2026 May 19/ 10:07: 20pm

    काठमाडौ/रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्वर २ स्थायी घर भई सिभिल अस्पतालमा आर्थिक अभावले बोनम्यारो प्रत्यारोपण गर्न नसकेर छट्पटाई रहेकी यशोदा अधिकारीलाई रोटरी क्लब अफ पशुपति काठमाडौले सहयोग गरेको छ । 
    पशुपति परिवारले एक लाख रुपैयाँ संकलन गरी  अस्पतालमै पुगेर उहाँकी छोरी इन्दिरा अधिकारीलाई हस्तान्तरण गरेको छ । क्लबका उपाध्यक्ष गणेशप्रसाद सुवेदीले एक लाखको चेक हस्तान्तरण गर्दै उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको थियो । क्लबका पूर्व अध्यक्ष रो। दुर्गाप्रसाद सुवेदीले रकम संकलनको लागि समन्वय गर्नु भएको थियो । आर्थिक सहयोग प्रदान गर्नु हुने सम्पूर्ण रोटरी क्लब अफ पशुपतिका सदस्यहरुलाई विशेष धन्यवाद तथा आभार प्रकट गरेको अध्यक्ष भुवन सिं कुँवरले बताउनु भयो ।