको निर्देशन पालना गरि गाउँ –गाउँमा योग जागरण फैलाउनुपर्ने बताउनुभयो । तालिममा पतंजली योग महिला समितिका केन्द्रिय प्रभारी साधवी देवा दिदिले योगमय जीवन र तनावमुक्त रहने तरिका र जीवन जिउने शैलिबारे अत्यन्त सान्दर्भिक विषयमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रमका संयोजक पुष्पलाल श्रेष्ठले तालिमको उदेश्य बारे प्रकाश पार्नु भएको कार्यक्रममा पतंजली बागमती प्रदेश सल्लाहकार सरिता शाक्य, बागमती प्रदेश सदस्य दमन कुमार श्रेष्ठले मन्तव्य राख्नुभएको कार्यक्रमको सभापतित्व पतंजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नु भएको थियो भने कार्यक्रमको उद्घोषण महिला महामन्त्री कमला राजभण्डारीले गर्नुभएको थियो ।